Friday, November 25, 2011

घरबाटै महिला हिंसा रोक्नुपर्छ]
दीपक बुढा/सुखर्ेत
महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि घरभित्रबाटै पहल गर्नुपनर्ेमा महिला अधिकारवादीहरुले जोड दिएका छन्‍ । अधिकांश महिलाहरु परिवारबाटै पीडित हुनुपरेकाले यसको अन्त्यका लागि घरभित्रबाटै प्रतिवाद गरिनुपनर्े उनीहरुको भनाइ छ ।महिला हिंसाविरुद्धको १६ दिने अभियानका े अवसरमा शुत्रmबार वीरेन्द्रनगरमा आयोजित कार्यत्रmममा सहभागी महिला अधिकारवादीहरुले यस्तो बताएका हुन्‍ । स्थानीय पिपल चौतारीमाआयोजित कार्यत्रmममा महिला बालबालिका कार्यालयका प्रमुख पानकुमारी खड्‍कालेमहिला हिंसाविरुद्धको अभियान घरभित्रबाटै शुरु हुनुपनर्े बताउनुभयो । परिवारकासदस्यहरुबाटै महिलामािथ हिंसा हुने गवरेको भन्दै उहाँले भन्नुभयो,‘अब सडकमा होइनहिंसाविरुद्धको अभियान घरभित्रबाटै थालनी गनर्ुपर्छ ।’ घर भित्रको हिंसा न्यूनीकरण्ागर्न सकेमा त्यसले समाजलार्इ समेत शान्तिको मार्गमा लैजान सक्ने उहाँकोभनाइ छ ।यस्तै नेपाल महिला संघका चन्द्रा खड्‍काले अशिक्ष्ााका कारण्ा महिलामाथि हिंसाका घटनाहरु बढ्‍दै गएको बताउनुभयो । अखिल नेपाल महिला संघ सुखर्ेतका अध्यक्ष्ा लक्ष्मी शर्माले महिला र पुरुष्ावीच सामाजिक विभेद भएको भन्दै यस्तो विभेदको अन्त्य गर्न सकेमा मात्रै महिला हिंसा न्युनीकरण्ा हुने दावी गनर्ुभयो । आर्थिक रुपमा समानता भएमात्र हिंसा अन्त्य हुने उहाँको भनाइ छ ।

१२ वटा मोटरसार्इकल भन्सार
दीपक बुढा/सुखर्ेत
सुखर्ेत प्रहरीले विभिन्न समयमा नियन्त्रण्ामा लिएका १२ वटा चोरीका मोटरसाइकल भन्सार चलान गरेको छ । भन्सार छलेर ल्याइएका ती मोटरसाइकल आवश्यक कारवाहीका लागि शुत्रmबार नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको हो ।जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा ती मोटरसाइकलहरु नियन्त्रण्ामा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानका त्रmममा आवश्यक कागजपत्र फेला नपरेपछि थप अनुसन्धानका लागि चोरीका मोटरसाइकल भन्सार पठार्इयो भन्सार पठाइएको हो । सुखर्ेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले भन्सार छलेर ल्याइएकाले ती मोटरसाइकल चोरीका भएको बताउनुभयो । उहाँका अनुसार सुराकीको सूचनाका आधारमा मोटरसाइकल नियन्त्रण्ामा लिइएको थियो । यसअघि ती मोटरसाइकलहरु प्रहरी कार्यालयको परिसरमा अलपत्र अवस्थामा रहेका थिए । अहिलेपनि सुखर्ेतमा चोरीका मोटरसाइकल रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एसपी परियारले आफूहरुले चोरीका मोटरसाइकको बारेमा विशेष्ा निगरानी गरिरहेको समेत जानकारीदिनुभयो ।

No comments:

Post a Comment