Sunday, November 20, 2011

मेहलकुना–बडाखोली सडक आयोजना बारे बहस
दीपक बुढा/सुखर्ेत
स्थानिय निकायमा सम्भmौता भर्इ संचालन भएका आयोजनाहरुका सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीहरुलार्इ जवाफदेही बनाउने र नागरिकलार्इ कर्तव्य बोध गराउने उद्धेश्यका साथ मेहलकुना बडाखोली सडक निर्माण्ा आयोजनाको सार्वजनिक बहस कार्यत्रmम सम्पन्न भएको छ ।सार्वजनिक बहस कार्यत्रmमका जवाफदेहि बत्तmाहरुले अबदेखि आयोजना स्थलमा नै आमभेला गरार्इ समितिको गठन गनर्े, उपभोत्तmा समितिमा एउटै घरको २ जना सदस्यलार्इ नराख्ने, सदस्यको उपस्थिति बिना कुनै पनि सदस्यको नागरित्तmाको प्रतिलिपि पेश नगनर्े, हस्ताक्ष्ारको दुरुपयोग नगनर्े, उपभोत्तmा तथा अनुगमन समितिलार्इ बढि समाबेशि बनाउने, योजना सम्पन्न भए पछि आयोजना स्थलमा नै सामाजिक परिक्ष्ाण्ा गराउने, योजनाको बारेमा सूचनाबोर्डकोे टा“स अनिवार्य रुपले गनर्े र एेनमा भएका कुराहरुलार्इ पालना गनर्े छौ भनि कार्यत्रmमका जवाफदेहि बत्तmाहरुले उपभोत्तmाहरु सामु सामुहिक रुपमा लेखित हस्ताक्ष्ार सहित प्रतिद्धता जाहेर गरेका छन । मेहेलकुना—बडाखोली सडक निर्माण्ा आयोजनाको समुदायमा आधारित स्थलगत अनुगमन गरेर, उपभोत्तmाहरु संग गुनासो चौतारी कार्यत्रmम संचालन गरेर, योजनाको सम्भmौता पत्रहरुको अध्ययन तथा उपभोत्तmा समितिको निर्ण्ाय रजिष्टिरको अध्ययनबाट सवालहरुको पहिचान गरी सार्वजनिक बहसकार्यत्रmम संचालन गरिएको थियो । सार्वजनिक बहस कार्यत्रmमका जवाफदेहि बत्तmाको रुपमा जि.वि.स सुखर्ेतका स्थानिय विकास अधिकारी रमेश के.सि., र्इन्जिनियर ओमदत्त रेग्मी, सव र्इन्जिनियर मोतीलाल प्रसाद गुप्ता, मेहेलकुना गा.वि.स. सचिब गोबिन्द राना, मेहलकुना बडाखोली सडक निर्माण्ा योजनाको अध्यक्ष्ा हेमन्त शर्मा र कोष्ााअध्यक्ष्ा लक्ष्मि प्रसाद लामिछाने रहनु भएको थियो ।करिब ५०० जना स्थानिय उपभोत्तmाहरुको उपस्थितिमा उच्च माध्यामिक विद्यालय बडाखोलीको मेहलकुनाको प्रण्ााङ्गण्ामा संचालन गरिएको सार्वजनिक बहस कार्यत्रmम स्थानीय सुशासन तथा उत्तरदायी संयन्त्र न्ब्ँ र आवाज संस्थाको साभmेदार तथा जिल्ला विकास समिति सुखर्ेतको समन्वयमा संचालन गरिएको थियो । कार्यत्रmममा जवाफदेहि बत्तmाहरुले सामुहिक रुपमा गरेका प्रतिबद्धताहरु पुरा भए नभएको पनि सम्बन्धित कार्यालयहरुमा स्थानिय उपभोत्तmाहरुको सहयोगमा मिलेर अनुगमन गरिने र यस्ता कार्यत्रmमहरुले आगामि दिनमा स्थानिय निकायहरुबाट संचालन हुने आयोजनाहरु अभmै बढि गुण्ास्तरीय र पारदर्शि हुने भनि स्थानिय विकास निर्माण्ा तथा सेवाको समुदायमा आधारित अनुगमन कार्यत्रmमका कार्यत्रmम संयोजक सुशील कुमार कार्कीले बताउनु भयो ।

No comments:

Post a Comment