Thursday, November 24, 2011


बाल दुव्र्यवहारका घटना बढेपछि सरोकारवाला चिन्तित

सुर्खेतमा बालबालीकाहरुमाथि हुने दुव्र्यवहारका घटनामा वृद्धि भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा आवाज संस्था सुर्खेतको सहयोग तथा जिल्ला बाल कल्याण समिति सुर्खेतको आयोजनामा आइतवार वीरेन्द्रनगरमा भएको बाल दुव्र्यवहार सम्बन्धि शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवलाहरुले पछिल्लो समयमा जिल्लामा बाल दुव्र्यवहारका घटनामा वृद्धि भएको र त्यसमा पनि अधिकांश यस्ता घटनाहरु आफन्त र परिवारबाटै हुने गरेको बताएका छन् ।

जिल्ला बाल कल्याण समिति सुर्खेतकी बाल अधिकार अधिकृत रमा भण्डारीले सुर्खेतमा बालबालिकाहरु आफन्त र परिवारहरुबाट नै बढी असुरक्षित भएको पाइएको र उनीहरुबाट नै दुव्र्यवहार पनि बढी भएको पाइएको बताइन् । उनले विशेष गरी जिल्लामा बालयौन दुव्र्यवहार, हत्या, बलत्कार, कुटपिट, घर निकाला, बालविवाह, यातना दिने जस्ता बाल दुव्र्यवहारका घटना बढी भएको बताईन् ।
भण्डारीले बालबालीकाहरु आफ्नै अभिभावकहरुबाटै असुरक्षित हुने र दुव्र्यवहारका सिकार हुने गरेको जनाईन् । कार्यक्रममा बाल दुव्र्यवहारको फैलावट र यसको चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिकृत भण्डारीले बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नका लागि बालबालिका ऐन २०४८ र नियमावली २०५१ बनेपनि पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा बालबालिकाहरुमाथि दुव्र्यवहारका घटनाहरु बढेको बताईन ।
सुर्खेतका जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत बुद्धिप्रसाद सापकोटाले आजका बालकालिका भोलीका देशका कर्णधार भएकाले उनीहरुलाई दुव्र्यवहारबाट बचाउनुपर्ने बताए । उनले बालबालिकाहरुलाई बालदुव्र्यवहारबाट बचाउन सबैले लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक गणेश गुरुङ, छवि निमावि बांगेसिमलका शिक्षक मोहन गौतम, मावि कोलडाडाका शिक्षक रघुविर विश्वकर्मा, अमरज्योती उच्च माविका शिक्षक कुमार ढकाल, शिव उच्च मावि लाटीकोइलीकी शिक्षीका भुमिसरा चपाई लगायतले बालबालिकाहरुलाई बाल दुव्र्यवहारका बारेमा जानकारी नभएर दुव्र्यवहारमा पर्ने गरेको भन्दै उनीहरुलाई बाल दुव्र्यवहारको बारेमा सचेत गराउनु पर्ने बताए । उनीहरुलय यसका लागि विद्यालयबाट पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

No comments:

Post a Comment