मदरसालाई अमेरिकाको सहयोग
सुर्खेत मंसिर १४ । अमेरिकन राजदुतावसले सुर्खेतमा मुस्लिम समुदायले सञ्चालन गरेको दुई वटा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । अमेरिकाका राष्ट्रपति बाराक ओबामा र नेपालका लागि अमेरिकन राजदुत स्टक एच डेलीसिको निर्देशनमा राजदुतावसको एक टोलीले बुधवार सुर्खेतमा आएर यहाँ मुस्लिम समुदायले सञ्चालन गरेका दुई वटा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।राजदुतावसाका सांस्कृतिक सहचारी केन हेराल्सनले लाटीकोइली ९ बेलघारीमा रहेको मदरसा मदिना निम्न माध्यामिक विद्यालय र वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको मदरसा फैजुल उलम प्राथमिक विद्यालयलाई अमेरिकाका मुस्लिमहरुको बारेमा जानकारी दिने खालका पुस्तकहरु हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बोल्दै सहचारी हेराल्सनले नेपालका मुस्लिम समुदालयको शिक्षामा पहूँच वृद्धि गर्नका लागि शैक्षिक सामाग्री सहयोग गरेको बताए ।
उनले अमेरिकाले शैक्षिक क्षेत्रको विकासमा बढी जोड दिने भएकोले यहाँका मुस्लिम बालबालिकाहरुलाई अमेरिकामा रहेका मुस्लिम समुदायको बारेमा नेपालका मुस्लिम समुदायलाई जानकारी दिने उद्देश्यले पुस्तक प्रदान गरिएको बताए । हेराल्सनले शैक्षिक क्षेत्रको विकासविना अन्य क्षेत्रको समेत विकास सम्भव नभएको भन्दै सबै जातजाती, धर्म र संस्कृतिका समुदायले आफ्नो समुदायको शैक्षिक अवस्थाको विकास गर्न आवश्यक रहेको बताए ।
अमेरिकामा नेपालको भन्दा बढी मुस्लिमहरु रहेको जानकारी दिदै उनले अमेरिका र नेपालमा रहेका मुस्लिम समुदायको बारेमा बुझ्नका लागि पनि आफूहरु सुर्खेत आएको बताए । उनलाई मदरसाको विद्यार्थीहरुले अमेरिकाका अमेरिकाका मुलस्लिम समुदायको शैक्षिक, सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।
No comments:
Post a Comment