Friday, March 23, 2012


हिनामिना रकम असुलि विकास 
 दीपक बुढा 
मैनतडा (सुर्खेत) १० चैत
दुई वर्षअघि मैनतडा स्थित खल्टुगैरा सामुदायिक वनको सचिव भएपछि भूमिसरा रानाले अघिल्लो वन समितिबाट हिनामिना भएको रुपैया“ खोजिन् । उनकै अग्रसरतामा हिनामिना भएको करिब एक लाख रुपैयँ“ सामुदायिक वनको खातामा फिर्ता आयो । वनको सम्पत्ति व्यक्तिले हिनामिना गर्न पाइ“दैन भनेर हामीले आवाज उठायौ“,’ भूमिसराले भनिन्, ‘त्यसमा पुरुषहरुले पनि साथ दिएपछि डुबेको पैसा फिर्ता आयो ।’ उनले असुल गरेको पैसाबाट गाउ“कै विकास निर्माणमा खर्च गरिएको बताइन् ।

मैनतडा गाविसका महिलाहरुले वनको नेतृत्व गरेपछि संरक्षणको लागि कडा नियम बनाएर रुख कटान गर्ने बन्देज गरेका छन् । ‘वनमा भइरहेको तिव्र फडानीलाई हेर्दा दुःख लाग्यो,’ वन उपभोक्ता समूहकी सचिव निलम विकले भनिन्, ‘वन संरक्षण गर्ने उद्दश्यले महिलाहरुले नेतृत्व लिएर वन फडानीलाई नियन्त्रण गर्ने लागेका हौं ।’
वन संरक्षणको लागि उपभोक्ता समूहले गाउ“–गाउ“मा जनचेतना फैलाउ“दै हि“डेका छन् । यसका साथै उनीहरुले अघिल्लो समितिले हिनामिना गरेको रकमको खोजीसमेत गरेका छन् । अहिले कटान अनुमतिलाई कडाई गर्नुका साथै कटान गर्नेलाई जरिवानाको व्यवस्था समेत गरिएको अध्यक्ष वि.क.ले बताइन् । 
‘वर्षमा एकपटक शुल्क लगेर दाउरा काट्ने र कुनै शुभकार्यहरु गर्दा पनि शुल्क लगेर मात्र रुख काट्ने नियम बनाएका छौं,’ उनले भनिन्, ‘कसैले नियमविपरित काम गरेमा त्यसलाई कारवाहीको साथै जरिवानाको व्यवस्था पनि गरेका छौं ।’
महिलाहरुले वनमा कडाईका साथ काम गर्न थालेपछि वनको आम्दानीमा समेत वृद्धि भएको छ । दुई महिनाको अवधिमा १५ हजार रकम संकलन भएको सचिव विकले बताइन् । जम्मा भएको रुपैया“ गाउ“को विकास निर्माणमा खर्च गरिने उनीहरुको योजना छ । पुरानो समितिबाट अनियमित भएको रकम अशुल्दै गाउ“मा बाटो निर्माण, विद्यालय सहयोग प्रदान गर्नुका साथै अन्य सामाजिक कार्यमा समेत खर्च गर्ने गरिएको छ ।
मैनतडाका ७ वटा सामुदायिक वनमा राना र विकजस्ता थुप्रै महिलाहरु जिम्मेवार पदमा पुगेपछि त्यसले समाजमा सकारात्मक प्रभाव पारेको छ । उपभोक्ता समितिहरुमा आर्थिक पारदर्शिता, संकलित रकमको सदुपयोग, वनको संरक्षण तथा वृक्षारोपण उल्लेखनीय परिवर्तनहरु हुन् । सामुदायिक वनका उपभोक्ता समितिहरुमा महिलाहरुको सहभागिता बढेपछि त्यसबाट थुप्रै राम्रा काम भएका स्थानीयबासीन्दाको भनाई रहेको छ ।
दुई वर्षअघि वरपिपल सामुदायिक वनको कोषाध्यक्ष भएपछि स्थानीय लालमाया रानाले अघिल्लो उपभोक्ता समितिले हिनामिना गरेको रकम खोजी गरिन् । हिनामिना भएको ५० हजार असुलेर त्यसबाट विद्युतको पोल विस्तार गर्नुका साथै केही रकम खातामा जम्मा गरेको बताइन् । आफ्नो प्रयासबाट डुबेको रकम फिर्ता भएपछि खुशि हु“दै उनले भनिन्, ‘आर्थिक पारदर्शिताबिना विकास सम्भव छैन भनेरै हामीले यसमा जोड दिएका हौं ।’
महिलाहरु जिम्मेवार पदमा पुगेपछि विनास ह“ुदै गएको वन हरियाली हुन थालेको छ । हरियाली सामुदायिक वनकी सचिव पार्वती कार्की भन्छिन्, ‘हामीले पहिले दुई सय रुपैया“मा दिएको कटान अनुमति पूर्जी बढाएर छ सय रुपैया“मा पु¥याएका छांै, यसबाट वनको आम्दानी बढ्नुका साथै कटानमा पनि कमी आएको छ ।’ अवसर पाएपछि महिलाले पनि पुरुषसरह काम गर्दा रहेछन् भन्ने कुराको पुष्टि गरेको उनको भनाई छ ।
उनीहरुले वन जोगाउने अभियानमात्र थालेका छैनन्, वनको आम्दानीबाट थुप्रै विकास निर्माणका कामहरु पनि गरेका छन् । दुई महिनाअघि सिर्जनशील सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष भएपछि झुमा सुनारले वनमा भइरहेको तिव्र फडानीलाई नियन्त्रण गर्न सफल भएको बताइन् । ‘खुला वन भएकाले रुख कटानी भएको थियो’ उनले भनिन्, ‘महिलाले नेतृत्व गरेपछि वन फडानी रोक्न सफल भएका छौं ।’ जंगल तिव्र नासिएकाले पहिलेको डमकटी वनको नाम परिवर्तन गरेर समूहको नाम अनुसार महिलाको नेतृत्वमा सिर्जनशील सामुदायिक वन नामाकरण गरेको उनले बताइन् ।
