Thursday, November 3, 2011

च्याउखेतीबाट महिला आत्मनिर्भर

सुर्खेतका लाटीकोइली, छिन्चु र वीरेन्द्रनगर नगरपालिकाका एक दर्जनबढी महिलाहरु च्याउ“खेती गर्न थालेपछि आत्मनिर्भर बन्दै गएका छन् । पहिले खास्सै आम्दानीको आयस्रोत नभएका महिलाहरु अहिले च्याउखेती गर्न थालेपछि दैनिक घर खर्च टार्नुका साथै बर्षमा एक जनाले १५ हजार भन्दाबढी आम्दानी गर्ने गरेका छन् । विभिन्न संघ संस्थाहरुको सहयोगमा जिल्ला कृषि विकास कार्यालय सुर्खेतले व्यावसायीक तालिम दिएपछि महिलाहरुले समूहगत रुपमा च्याउ खेती गर्दै आएका हुन् । अन्य खेती गर्नका लागि जग्गा र आयस्रोत नभएका महिलाहरुको आय आर्जन बढाउने उद्देश्यले व्यवसायीक च्याउखेती सम्वन्धि तालिम सञ्चालन गरिएको थियो ।

‘च्याउ खेती गरेर विक्री गर्न थालेपछी घर खर्च टार्न सजिलो भएको छ । हामीले महिला समूह बनाएर सामूहिक रुपमा च्याउखेती गरेका छौ । घरमै च्याउ किन्ने ग्राहक आउ“छन्’–लाटीकोइली–६ पातलगंगाकी बसन्ती चौधरीले बताईन् ।
संधै श्रीमानको कमाईमा निर्भर हुने गरेका महिलाहरु च्याउ खेतीबाट आत्मनिर्भर हुन थालेपछि आफुलाई पहिले भन्दा केहि स्वतन्त्रता भएको महशुस गर्छन । च्याउखेती सम्वन्धि तालिम लिएका महिला र नलिएका महिलाले समेत व्यवसायीक रुपमा च्याउ खेती गर्न सुरु गरेका छन् ।
च्याउ खेतीबाट महिलाहरुलाई आत्मनिर्भर गारउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय सुर्खेतबाट माग अनुसार विउ“, परामर्श, प्राविधिक सहयोग उपलब्ध गराउने गरिएको छ । बार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा च्याउको वीउ वितरण गर्ने गरेको जनाईएको छ ।
सुर्खेतका च्याउ कृषकहरुले प्रतिकिलो १५० देखि २०० रुपैया“मा विक्रि गर्ने गरिएको छ । लाटीकाईली–६ का एक दर्जनबढी कृषकहरु सामूहिक च्याउ खेती तर्फ आकर्षित भएका छन् । भने छिन्चुमा १ वटा, लाटीकोइलीमा ३ वटा, वीरेन्द्रनगरमा २ वटा समूहले र जनजाति समूह नेवारेले सामूहिक रुपमा च्याउखेती गरिरहेका छन् ।
च्याउखेती गर्न कम लगानीबाट सजिलै गर्न सकिने भएकाले र जमिन धेरै नचाहिने भएकाले यसको व्यवासायीक विकास गर्न सजिलो रहेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका ना.प्रा.स. यादवकुमार केसीले बताए ।
उनका अनुसार कृषकलाई च्याउखेती सम्वन्धिे परामर्श, प्राविधिक सहयोग कृषि विकास कार्यालयले उपलब्ध गराईरहेको हु“दा इच्छुक यूवा तथा महिलाहरुलाई च्याउखेती गरि स्वरोजगार बन्न उनको सुझाव रहेको छ ।   
जागीर खोज्नेलाई चुनौति
