Thursday, March 8, 2012


१०२ औ अन्तर्राष्ट्रिय श्रमिक महलिा दिवस
‘महिला मुक्तिको बाधक पुरुष’

खेमराज वली 
½सुर्खेत, २५ फागुन½
शान्ति तथा पुननिर्माण मन्त्रि सत्य पहाडीले पुरुषवादी सामाजिक कुसस्कारनै महिला मुक्तिको बाधक भएको बताएकि छन् । जिल्ला महिला समन्वय समिति सुर्खेतले १०२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसमा आयोजना गरेको सभामा बोल्दै पहाडीले यस्तो बताएकी हुन् । 
उनले महिला र पुरूषमा जन्मदेखि नै विभेद गरिने भन्दै विभेद र महिला हिंसा हटाउन सबै गाउ“–गाउ“बाट लाग्नुपर्ने बताइन् । नेपाल तथा नेपाली समाज पुरुषवादी भएकोले अधिकारमा नेपाली महिला पछाडि परेको समेत उनले बताइन ।
पहाडीले देशमा भएका सबैखाले परिवर्तनका आन्दोलनमा महिलाको ठुलो हात रहेको बताइन् । यो दिवस प्राप्त अधिकारको संरक्षण गर्ने र अन्य अधिकारको खोजि गर्ने दिन  भएको उनको भनाई छ । 
साथै यसै सभामा पहाडीले अबको संविधान हिजोका राज्यले सम्बोधन नगरेका वर्गका निम्ति बन्ने बताइन् । पुराना संविधान जस्तै संविधान निर्माण गरे धेरै समुदाय अधिकारबाट बञ्चित हुने पहाडीको तर्क थियो । उनले संविधान बनिसकेको र कस्तो संविधान बनाउने भन्ने मात्रै कुरा बा“कि रहेको भन्दै  यसै संविधान सभाले नेपाली जनताले चाहेको संविधान बनाउनुपर्ने बताइन । 
पहाडीले अब आउने महिनामै शान्ति मन्त्रालयले द्वन्द्व पीडितका लागि रोजगारीको कार्यक्रम ल्याउन लागेको समेत जानकारी दिइन् । त्यस्तै कार्यक्रममा आवाज संस्थाकी कार्यक्रम संयोजक पवित्रा शाहीले महिला एकजुट नभए सम्म र आफ्नो बारेमा आफैले नबुझेसम्म अधिकार सुनिश्चित नहुने बताइन् । 
जिल्लाका विभिन्न महिला समूह, महिला अधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले संयुक्त रुपमा स्थानीय मंगलगढीबाट ¥याली निकालेर पिपल चौतारमा सभाको रुपमा कार्यक्रम सम्पन्न भएको थियो । 
दर्जनौलाई सम्मान
कार्यक्रममा शान्ति तथा पुननिमार्ण मन्त्रि सत्य पहाडीलाई सम्मान गरिएको छ । आयोजकले संघर्षशिल महिलाको रुपमा पहाडिलाई सम्मान गरेका हुन् । त्यस्तै कार्यक्रममा अन्य संघर्षशिल महिलाहरुलाई पनि सम्मान गरिएको छ । सम्मान हुनेहरुमा विष्णा सुनुवार, आरती पौडेल (जसले जेलमा बच्चा जन्माएकी थिइन) र रेष्मा विष्ट रहेका छन् । 
साथै वमेन डेलिभरीमा छनोट भएर प्रथम स्थानमा आउन सफल भएर अन्तर्राष्ट्रिय अवार्डमा छानिएको भन्दै आवाज संस्थालाई पनि सम्मान गरिएको छ । साथै कार्यक्रममा दुई जना जेष्ट नागरिकलाई पनि सम्मान गरिएको छ । सम्मान हुनेमा वीनपा नगरपालिका–५ देविसरा राना र १० की डिल्लिसरा गौतम रहेकी छन् । 
त्यस्तै कार्यक्रममा जिल्लाबाट छैटौ राष्ट्रिय खेलकुदमा सहभागि भएर विभिन्न पदक जित्ने ६ जना खेलाडिहरुलाई सम्मान गरिएको छ । 
सम्मान हुनेहरुमा उसुमा दोस्रो हुने निलम रामजाली, तेस्रो हुने दिपा अधिकारी, त्यस्तै करातेमा विभिन्न तौल समूहमा तेस्रो स्थान प्राप्त गर्ने दिया रोकाय, कविता महतारा, दिव्या चन्द र तेक्वान्दोमा तेस्रो हुने वविता सिजाली रहेका छन् । 
साथै यसै कार्यक्रममा महिला दिवसकै अवसरमा भएका विभिन्न प्रतियोगितामा सहभागिहरुलाई प्रमाणपत्र तथा पुुरस्कार वितरण गरिएको थियो ।  २२ गते सोमबार भएको महिला मैत्री
 भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई पुरस्कार वितरण गर्नुका साथै सहभागि सबै टिमलाई प्रमाण–पत्र वितरण गरिएको थियो । 
प्रतियोगितामा संघ संस्थाको टिम प्रथम भएको थियो भने निजामति कर्मचारीको टिम दोस्रो, महिला पत्रकारको टिम चौथो र क्रियाशील महिला राजनीतिज्ञको टिम सान्तवना भएका थिए । प्रतियोगितामा जम्मा पा“च टिमहरुले सहभागिता जनाएका थिए । 
जिल्ला महिला समन्वय समितिकी उपाध्यक्ष हरिमाया शर्माको सभापतित्वमा सम्पन्न सभामा नेपाली कांग्रेसकी जानकीसिं थापा, एमालेकी जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी शर्मा लगाएत विभिन्न संघ संस्थाका प्रमुख र दलका प्रतिनिधिहरुले कार्यक्रममा बोलेका थिए ।

No comments:

Post a Comment