Monday, November 14, 2011

फेसबुक चल्नुमा जब्सको हात'


न्युयोर्क , कार्तिक २७ -
फेसबुकका प्रमुख कार्यकारी अधिकारी मार्क जुर्कवर्गले एप्पलका सह-संस्थापक स्टिभ जब्सले फेसबुक सफल बनाउन महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन् । कम्पनीको उद्देश्य पूरा गर्न र व्यवस्थापन टोली राम्रो बनाउने जब्सले दिने गरेको पटक-पटकको सल्लाहले सघाएको उनले बताए ।
'मसँग उहाँका लागि धेरै प्रश्न हुन्थे,' जुर्कवर्गले एक अन्तर्वार्तामा भनेका छन्, 'एउटा सक्षम टिम बनाउनका लागि नजिक रहनेलाई आफूजस्तै गुणस्तरीय र राम्रो सोच्ने कसरी बनाउने कुराको पनि सल्लाह लिन्थे ।'
जब्सको हालै प्रकाशित आत्मवृत्तान्तमा मृत्य हुनुअगाडि फेसबुकसहित उदयमान आईटी कम्पनीलाई सल्लाह दिनु आफ्नो उत्तरदायित्य भएको उल्लेख छ । फेसबुक विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल हो । फोब्र्स म्यागेजिनले हालै प्रकाशित गरेको अमेरिकाका धनी व्यक्तिहरूको सूचीमा जुर्कवर्ग २७ औं स्थानमा रहेका छन् । अहिले फेसबुकका ८० करोड प्रयोगकर्ता छन् । जब्स र जुर्कवर्गले कम्पनीको उद्देश्यको बारेमा पनि धेरै लामो कुराकानी र योजना बनाउने गरेको उनले बताए ।

No comments: