Friday, March 23, 2012


अनुगमन टोलीलाई खसी
रामकुमार शाही 
जाजरकोट, १० चैत
शक्रबार संचालित अनिवार्य गणित विषयको परीक्षामा जाजरकोटको दल्ली केन्द्रबाट परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको छ । परीक्षा शुरु हुनु भन्दा ५ मिनेट अघि नै प्रश्नपत्र आउट गरिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । 
केन्दाध्यक्ष शेरबहादुर अधिकारीको मिलेमतोमा प्रश्नपत्र बाहिरीएको हो । सुर्योदय मावि कैना, भानुभक्त मावि लहँ, त्रिभुवन उच्च मावि दल्ली, पन्चभयार मावि जिकुवा, जनविकास मावि मैदे, बालसंरक्षण मावि सिर्केका गरि ३ सय ४१ परीक्षार्थी रहेको उक्त केन्द्रमा १४ जना निरीक्षकको कोटा निर्धारण गरिएपनि २५ जना बढी निरीक्षक र ८ जना परिचर राखिएको छ । 
त्यसैगरी परीक्षा केन्द्रमा नियम विपरीत विषगत शिक्षकलाई समेत निरीक्षक राखिएको छ । यसैवीच उक्त परीक्षा केन्द्रको अनुगमनका लागी जिल्ला शिक्षा कार्यालयबाट खटाईएका जिल्ला शिक्षा समितिका सदस्य केदारबहादुर शाह, नेपाल पत्रकार महांसंघका अध्यक्ष राजेन्द्र बहादुर कार्की, जिल्ला शिक्षा कार्यालयका लेखापाल जयप्रसाद पाण्डे लगायतको अनुगमन टोलीलाई केन्दाध्यक्ष अधिकारीले परीक्षा केन्द्र प्रवेशमा रोक लगाएका छन् । 
अनुगमनमा स“गै गएका जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र जिल्ला शिक्षा अधिकारी गीरमान थापाले निजहरुलाई अनुगमनमा रोक नलगाउन आग्रह गर्दा पनि केन्द्राध्यक्ष अधिकारीले मेरो अधिकारको कुरा हो म कसैलाई प्रबेश गर्न दिन्न भन्ने जवाफ दिएको शिक्षा समितिका सदस्य केदारबहादुर शाहले बताए । 
उनले जिल्ला शिक्षा अधिकारीले अनुगमनको लागी दिएको चिठी देखाउ“दा पनि प्रबेश गर्न पाएनन् । परीक्षा मर्यादित बनाउन गएका अनुगमनकर्तालाई नै प्रवेश गर्न नदिनु केन्दाध्यक्षको मुर्खाता भएको शाहको भनाई छ । उता केन्द्राध्यक्ष अधिकारीले भने प्रश्नपत्र आउट नभएको दावी गरेका छन् । दरमुकामबाट एक दिनको पैदल हिडेर अनुगमनमा गएका  प्रमुख जिल्ला अधिकारी लगायतका टोलीलाई स्वागत गर्नको लागि प्रत्येक विद्यालयबाट रकम संकलन गरेको खुलासा भएको छ । अनुगमन टोलीलाई बिहिबार खसी काटेर स्वागत गरिएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete