Thursday, November 24, 2011


सुर्खेतमा सुविधा सम्पन्न पुस्ताकालय स्थापना

सुर्खेतमा सुविधा सम्पन्न पुस्ताकालय स्थापनाका लागि अमेरिकी राजदुतावास काठमाण्डौले सहयोग गर्ने भएको छ । पुस्तकालय स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले जिम्मेवारी पाएको छ । पुस्तकालय स्थापना भएपछि यहा“का विद्यार्थीहरुले इनटरनेटमार्फत अमेरिकामा रहेका करिव २० हजार पुस्तकहरु पढ्न सक्ने छन् । अमेरिकी दुतावास, अमेरिकन कर्नर, एशिया फाउण्डेशन र अमेरिकन पुस्तकालय काठमाडौले सोमबारबाट वीरेन्द्रनगरमा आयोजना गरेको शैक्षिक मेलाको अवसरमा दुतावासले यस्तो सहयोग गर्ने जानकारी दिएको हो । अबको एक महिनाभित्र पुस्तकालय स्थापना गरिने छ । सुर्खेत उद्योग वाणिज्य संघका अनुसार संघकै भवनमा पुस्तकालय स्थापना गर्न लागिएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले अब कुनैपनि विद्यार्थीले कमजोर आर्थिक अवस्थाका कारण पस्तकको अभाव भोग्नु नपर्ने बताउनुभयो । पुस्तकालय स्थापना भएपछि सुर्खेत शैक्षिक केन्द्रको रुपमा विकास हुने समेत उहा“को दाबी छ । उहा“का अनुसार सो पुस्तकालयमा विद्यार्थीहरुको माग अनुसार पुस्तकहरु राखिने छ । यसैवीच शैक्षिक मेलाको सोमबार क्षेत्रीय प्रशासक सुरेशमान श्रेष्ठले उद्घाटन गर्नुभयो ।
आज मंगलबार सम्पन्न हुने सो मेलामा अमेरिकाको शैक्षिक अवस्था र त्यहा“को संस्कृतिका बारेमा जानकारी दिने पुस्तक तथा भिडियोसमेत प्रदर्शन गरिएको छ । मेलामा निःशुल्क रुपमा पुस्तकहरु अध्ययन गर्न व्यवस्था मिलाइएको छ । तर विद्यार्थीले पुस्तक खरिद गर्न नपाउने भएका छन् । मेला आयोजक संस्थाका प्रतिनिधि शान्ता खड्काले ग्रामिण स्तरमा रहेका विद्यार्थीहरुलाई पुस्तक पढ्ने बानी बसाल्न र विदेशको शिक्षा प्रणालीको बारेमा जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गरेको जानकारी दिनुभयो ।


No comments:

Post a Comment