यी त मैनतडा गाविसका सचेत भएका महिलाको उदाहरण मात्रै हो, अहिले महिलाहरु नेतृत्व लिन अघिअघि सर्ने बनाएको छ, सामुदायिक छलफल कक्षाले । अक्सफाम जीविको सहयोगमा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले महिला आवाज परियोजना अन्तर्गत गाउ“गाउ“मा सामुदायिक छलफल कक्षा संचालन गरेपछि महिलाहरुमा सशक्तिकरण बढेको हो । दुई बर्ष अघिदेखि संचालनमा आएका ती छलफल कक्षाहरुले महिलाहरुलाई विकास संरचनामा नेतृत्व लिन, सचेतना बनाउनलगायत विभिन्न कुराहरुको वारेमा छलफल गराउने गरिन्छ । 
छलफल कक्षाका सहजकर्ता सन्तोषी विकले संरचना, अपूर्ण सहभागिता र महिला हिंसाका विरुद्धमा विशेषगरी छलफल गरिने बताईन । 
सुरुमा बोल्नसमेत लाज र डर मान्ने महिलाहरु यही कक्षामा आएर अहिले गाउ“को विकास र अधिकारका वारेमा औंला ठड्याएर पुरुषहरुसंग छलफलमा सहभागी हुने गरेको उनको भनाई छ । छलफल कक्षा सातामा ६ दिन संचालन हुन्छ । यही कक्षाबाटै उनीहरुले गाउ“समाजमा के गर्ने भन्ने योजनासमेत बनाउने गरेका छन् । 
महिलाहरु अगाडि सरेको देखेर मैनतडा गाविसका सचिव फर्सकुमार तिवारीसमेत आश्चर्यमा परेका छन् । पहिलेको भन्दा अहिले उक्त गाविसका महिलाहरुमा आएको चेतना देखेर आफू निकै आश्चर्यचकित भएको बताउ“दै उनले हरेक कुरामा महिला सहभागिता बढेको पनि जनाए । महिलाहरु अगाडि सरेपछि अहिले महिलाका लागि भनी गाविसले १० प्रतिशत बजेटपनि छुट्याएको जानकारी उनले 
जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा सहभागि हु“दा शैक्षिक योग्यता आवश्यक पर्ने भएकाले महिलाहरु स्थानीय संरचना सामुदायिक वन उपभोक्ता समिति, सहकारी र स्वास्थ्य चौकी व्यवस्थापनमा महिलाको संख्या उल्लेख्य रुपमा बढेको छ ।  
महिला आवाज परियोजना मैनतडाका सहजकर्ता भिमप्रसाद पौडेलले महिलाहरुको सहभागिता विद्यलाय भन्दापनि सामुदायिक वन, सहकारी, समूह, र स्वास्थ्य चौकी तर्फ धेरै रहेको बताए । कार्यक्रम संचालन पछि महिलाहरुको चेतनास्तर बृद्धि हुनुका साथै आफ्नो अधिकारको लागि आफ्ै आवाज उठाउन सक्ने भएको उनले बताए । वामले उक्त परियोजना मार्फत मैनतडाका साथै छिन्चु र गुमी गाविसमा पनि कार्यक्रम लागू गरेको छ । 
अक्सफाम–जिवी नेपालको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)ले सञ्चालन गरेको महिला आवाज परियोजनाअन्र्तगत सामुदायिक छलफल कक्षामा सहभागि भएपछि महिलाहरुमा यस्तो परिवर्तन आएको हो । 
छलफल कक्षामा सहभागी भएपछि महिलाहरु विद्यालय, सामुदायिक वन, खानेपानी र स्वास्थ्य लगायतका  संरचनाका विभिन्न पदको नेतृत्व गर्दै समाजको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् । छलफल कक्षामा विभिन्न नीतिनियम तथा महिला सहभागिता, घरेलु हिंसा तथा स्थानीय संरचनामा सहभागिता लगायतका विषयमा छलफल गरिने भएकाले महिलाहरु आफ्नो अधिकार तथा गाउ“को विकासका लागि सक्रिय भएर लागेका छलफल कक्षाका सहजकर्ता सन्तोषी बिकले बताइन् । यसले गर्दा महिलाहरुको आत्मबलसमेत बढेको उनको भनाइ छ ।
वाम सुर्खेतका कार्यक्रम संयोजक अमृता अधिकारीका अनुसार तीन गाविसका वडा–वडाहरुमा सामुदायिक साक्षरता कक्षा संचालन छन् । स्थानीयस्तरमा रहेका बन, खानेपानी, स्वास्थ्य र विद्यालयमा महिलाहरुलाई अर्थपूर्ण सहभागिता गराउने, नेतृत्व लिन सक्षम बनाउने लगायतका मुख्य विषयहरु सिकाइने गरिएको उनले बताईने । सामुदायिक छलफल कक्षाबाटै सिकेका कुराहरुलाई आत्मसात गर्दै महिलाहरु नेतृत्व लिन सफल भएकोले महिलाहरु सशक्तिकरण हुदैंछन् भन्ने प्रमाणहरु पाइएको संस्थाले जनाएको छ  ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete