Thursday, March 29, 2012


संविधान निर्माणमा दवाव दिनुपर्ने
हिमा उपाध्याय
२०६९ जेठ १४ गतेभित्र नया“ संविधान निर्माण गर्न राजनीतिक दलहरुलाई दवाव दिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघको ५७ औं बार्षिकोत्सवका अवसरमा बिहिबार वीरेन्द्रनगरमा आयोजित प्रभातफेरी पछिको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवंम नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणि गौतमले नया“ संविधान निर्माणको म्याद सकिनै लाग्दा पनि राजनीतिक दलहरु गम्भिर नभएकाले दवाव दिनुपर्ने बताए । ‘पत्रकारहरुले नै दवावको अगुवाई गर्नुपर्छ’ उनले भने ‘प्रमुख राजनीतिक दलहरुले चाहेमा जेठ १४ भित्र नया“ संविधान जारी हुन सक्छ तर दलहरुको इमान्दारीता र इच्छाशक्ति कम छ ।’

अन्तरक्रियामा बोल्दै पुनरावेदन बार एकाई सचिव दुर्गा सापकोटाले संसद संविधान निर्माण भन्दापनि सरकार बनाउन केन्द्रीत भएको बताए । सर्वोच्चले गरेको दरपिटले राजनीतिक दलहरुलाई केही रुपमा भएपनि सजक गराएको बताए ।
वीरेन्द्रनगर जेसिजका अध्यक्ष भद्र भण्डारीले राजनीतिक दलहरुप्रति जनविश्वास घट्दै गएको बताए । जनताको चाहना बमोजिमको नया“ संविधान जेठ १४ भित्रै जारी गराउन दवाव मूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता रहेको बताए । 
अन्तरक्रिया हुनुपूर्व जेठ १४ भित्रै नया“ संविधान जारी गराउन दवाव मूलक ¥याली निकालिएको थियो । स्थानीय मंगलगडी चोकबाट सुरु भएको ¥याली वीरेन्द्रनगर बजारपरिक्रमा पछि महासंघ हलमा पुगि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शाखा पूर्व सभापति कम्लेश डि.सी., श्रीधर पौड्याल, प्रेस चौतारी नेपालका अध्यक्ष युवराज शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete