Friday, March 9, 2012


पुरिँदै छ बराह ताल, गुरुयोजना बनाउनुपर्ने

दीपक बुढा
सुर्खेत (तरंगा), २६ फागुन
तरंगा गा.वि.स. वडा नं. ६ मा पर्ने बराह ताल पुरि“दै गएको छ । संरक्षण अभावमा तालको वरीपरी रहेका रुखबाट पात सिधै तालमा खस्ने गरेकाले ताल पुरि“दै आएको हो । तालको सरसफाई नगर्दा तालमा जलकुम्बि, पानी घा“सको मात्रा बढ्दै गएको छ । वरीपरी डा“डाले घेरेकोविचमा ताल रहेको छ । 
ताल बाहेक अन्य समथर क्षेत्र २५ विगाह क्षेत्रफल रहेको स्थानीयको भनाई रहेको छ । ताल १६ विगाहा क्षेत्रफलमा फैलिएको छ । बराह भन्नाले बंदेललाई बुझाउ“छ । स्थानीय ६० बर्षिय जयराज थापाले ताल संरक्षण अभावमा पुरि“दै गएको बताए । उनले भने–‘पहिले तालमा फोहोर थिएन्, सिरुघारी थियो तर अहिले तालमा पानी घा“स उम्रिएको छ ।’ ताल पहिले भन्दा घट्दै र पुरि“दै गएको उनले बताए ।
तालको गहिराई कति छ भन्ने बारे भने कसैले खोज अनुसन्धान गरेको छैन् । मौसम अनुसार ४० देखि ५० जातिका घुमन्ते चराहरु तालमा आउने गरेको स्थानीयको भनाई रहेको छ । तालमा विहान ७ देखि १० बजे सम्म विभिन्न प्रजातिका जलचर तथा अन्य चराहरु प्रशस्त देख्न पाईन्छ । 
२०४५ सालमा सुकेको उक्त ताल पछि वराह (बंदेल) को पुजा गरेपछि उक्त स्थानमा पुन पानीको सतह बढ्दै गएको स्थानीय बृद्ध थापाले बताए । तालको जनश्रुती अनुसार पहिले उक्त स्थानमा राजी जातिको बसोबास रहेको थियो । पा“च घर राजी जातिका एक मुख्य व्यक्तिले रक्सी खाएर सुतिरहेको अवस्थामा उक्त तालको पूर्व र दक्षिण पट्टी रहेको ठुलो भिरबाट अचानक तिमिहरु यहा“बाट हटेर जाउ भन्ने आवाज आएको थियो । तिमिहरु जाउ“ भन्दा रक्सी खाएका एक राजीले ढिपीगरी हामी जांदैनौं के गछौं भनेका थिए । मितिहरुलाई देखाई दिन्छु भन्दै भिरबाट आवाज आएको र त्यसपछि ठूलो पानीको बाढी आएर एक जना बाहेक अरु सबै जना परिएर मरेको जनविश्वास रहेको छ । त्यसरी तालको उत्पत्ती भएको स्थानीयबासीले आफ्ना अग्रजबाट जानकारी पाएको भनाई रहेको छ ।
अर्को तर्फ भने पहिले भेरी नदि ताल भएर बग्ने गरेको र पछि भेरी नदि खारीदै–खारिदै जा“दा नदि केहि तलबाट बगेको र उक्त स्थानमा पानी जम्मा भएर तालको उत्पत्ती भएको हुन सक्ने अनुमान गरिएको छ । तालको विचमा बराह मन्दीर रहेको छ । सिकारी, गोठालाले उक्त ताल पत्ता लगाएको हुन सक्ने अनुमान गरिएको छ । उक्त मन्दिरमा बराहको पुजा गर्ने गरिन्छ ।
२०४५ सालमा तालको पानी सुकेको र पानी सुकेपछि बराह (बंदेल) देवताको पुजा गरेपछि पुन पानीको सतह बढ्दै गएको स्थानीयबासीन्दाको भनाई रहेको छ । ७ बर्षदेखि उक्त स्थानमा मेला लाग्ने गरेको छ । चैत्र महिनाको अन्तिम दिन र नयां बर्षको १ गते मेला लाग्ने गरेको हो । 
उक्त भेलाको सुरुवात स्थानीय जयराज थापा, कर्णबहादुर कार्की, अमरबहादुर थापा, दिपबहादुर कार्की, नन्दबहादुर खत्रीको सक्रियतामा नया“ बर्षमा भेला तथा पुजा गर्न थालिएको हो  । तालमा पानी खान बंदेल, जरायो, मिर्ग जस्ता जंगली जनावारहरु आउने भएकाले सिकार गर्न मानिसहरु उक्त तालमा पुग्ने गरेको समेत स्थानीयको भनाई रहेको छ ।

