Tuesday, March 6, 2012


मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत 
ढकाल र रानालाई डिनमा नियुक्ति

दीपक बुढा/सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा दुई जना संकाय प्रमुख (डिन) को नियुक्ति भएको छ । मध्यपश्चिम विश्वविद्यालय कार्यकारिणि परिषदले मंगलबार  दुई जनालाई संकाय प्रमुखको जिम्मेवारी दिएको हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारीणि परिषदले मानविकि संकाय प्रमुख (डिन) मा सह–प्रध्यापक पीताम्बर ढकाललाई र विज्ञान तथा प्रविधि संकाय प्रमुख (डिन) मा वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्रमुख डा. केशरसिंह रानालाई जिम्मेवारी दिईएको छ ।
उपकुलपति, रजिष्ट्रार, डिन एक जना र प्राध्यापक एक जना गरी चार जनाको कार्यकारिणि परिषद रहने व्यवस्था गरिएको छ । डिन र प्राध्यापक नियुक्ति नभएकाले उपकुलपति र रजिष्ट्रार दुई जनाको कार्यकारिणि परिषदले उक्त निर्णय गरेको हो । सोही परिषदले दुई जना विभागिय प्रमुख (डिन) को नियुक्ति गरेको हो । डिनको तर्फबाट कार्यकारिणि परिषद सदस्यमा केशरसिंह रानालाई नियुक्त गरिएको जनाइएको छ ।
व्यवस्थापनशास्त्र संकाय प्रमुख (डिन) का लागि योग्य व्यक्ति खोजी भैरहेको जनाईएको छ । विश्वविद्यालयका उपकुलपति डा. देवकोटाका अनुसार मध्यपश्चिमाञ्चल क्षेत्रकै योग्य व्यक्ति नभेटिएकाले नियुक्ति हुन नसकेको हो । व्यवस्थापन डिनको केही दिन भित्र नियुक्ति गरिने समेत उनले जानकारी दिए ।
म.प. विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले नया“ शैक्षिक सत्रदेखि विश्वविद्यालयले कक्षा संचालन गर्ने जानकारी दिए । उनले भने–‘पहिलो चरणमा विषयगत पाठ्यक्रम निर्माणको तयारीमा रहेका छौं । पाठ्यक्रम निर्माण गरी भदौंदेखि कक्ष्ाँ संचालन गर्नेछौं ।’
विज्ञान तथा प्रविधि, शिक्षा शास्त्र, मानविकि, व्यवस्थापन गरी विभिन्न संकायका ७–८ वटा विषयको सुरुमा कक्षा संचालन गरिने उपकुलपति डा. देवकोटाले जानकारी दिए । पहिलो बर्ष स्नातक तहको चार बर्षे कक्षा संचालन गरिने भएको छ ।
विश्वविद्यालयको स्वामित्वमा वीरेन्द्रनगर–९ को ४२ कित्ता क्षेत्रफलको १६ विगाहाबढी जग्गा विश्वविद्यालयको नाममा दर्ता गरिएको छ । विश्वविद्यालयले अब आफ्नै जग्गामा भवन निर्माणको कार्य थाल्ने जनाइएको छ ।
विज्ञान तथा प्रविधि संकायका लागि शैक्षिक भवन निर्मँण गर्ने तयारी भैरहेको छ । अध्ययनका लागि कन्सल्टेन्सलीको खोजी गरिएको छ । लागत स्टीमेट तयार गरि पहिलो चरणमा शैक्षिक भवनहरु निर्माणको कार्य थालिने जनाइएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ अनुसार रजिष्ट्रार, डीन र निर्देशक विश्वविद्यालयको पूरा समय काम गर्ने पदाधिकारी हुनेछन्, रजिष्ट्रार, डीन र निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
नेपाली का“ग्रेस निकटका दुवै जना डिनमा नियुक्त भएपछि एमाले निकटका प्राध्यापकहरु आक्रोशित बनेका छन् । एमाले निकटका प्राध्यापकहरुलाई वीरेन्द्रनगर बहुमुखी क्याम्पसको प्रमुख र मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको प्रमुखको जिम्मेवारी दिने तयारी भैरहेको स्रोतले जानकारी दिएको छ ।
मानविकि संकाय प्रमुख (डिन) ढकाल
नाम ः पीताम्बर ढकाल
जन्म मिति ः २०१० बैशाख २९ गते
पद ः सह–प्राध्यापक
स्थायी ठेगाना ः लेखफर्सा, सुर्खेत
हाल ः वीरेन्द्रनगर–१०, सुर्खेत
शैक्षिक योग्यता ः विए (५८.८८), विएल (५५.९), एमए(७०.४) त्रिभूवन विश्वविद्यालय 
शैक्षिक अनुभव ः 
सहायक प्राध्यापक ः डोटी क्याम्पस, डोटी २०३७÷११÷११ देखि ३०३८÷१२÷२९ सम्म
सहायक प्राध्यापक ः वीरेन्द्रनगर बहुमुखी क्याम्पस २०३९÷४÷२६ देखि २०४१÷३÷३१ सम्म
उपप्राध्यापक ः वीरेन्द्रनगर बहुमुखी क्याम्पस २०४१÷४÷१ देखि २०४३÷३÷१७ सम्म
उपप्राध्यापक ः महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज र सुर्खेत क्याम्पस (शिक्षा) सुर्खेत, २०४३÷३÷१८ देखि २०६४÷१२÷२३ सम्म
हाल सह–प्राध्यापक  
जिम्मेवारी ः
त्रिभुवन विश्वविद्यालय काउन्सिल, सदस्य
वीरेनद्रनगर बहुमुखी क्याम्पस सुर्खेत, प्रमुख
सुर्खेत क्याम्पस (शिक्षा) सुर्खेत, प्रमुख
सम्मान तथा पुरस्कार
ः गोरखा दक्षिणबाहु २०५७
ः सेवा पदक २०४५
ः शिक्षा पदक 
(अब हामी पाठ्यक्रम निर्माणमा जुट्ने छौं । पाठ्यक्रम निर्माण गरिसकेपछि आगामी शैक्षिक सत्रदेखि कक्षा संचालन गर्ने हामीले योजना बनाएका छौं ।)

