Wednesday, November 30, 2011


लडाकु पुनर्वर्गीकरणको काम सम्पन्न



सुर्खेतको दशरथपुरस्थित एकिकृत नेकपा माओवादीका लडाकुहरुको पुनर्वर्गीकरणको काम मंगलबार सम्पन्न भएको छ ।  मंसिर ३ गतेदेखि सुरु भएको पुनर्वर्गीकरणको काम मंगरबार सम्पन्न भएको हो । दशरथपुरस्थित छैटौँ डिभिजन र डिभिजनका सहायक शिविरमा रहेका लडाकुहरुको पुनर्वर्गीकरण मंसिर १२ गतेसम्ममा सक्ने जनाइएपनि प्राविधिक कारण एक दिन ढिला सकिएको लडाकु पुनर्वर्गीकरणका लागि आएको पुनर्वर्गीकरण विशेष समितिले जनाएको छ ।
समितिले दिएको जानकारी अनुसार मुख्य र सहायक शिविरमा रहेका ३ हजार ९७ जना लडाकुहरुमध्ये २ हजार ९ सय ३४ जना लडाकुहरुको पुनर्वर्गीकरण गरिएको छ । पुनर्वर्गीकरण प्रक्रियामा २ सय ३ सय ७४ जना पुरुष र ५ सय ६० जना महिला लडाकुहरुको सहभागि भएको विशेष समिती सदस्य दिपकप्रकाश भट्टले जानकारी दिए । पुनर्वर्गीकरणको काम मंगलबार सकिएपनि १ हजार लडाकुलाई परिचय पत्र वितरण गर्न भने बाँंकी रहेको भट्टले जानकारी दिए । उनले बाँकी लडाकुहरुको काम बुधबार(आज) सम्म हुने जनाए ।
पुनर्वर्गीकरणका लागि फारम भरेका मध्ये आधाभन्दा बढिले सेना समायोजनमा जाने इच्छा व्यक्त गरेका छन् । मुख्यालयले दिएको जानकारी अनुसार १ हजार ५ सय ५० जना लडाकुहरुले समायोजनमा जाने इच्छा देखाए छन् । यस्तै १ हजार ३ सय ८४ जनाले भने स्वेच्छिक अवकाशमा जान चाहेको बताएका छन् । तर सरकारले निर्धारण गरेको पुनस्र्थापना प्याकेजमा जान भने कसैले पनि इच्छा नदेखाएको डिभिजनका सह–कमाण्डर ठम्मर विष्टले जानकारी दिए । डिभिजनका अर्का सह–कमान्डर दामोदर अधिकारीले वर्गिकरणमा सहभागी सबै लडाकुहरुले शान्ति र संविधान निर्माणका लागि पार्टिले गरेको निर्णयलाइ स्विकार गरेको बताए ।
यता एकिकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य निकटका लडाकुहरुले भने पुनर्वर्गीकरण प्रक्रियामा लडाकुहरुलाई स्वतन्त्र रुपले सहभागि हुन नदिइएको आरोप लगाएका छन् । छैठौं डिभिजनका सहायक कमाण्डर नेपबहादुर कवंरले स्वेच्छिक अवकाशमा जान चाहेका लडाकुहरुलाई पनि समायोजनमा जान दवाव दिइएको दावी गरे । उनले लडाकुहरुलाई संस्थापन पक्षले स्वतन्त्र रुपमा निर्णय गर्न नदिएको आरोप लगाए ।
यसैगरि पाचौँ डिभिजन दहवन रोल्पामा पनि लडाकुहरुको पुनर्वर्गीकरण मंगलबार सम्पन्न भएको छ । सेना समायोजन विशेष समिति अन्र्तगतको सचिवालयले सोमबारसम्म पुनर्वर्गीकरण सक्ने गरी काम थालेको भएपनि प्राविधिक समस्याले बुधबार मात्रै काम सकिएको जनाइएको छ । २ हजार ४ सय ३० जना लडाकुहरु रहेको पाचौँ डिभिजन दहवन रोल्पामा १ हजार २ सय ९२ जनाले समायोजन रोजेका छन् भने ९ सय ४२ जनाले स्वच्छिक रोजेका छन् । तर पाचौँ डिभिजनमा स्वेच्छिक अवकाशमा जानेको संख्या सुन्य रहेको डिभिजनले जनाएको छ ।

No comments:

Post a Comment