तालको पानीले नुहाउ“दा, पानी खा“दा बराह देवता लाग्ने डरले स्थानीयबासीन्दाहरुले उक्त तालमा फोहोर गर्ने गरेका छैनन् । मानिसको बस्तीदेखि आधाघण्टाको दुरीमा जंगलको विच भागमा रहेको छ । स्थानीय बृद्ध थापाले पहिले तालको सरसफाई चराले गर्ने गरेको भएपनि  अहिले चरानै विस्तारै हराउदै गएको बताए । 
उनले भने–‘वन विनास भएको छ । चराहरु पनि हराउ“दै गएका छन् ।’ तालको विकासका लागि गत आर्थिक बर्ष पर्यटन मन्त्रालयबाट २ लाख रकम पर्यटन प्रबद्र्धनमा खर्च भएको जनाइएको छ । 
बराहताल पर्यटन विकास केन्द्र तरंगाका अध्यक्ष बलबहादुर कठायतले हुडेक–बराहताल सडक निर्माणका लागि सडक विभागबाट ७ लाख बजेट आएको जानकारी दिए । पर्यटन प्रवद्र्धनका लागि थप ३ लाख समेत बजेट आएको जनाइएको छ ।
वीरेन्द्रनगरदेखि ३० किलोमिटर टाढा पश्चिम दक्षिणमा पर्दछ । जिल्लाकै सबैभन्दा ठूलो उक्त ताल सम्म पुग्न वीरेन्द्रनगदेखि करिव १५ किलोमिटर पीच बाटो बसबाट यात्रा गरेर हुके ढुंगा (कुनाथरी–९) बाट दक्षिण तर्फ कच्ची मोटरबाटो हिडेर कुमिकोट र भुकुटे हु“दै किउरेनी भेरी छाल सम्म करिव १५ किलोमिटर पार गर्नुपर्दछ ।
भेरी नदी तरेर आधा घण्टा भेरी नदी किनारै किनार हिंडी पुन झोलुंगे पुल तरी २० मिनेट उकालो हिडेर बराह ताल पुग्न सकिन्छ । बराह तालको बरीपरी सिस्नो रहेको छ । 
यसैवीच बराह तालको संरक्षण, सम्वद्र्धनका लागि पर्यटन तथा भौतिक पूर्वाधार विकास सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बराह तालकै छेउमा सम्पन्न भएको छ । आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले पर्यटन प्रवद्र्धनका लागि प्रशस्त सम्भावना भएकाले गुरुयोजना निर्माण गरेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
तरंगा गाविसको सहयोगमा बराहताल पर्यटन विकास केन्द्र तरंगाको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको हो । अन्तरक्रियामा जिल्ला स्थित सरकारी तथा गैरसकारी संघ संस्था, राजनीतिक दलका प्रतिनीधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
स्थानीयबासीन्दाले पहिले सक्रियतापूर्व तालको संरक्षणमा काम गर्नुपर्ने र होम स्टे संचालन गरेर पर्यटकलाई आकर्षित गर्नुपर्नेमा सुझाव दिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै सभासद तथा पूर्व राज्यमन्त्री खड्गबहादुर वस्यालले सांच्चीको बराह ताल बरदान प्राप्त भएको बताए । तालको संरक्षण गरेर पर्यटन प्रवद्र्धन मार्फत स्थानीयबासीन्दाको आयस्रोतमा बृद्धि गर्नुपर्ने बताए । बाह्रय जिल्लाको तुलनामा सुर्खेत पर्यटन विकासको सम्भावना रहेको बताए ।
कार्यक्रममा बोल्दै अर्का सभासद नरबहादुर विष्टले प्रचार प्रसार मार्फत तालको महत्वका बारेमा धेरैलाई जानकारी गराउनुपर्ने बताए । उनले भने– ‘तालको दिर्घकालिन विकासका लागि नीजि साझेदारी मार्फत पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको छ ।’ गुरुयोजना निर्माण गरेर काम गर्न आवश्यक रहेको बताए । पश्चिम क्षेत्रमा विकास निर्माण भएका र निर्माणका क्रममा रहेका पूर्वाधारहरुको बारेमा उनले जानकारी गराएका थिए ।
तरंगा, घाटगाउंमा झोलुंगे पुल निर्माण, हरिहरपुरमा झोलुंगे पुल निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए । त्यसैगरी घाटगाउ सिचाई आयोजना, तरंगामा सिचाई आयोजना, विद्यापुरमा जलविद्युत तथा सिचाई आयोजना, बेतान स्वास्थ्य चौकी भवन निर्माण जस्ता पूर्वाधारहरुको विकास भएको जानकारी दिए ।
एकीकृत नेकपा माओवादी पोलिटव्यूरो सदस्य धर्मेन्द्र वास्तोलाको प्रमुख आतिथ्यता तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष बलबहादुर कठायतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रममा एकीकृत नेकपा माओवादीका भिमबहादुर मल्ल ‘सुभाष’, नेपाली कांग्रेस पार्टी सभापति तप्तबहादुर विष्ट, नेकपा एमालेका उपाध्यक्ष गगनसिंह सुनार, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाही, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष दुर्गा थापा लगायतले पर्यटन प्रवद्र्धनमा जुटन स्थानीयबासीन्दालाई उत्प्रेरणा दिएका थिए ।

No comments:

Post a Comment