आफ्ना आवश्यकता पुरा गर्न जागिरनै खानुपर्छ भन्ने सोचाइलाई चुनौति दिएका छन् सहारे– ७ भालुखोलाका स्थानीयबासीन्दाले । बर्षौ पहिलेदेखि तरकारी खेती गरी मनग्य आमदानी गर्न थालेपछि उनीहरुले जागिरनै खानुपर्ने मान्यतालाई तोडेका हुन् ।
२०५२ सालदेखि तरकारी खेतीलाई व्यावासायिक बनाउँदै आएका भालुखोलनाका स्थानीयबासीन्दाहरु तरकारी खेतीबाट प्रसस्त आम्दानी गर्न थालेपछि अहिले उदाहरणीय बनेका छन् ।
लामो समयदेखि तरकारीखेति गर्दै आएका साहारे–७ भालुखोलाका तरकारी कृषक बलबहादुर रोकाले तरकारी खेतीबाटनै आफ्ना छोरा, नातीको पढाई खर्च लगायत अन्य सम्पूर्ण घरखर्च धान्न सफल भएको बताए ।
उनका अनुसार– तरकारी खेतीबाट बार्षिक एक लाख आम्दानी हुने र त्यसमा अन्य खर्च कटाई बार्षिक ६०–७० हजार सम्म नगद बचत हुने गरेको छ ।
उनले भने–“राम्रोसँग तरकारी खेती गरेमा सरकारी जागिरनै खानु पर्दैन् । किन जानुपर्यो विदेश ? आफ्नै भुमिमा धन फलाउन सकिन्छ ।”
अहिले रोकाले ६ रोपनी जग्गामा काउली, आलु, बन्दा, टमाटर, लौका, फिर्सि लगायतका विभिन्न तरकारी फलाएका छन् । उनीमात्रै होइन भालुखोलाका करिव १५० भन्दाबढि घरपरिवारको मुख्य व्यवसायनै तरकारी खेती रहेको छ ।
रोका जस्तै अर्का तरकारी कृषक चित्रबहादुर खडकाले पनि तरकारीखेतीबाटनै घरपरिवारको सम्पूर्ण खर्च टार्ने गरेको बताए । २०५२ सालदेखि तरकारी खेती गर्दै आएका खडकाको मुख्य आम्दानीको स्रोत तरकारी खेतीनै बनेको छ ।
सहारे–७ भालुखोलाका तरकारी उत्पादक कृषकहरुले आफ्नो उत्पादीत तरकारीहरु स्थानीय बजार बोटेचौर, मेहेलकुना, जहरे, छिन्चु, सल्लिबजार, नेपालगंज लगायतका ठाउँमा पठाउने गरिएको छन् ।
तरकारी उत्पादक कृषकहरु तरकारी खेतीमात्रै नभएर तरकारीको विउ उत्पादन समेत गर्ने गरेका छन् । तरकारी उत्पादन गर्दै आएका आमबहादुर डाँगीपनि तरकारी खेतीमात्रै नभएर विउ समेत उत्पादन गर्न थालेका छन् ।
उनले भने–“विउ उत्पादनबाटपनि प्रसस्तै नाफा हुन्छ । वित्पादीत विउलाई स्थानीय कृषकलाइ सहुलियत दरमा उपलब्ध गराउँने गरेको छु ।”
तरकारी खेती तथा विउ उत्पादन गर्न कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय सुर्खेत र सिप्रेट नाम संस्थाले क्षमता अभिवृद्धि तालिम, सिचाई सुविधा, अन्य प्राविधिक सहयोग गर्ने गरेको छ ।
बजारमा अन्य सामाग्रिको मूल्य आकाशिएको भएपनि तरकारीको मुल्यभने कहिल्यै नबढ्ने गरेकाले तरकारी उत्पादक कृषकहरु आफ्नो उत्पादनले मुल्य नपाउँदा चिन्तीत बन्ने गरेका छन् ।
तरकारीखेतीका लागि साहारे–७ को भालुखोला, चिसापानी क्षेत्र चर्चित रहेको छ । दाङ– सुर्खेत सडक खण्ड सञ्चालनमा आएमा भालुखोलामा उत्पादीत तरकारीले दाङ, बुटवल, काठमाडौ सम्म बजार पाउने थियो ।

No comments:

Post a Comment