Monday, November 14, 2011

सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी तयार छैनः नेता ओल


कैलाली । नेकपा (एमाले) नेता केपी शर्मा ओलीले दलहरुबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी तयार नभएको बताउनुभएको छ ।
चक्रबहादुर डगौरा चौधरीको नवौँ स्मृति दिवसका अवसरमा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले सहमति कार्यान्वयन गर्न माओवादीलाई आग्रह गर्नुभयो ।
एनेकपा (माओवादी)का कारण शान्तिप्रक्रिया र संविधान निर्माण कार्य लम्बिदै गएको छ भन्दै उहाँले मुलुकमा जारी शान्ति प्रक्रिया टुङ्ग्याउने हो भने अब राष्ट्रिय सरकार बन्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment