Friday, November 25, 2011


अभियानको प्रचार गर्न मोटरसाइकल ¥याली

सुर्खेत मंसिर ८ । शुक्रबार(आज)बाट सुरु हुने अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानको प्रचार प्रसारको लागि विहीवार वीरेन्द्रनगरमा मोटरसाइकल ¥याली निकालिएको छ । मंगगढीचौकबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी नेताचौकमा आएर समापन भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय सुर्खेतकी प्रमुख मानकुमारी खड्काले हिंसा रहित समाज निर्माणका लागि महिंलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य हुनु पर्ने बताईन् । आवाज संस्था सुर्खेतकी कार्यक्रम संयोजक पवित्रा शाहीले हिंसारहित समाज निर्माणका लागि घरबाटै सुरुवात गर्नु पर्ने बताईन् ।
‘घर शान्ति नै विश्व शान्तिको आधार, दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरोैँँ’ भन्ने नाराका साथ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइन्छ ।
सोही अभियानको अवसरमा सुर्खेतमा विभिन्न संघ संस्थाहरुको आयोजनामा महिला हिंसाका बारेमा सडक नाटक, अन्तरक्रिया, किशोरी शिक्षा, महिला हिंसा विरुद्ध कानुन सम्बन्धि अन्तरक्रिया लगायतका कार्यक्रम गरीने भएको छ ।

No comments:

Post a Comment