Wednesday, November 30, 2011

तीन दिने तालीम सम्पन्न

जिल्ला कृषि विकास कार्यालय सुर्खेतको आयोजनामा जिल्लास्तरिय कृषकहरुको ज्ञानसिप अभिवृद्धि सम्बन्धि तीन दिने तालीम मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष २०६८÷०६९ को आइडब्लुआरएमपी तर्फको स्विकृत कार्यक्रम अनुसार मंसिर ११ गतेदेखि सुरु भएको तालीम मंगलबार सम्पन्न भएको हो ।
तालीममो आइडब्लुआरएमपीको सिचाँइ उपआयोजना(आइएसटी) लागु भएका सुर्खेतका घोरेटा, घाटगाउँ, सालकोट, कल्याण, गुमी, दशरथपुर र वीरेन्द्रनगर नगरपालीकाका २५ जना कृषकहरुको सहभागीता रहेको थियो । तालीममा सिप विकासको शैदान्ति तथा व्यवहारीक ज्ञानका बारेमा जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत चित्रबहादुर रोकायले प्रशिक्षण दिएका थिीिए भने तालीको सहजीकरण प्राविधिक सहायक धनप्रसाद देवकोटाले गरेका थिए ।

No comments:

Post a Comment