Thursday, November 24, 2011


  ४५ थान भरुवा बन्दुक बर्दिया राष्ट्रिय निकञ्जलाई बुझाइए

 

 

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्दै आएका सुर्खेत तरङ्गाका स्थानीयले वन्यजन्तुको चोरीसिकारीमा प्रयोगका लागि राखेका ४५ थान भरुवा बन्दुक बर्दिया राष्ट्रिय निकञ्जलाई बुझाएका छन्।

तरङ्गा गाविस वडा नं १, २, ७ र ८ नम्बर वडाका ४५ जनाले आफूले प्रयोग गर्दै आएको ४५ थान भरुवा बन्दुक निकुञ्ज र सेनाको संयुत्क गस्ती टोलीलाई बुझाएको सहायक संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए।
स्थानीय तरङ्गा सिद्धचुली उपभोत्का समितिद्वारा यहाँ आयोजित कार्यक्रममा सो क्षेत्रका स्थानीयले हतियार हस्तान्तरण गर्छौं भनेपछि निकुञ्ज र सेनाको संयुक्त टोली हिजो बिहान सुर्खेतको तरङ्गा पुगेको थियो।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्दै आएका उनीहरुले यस अघि आफूहरु वन्यजन्तुको चोरीसिकारीजस्तो गैरकानुनी र अमानवीय व्यवहारमा संलग्न हुँदै आए पनि अब त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाएका छन्।
वन्यजन्तुको चोरी सिकारीजस्तो अवैध एवम् अमानवीय कार्यबाट आयआर्जन गर्दैआएका उनीहरुलाई उपभोक्त समितिमार्फत आयआर्जन, तालिमलगायतका अवसर प्रदान गरिने जीविकोपार्जनमा सहयोग पुर्‍याउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत टीकाराम अधिकारीले बताए।
चोरीसिकारीको अत्यन्त संवेदनशील क्षेत्र मानिने र परम्परागत रुपमा चोरीसिकारी गर्दैआएका सुर्खेतको लेखपराजुल गाविसबाट गत वैशाखमा ४४ र असोजमा हरिहरपुर गाविसबाट ४६ थान गरी ९० थान भरुवा बन्दुक निकुञ्जले बरामद गरेको थियो।
निकुञ्जले हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जभित्र चोरीसिकारीमा प्रयोग गरिने १३५ थान भरुवा बन्दुक आफ्नो नियन्त्रणमा लिइसकेको छ।

No comments:

Post a Comment