Friday, March 16, 2012


बालकको मुख, हात, खुट्टामा डामियो 
दीपक बुढा
½सुर्खेत, ३ चैत½
लाटीकोइली–२ नया“ गाउ“मा एक बालक माथी उनकै बाबुले चरम यातना दिएका छन् । जनसेवा उच्च मावि घुस्रा कक्षा–४ मा अध्ययनरत ११ बर्षिया दिनेश चौधरीलाई उनकै बुवाले चरम यातना दिएका हुन् ।
रुपैया“ चोरेको आरोपमा बालक दिनेशलाई उनका बुवा इन्द्र थारुले मादक पदार्थ सेवन गरि अगुल्टाले मुख, हात र दुवै कुट्टामा डमिदिएका थिए । फागुन–२३ गते बुवाको यातनापछि विद्यालयमा आउन नसकेको बालकले बताए ।

‘होलीलाई मैले बुवाको पर्सबाट पचास रुपैया“ तानेको थिएं, बुवाले तेरो चोर्ने हात भन्दै अगुल्टोले मुख, हात, खुट्टामा झोसिदिनुभयो ।’ बालकले भने–‘घाउ दुःख छ, औषधीको नाममा मलम मात्रै लगाएको छु ।’
नवलपरासी स्थित सशस्त्र प्रहरी  बलमा कार्यरत इन्द्र थारुले पचास रुपैया“ चोरेको भन्दै छोरालाई कुटपिट गर्नुका साथै आगोले डामिदिएको छिमेकिको भनाई रहेको छ । निदेशको एक बहिनी रहेकि छन् । बालकले राम्रो औषधी  उपचार समेत पाउन सकेका छैनन् । हात, मुख, खुट्टामा गहिरो घाउ“ लागेको छ ।
लामो समय पछि विद्यालयमा गएका दिनेशका बारेमा उनकै साथीहरुबाट घटनाका बारेमा विद्यालयमा खुलेको शिक्षकहरुको भनाई रहेको छ । उक्त घटना बाल अधिकार विरुद्धमा भएकाले बालकलाई अधिकार दिलाउन बाल अधिकार सचेतना समूह घुस्राले पहल गर्ने भएको छ ।
समूहका अध्यक्ष ज्ञानु शाहीले बालकको अधिकारका लागि सामूहिक रुपमा बुवासंग कुरा गर्ने र त्यसो गर्दा पनि दिनेशको बुवाले नमानेमा उसलाई आवश्यक कानूनी कार्वाहिका लागि पहल थालिने बताईन् । बाल समूहकै अगुवाईमा पहिले परिवारमा छलफल थालिने समेत उनले बताईन । ‘बाल अधिकारका बारेमा अभिभावकलाई सचेत गराउन आवश्यक छ । आज दिनेशमाथी यातना भएको छ भोलि अरु बालबालिकामाथी पनि पर्न सक्छ, त्यसैले अभिभावकलाई सचेत गराउन आवश्यक छ ।’– बाल समूहका अध्यक्ष शाहीले बताईन् ।
सोही घटनाका विषयमा विद्यालयका प्राचार्य भक्तबहादुर शाहीले कुनै जानकारी नभएको बताए । विद्यार्थीहरुबाटै थाहा पाएको बताए । कक्षागत शिक्षक र सहायक प्राचार्यलाई घटनाका बारेमा धेरै जानकारी भएको बताए ।

No comments:

Post a Comment