विज्ञान तथा प्रविधि संकाय प्रमुख (डिन) डा. राना
नाम ः डा. केशरसिंह राना
जन्म मिति ः २०१८÷२÷१४
जन्म स्थान ः डल्होजी भारत
स्थायी ठेगाना ः वीरेन्द्रनगर–११, सुर्खेत
बुबा ः स्व. बालसिंह राना (अन्ड्रेरी क्याप्टेन भारतीय सेना)
शैक्षिक योग्यता ः युपि बोर्ड भारतबाट उच्च शिक्षा हा“सिल
ः गडवाल विश्वविद्यालय भारतबाट विएस्सी र एमएस्सी
ः मगध विश्वविद्यालय भारतबाट पि.एच.डी
शैक्षिक अनुभव ः
ः जनउच्च मावि सुर्खेत २०४२÷१÷२६ देखि मावि गणित शिक्षक
ः जन उच्च मावि सुर्खेत २०५४÷३÷९ देखि २०६०÷३÷३१ सम्म प्रिन्सिपल
ः वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेत २०६१÷४÷१ देखि क्याम्पस प्रमुख

(उपकुलपति ज्यू ले बोल्नु भए अनुसार काम गछौं । उहा“ले पहिले प्रशासनिक भवन भन्दापनि शैक्षिक भवन बनाउने योजना बनाउनुभएको छ । सोही अनुसार उहा“लाई सहयोग गर्दै हामी अगाडी बढ्नेछौं । विश्वविद्यालयले जग्गा पाएको छ । डिन नियुक्ति भएको छ । पाठ्यक्रम तयार गरेर अध्यापन कार्य तत्काल सुरु गर्नेछौं ।)

No comments:

Post a Comment