Thursday, November 24, 2011


सुर्खेतमा स्वैच्छिक अवकाश बढी

सात मुख्य शिविरमध्ये छैटौं डिभिजन सुर्खेतमा अनुपातका आधारमा स्वैच्छिक अवकाश रोज्नेको संख्या उच्च छ ।
यहाँस्थित सर्वेक्षण टोलीको नेतृत्व गरेका सचिवालय सदस्य दीपकप्रकाश भट्टका अनुसार पाँचौं दिनको वर्गीकरण सकिँदासम्म ८ सय ५७ मध्ये ५ सय २५ ले स्वैच्छिक अवकाश रोजेका छन् भने बाँकी ३ सय ३२ ले समायोजन रोजेका छन् । 'हामीकहाँ वर्गीकरणका क्रममा केही प्राविधिकबाहेक अन्य समस्या देखिएको छैन,' सदस्य भट्टले भने ।
अन्यत्रको तुलनामा छैटौं डिभिजनमा वैद्य पक्षधर लडाकु केही बढी भएकाले यहाँ स्वैच्छिक अवकाश रोज्ने बढी देखिएको कमान्डरहरू नै बताउँछन् ।
डिभिजन कमान्डर महेन्द्र शाही अध्यक्ष पुष्पकमल दाहाल पक्षधर भए पनि दुवै जना डिभिजन भाइस कमान्डर दुर्गाप्रसाद चौधरी र नेपबहादुर कुँवर वैद्य पक्षधर हुन् । त्यसैगरी बि्रगेड भाइस कमान्डर ठम्मर बिष्ट पनि वैद्य पक्षधर हुन् ।
'हाम्रो कति भयो,' प्रत्येक दिनको वर्गीकरण सकिनासाथ दुवै पक्षका कमान्डरहरूले यहाँस्थित सर्वेक्षण टोलीलाई सोध्ने गरेका छन् । संस्थापन पक्षले समायोजन रोज्नेलाई हाम्रो र पुनःस्थापना रोज्नेलाई वैद्य पक्षले 'हाम्रो' भन्ने गरेका छन् ।

No comments:

Post a Comment