Friday, November 25, 2011

बहुमुखि क्याम्पस ३१ औँ वर्षमा नमूना शैक्षिक केन्द्र बनाउने प्रतिबद्धता

सुर्खेत मंसिर ८ । वीरेन्द्रनगर बहुमुखीलाई नेपालकै प्रमूख नमूना शैक्षिक केन्द्रको रुपमा बिकास गरिनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । क्याम्पसको ३१ औं बार्षिक उत्सवको अवसरमा विहीबार आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमप्रमूख अथिति पूर्व सांसद दुर्गाकेशर खनालले वीरेन्द्रनगर बहुमुखी क्याम्पसलाई आधुनिकीकरण गर्दै विश्वविद्यालयको मुख्य शाखाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘यहाँका बासिन्दाहरुको शैक्षिक बिकास नभएसम्म यस क्षेत्रको अन्य बिकास हुन सक्दैन’ उनले भने, ‘यहाँको बिकासको लागि शिक्षा क्षेत्रमा बिकास गरिनु जरुरी छ ।’
कार्यक्रममा बोल्ने विभिन्न दलका प्रतिनिधीहरुले शिक्षा क्षेत्रलाई राजनीति भन्दा टाढा राखेर शैक्षिक बिकासका लागि सामुहिक प्रतिबद्धता जनाउनु पर्ने बताएका छन् । कार्यक्रममा एकीकृत नेकपा माओवादीकी सह–इन्चार्ज सिता नेपाली, नेपाली कांगे्रस उप–सभापति उपेन्द्र थापा, नेकपा एमालेका उपाध्यक्ष शिवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।
बार्षिक उत्सवको अवसरमा क्याम्पस प्रमूख केशरसिंह रानाले क्याम्पसले गत आर्थिक बर्षमा साढे ३ करोड रुपैयाँ आम्दानी गरेको जनाकारी दिए । आव २०६७÷०६८को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमूख रानाले गत आर्थिक बर्ष क्याम्पसले ३ करोड ५१ लाख ७५ हजार ३ सय ६० रुपैयाँ आम्दानी गरेको बताए ।
भवन सुधार शुल्क, प्रवेश शुल्क, विलम्ब शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, नियमित अनुदान, कार्यसम्पादन अनुदान, जोडकोष अनुदान लगायतबाट उक्त आम्दानी भएको क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख केशरसिंह रानाले क्याम्पसले चालु आर्थिक वर्ष २०६८÷०६९ मा गत आर्थिक वर्षको वास्तविक आम्दानी भन्दा १ करोड ३१ लाख ५६ हजार ७ सय ६५ रुपैयाँ बढी अर्थात ४ करोड ८३ लाख ३२ हजार १ सय २५ रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको जानकारी दिए ।
उनले क्याम्पसलाई नेपालकै प्रमुख शैक्षिक केन्द्रको रुपमा विकास गर्न लागि परेको जानकारी दिए । क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापना गन विश्वविद्यालय अनुदान आयोग, नेपाल र राष्ट्रका प्रतिष्ठित प्राज्ञहरुबाट दोस्रो उच्च शिक्षा परियोजना अन्तर्गत समूह क को विश्व बंैकको अनुदान रकम पाउनेमा यस क्याम्पसलाई छनोट गरिएको पनि उनले जानकारी दिए ।
उनले ५ वर्षे उक्त परियोजना २०६४ सालदेखि सुरु भई २०६९ आषाढमसान्तसम्म लागु हुने जानकारी पनि दिए । उक्त परियोजना अन्तर्गत २ करोड ३ लाख ६८ हजार ४ सय २६ रुपैयाँ प्राप्त भइसकेको छ । क्याम्पसले २० जना प्राध्यापकहरुलाई ल्यापटप उपलब्ध गराएको छ । यस्तै आगामी वर्ष सबै प्राध्यापकहरुलाई ल्यापटप उपलब्ध गराइने जनाइएको छ । त्यसैगरी मल्टीमिडिया प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने, क्याम्पसको प्रशासनिक कार्यलाई थप आधुनिकीकरण गर्दै लैजाने, क्याम्पसमा कार्यरत प्राध्यापक कर्मचारी तथा इकाईहरुको कार्य दायित्व गरी पुनःकार्यान्वयन गर्ने लगायतका कार्यक्रमहरु क्याम्पसले अघि सारेको छ ।

No comments:

Post a Comment