Thursday, November 24, 2011

बाबुद्वारा औंला काटिएका बालकलाई सहयोग


आफ्नै बाबुद्वारा हातका औंला काटिएका दैलेखका एक बालकलाई इन्सेक सुर्खेतले आर्थिक सहयोग प्रदान गरेको छ । नारायण नगरपालिका वडा नं २ जारकोटका ८ वर्षीय बालक युकेश थापालाई उपचार खर्च बापत इन्सेकले विहीबार नगद ५ हजार रुपैया“ सहयोग गरेको हो ।
छिमेकीको घरमा बिस्कुट चोरेको निहु“मा बाबु लोकबहादुर थापाले गएको कात्तिक १५ गते सा“झ आफ्नै छोराको बाया“ हातका औंला काटिदिएका थिए । आफ्नै बाबुले हातका औंला काटिदिएपछि बालकको अहिले सुर्खेतमा उपचार भइरहेको छ । युकेशको वाया“ हातको चोर औंला पुरै छैन भने माझी औंलासमेत आधा काटिएको छ । स्थानीय मेडिकलमा उपचार गराइरहेका बालक अहिले आफन्तको संरक्षणमा बस्दै आएका छन् । बाबुले नै हातका औंला काटिदिएको र परिवार दैलेखमा रहेकाले बालकको उपचारमा समस्या भएको हो ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै इन्सेकले पूर्व सूचना कार्यक्रम अन्तर्गत बालकलाई सो आर्थिक सहयोग प्रदान गरेको हो । इन्सेकका सुर्खेत जिल्ला प्रतिनीधि दुर्गा थापाले बिहीबार एक समारोहकावीच पीडित बालकलाई नगद ५ हजार सहयोग प्रदान गर्नुभयो । बालकको उपचारका लागि आफूहरुले सहयोग गरेको भन्दै उहा“ले भन्नुभयो,‘अहिलेसम्म कसैलेपनि सहयोग गरेका रहेनछन्, त्यसकारण हामीले अलिकति भएपनि उपचार खर्च प्रदान गरेका छौं । यसले केही मात्रामा भएपनि बालकको उपचारमा सहयोग प्रदान गर्ने छ ।’
गाउ“मै रहेको खोलटाकुरा प्राविमा कक्षा ३ मा अध्ययनरत युकेश र उनका साथी प्रमोद थापाले गएको कात्तिक १५ गते मिलेर बिस्कुट खाएका थिए । सोही निहु“मा युकेशका बाबु लोकबहादुरले उनको हात अचानामा राखेर मासु काट्ने हतियारले औंला काटिदिएका थिए । आफूले बिस्कुट चोरेको नभइ साथीले दिएपछि मात्र खाएको युकेशले बताए । आफूहरुले १० रुपैया“ पर्ने एउटा मात्र बिस्कुट खाएको भन्दै युकेशले भने,‘सानो कमजोरीमा पनि बुवाले मेरो हातका औंला काट्नु भो, अहिले यसैको उपचार गर्नका लागि पैसा छैन ।’
स्थानीय बासिन्दाका अनुसार युकेशका ३ भाई र १ बहिनी छन् । घरमा सधै सहयोग गर्ने र मिलनसार स्वभाव भएका युकेशले साथीको संगतमा लागेर कमजोरी गरेको भएपनि आफ्नै बाबुबाट औंला काटिनु दुःखद् भएको समेत छिमेकीहरु बताउ“छन् ।

No comments:

Post a Comment