Friday, November 25, 2011

राजीसमुदायले बेवास्ता गरेको गुनासो
बर्दियाका राजीहरुले आफुहरुलार्इ सरकारले तेस्रो दर्जाका नागरिकका रुपमा हरेको भन्दै संरक्ष्ाण्ा र उत्थानमा वेवास्ता गरेको गुनासो गरेका छन्‍ ।बर्दियाको ताराताल, धधवार, देउडाकला, मोतिपुर र वानियाभारमा बसोबास गरेका राजी समुदायले यस्तो गुनासो गरेका हुन ।राजीहरुको पुख्यौली पेशा जडिबुटी संकलन र वित्रिm गनर्े, माछा मानर्े, मौरी काट्‍ने, जाल खेल्ने, नदिहरुमा ढुङ्गा तानर्े पेशा संकटमा पर्दा समेत आफुहरुको पेशाको सरक्ष्ाण्ा र अस्तित्व रक्ष्ाामा नलागेको राजी शाल्म समाज बर्दियाका उपाध्यक्ष्ा बुद्धिराम राजीले बताउनुभयो ।अहिले राजीले गनर्े परम्परागत पेशा सबै काम ठेक्का पट्टा सुरु हुदा राजीहरुको पेशा हराएको वानियाभार ७ खुरखुरे राजी बस्तीका लछ्‍छु राजीले बताउनुभयो ।वानियाभारमा बस्दै आएका ६४ घरधुरी राजीहरु भुमिहिन र सुकुम्बासी रहेको समेत उहाँले बताउनुभयो ।उनीहरुको स्थायी जग्गा पनि छैन्‍ र घरहरु पनि टहराका भmुप्रोमा बसोबास गरेको राजी शाल्म समाज बर्दियाका अध्यक्ष्य दिपेन्द्र राजीले सुखर्ेत डायरीलाइ जानकारी दिनुभयो ।खेतीपातीका लागि समेत जग्गा नहदा बर्दियाका विभिन्न गाविसमा रहेका राजीहरु ज्याला मजदुरी र भारतीय गएर पेट पोलने गरेको स्थानीय कुल बहादुर राजी दुखेसो पोख्नुभयो ।आफुहरुमा लेखपढ नभएको र बाबालिका पनि पढाउन हैसियत नभएको उहाँको भनार्इ छ ।मजदुरी र भारी बोक्ने काम गनर्े ,खाना नपुग्ने र जग्गा पनि नभएको राजीहरुमा सरकारले खान बस्नको व्यवस्था गरिदिने राजी समुदायका बुद्धिजिवीहरुको भनाइ छ ।विभिन्न समयमा जिल्लाका सरकारी निकायमा गासबास र कपासको गयारेन्टिका लागि ज्ञापन पत्र समेत बुभmार्इयो सुनाइ नभएको राजीहरुको गुनासो रहेको छ ।आदिवासी जनजातीका रुपमा रहेका राजीहरु देशभर हाल करिब ४ हजारको सख्यामा रहेका छन्‍सुखर्ेत, बर्दिया, कैलाली र कञ्चनपुरमा राजीहरुको मुख्य बसोबास रहेको छ ।

No comments:

Post a Comment