Monday, March 12, 2012


एकहत्तर हजार जनसंख्या बृद्धि
खेमराज वली
सुर्खेत, २८ फागुन
सोमबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ । शाखा तथ्याङ्क कार्यालय सुर्खेतले राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा सार्वजनिकिकरण विषयक गोष्ठिको आयोजना गरि तथ्याङ्क सार्वजनिक गरेको हो  । 
सार्वजनिक तथ्याङ्क अनुसार सुर्खेत जिल्लाको कुल जनसंख्या तीन लाख ६० हजार एक सय चार रहेको छ । जसमा महिला एक लाख ८२ हजार चार सय ९२ जना  र पुरुष एक लाख ७७ हजार छ सय  १२ जना रहेका छन् । सुर्खेतको जनसंख्या  अघिल्लो जनगणना भन्दा ७१ हजार पा“च सय ७७ ले बृद्धि भएको छ ।  जसमध्ये महिलामा ३६ हजार ७ सय ८२ ले बृद्धि भएको छ भने  पुरुषमा ३४ हजार ७ सय ९५ ले बृद्धि भएको छ । यस भन्दा अगाडिको राष्ट्रिय जनगणना २०५८ मा सुर्खेतको जम्मा जनसंख्या दुई लाख ८८ हजार पा“च सय २७ रहेका थियो । जसमा महिला एक लाख ४५ हजार ७ सय  १० र पुरुष एक लाख ४२ हजार आठ सय १७ रहेका थिए । 
त्यस्तै २०६८ को जनगणनामा सुर्खेतका ६७ हजार पा“च सय ३६ घर परिवार (घर संख्या) रहेको तथ्याङ्कमा उल्लेख छ  भने जनघनत्व भने प्रति व्यक्ति एक सय ४७ वर्गकिलोमिटर रहेको छ । साथै सुर्खेतमा जम्मा २३ हजार आठ सय ६८ जनसंख्या बाहिर भएको उल्लेख गरिएको छ । 
जसमा पुरुष २० हजार चार सय ६१ र तीन हजार चार सय सात महिला बाहिर गएका छन्  । त्यस्तै भुगोलको आधारमा पनि जनसंख्यालाई वितरण गरिएको छ । जसमा हिमाली प्रदेशमा सबै भन्दा कम १६ लाख ८७ हजार ८ सय ५९ छ जसमध्ये पुरुष ८ लाख ३७ हजार ६० र महिला ८ लाख ५० हजार ७ सय ९९ रहेको छ । 
त्यस्तै पहाडी प्रदेशमा पुरुष ५० लाख १६ हजार ८ सय २ र महिला ५२ लाख ३४ हजार ३ सय ९ गरी जम्मा जनसंख्या १ करोड २ लाख ५१ हजार १११ रहेको छ । तीन वटै भौगोलिक क्षेत्र मध्य सबै भन्दा बढी जनसंख्या तराई क्षेत्रमै देखिएको छ । 
तराईमा पुरुष ५७ लाख १० हजार ५९ र महिला ५५ लाख २ हजार ३९४ गरी जम्मा १ करोड १२ लाख १२ हजार ४ सय ५३ रहेको छ ।  हिमाली र पहाडी क्षेत्रमा पुरुषको जनसंख्या बढी भएतापनि तराई क्षेत्रमा भने महिलाको संख्या पुरुषको भन्दा २ लाख बढीले कम रहेको छ । त्यस्तै मध्यामाञ्चल विकास क्षेत्रमा पनि महिला भन्दा पुरुषको जनसंख्या बढी देखिएको छ । 
साथै विकास क्षेत्र अनुसारको वितरण लाई हेर्ने हो भने सबै भन्दा बढी जनसंख्या मध्यामाञ्चलमा देखिएको छ । यहा“को जनसंख्या ८० लाख ३१ हजार छ सय २९ रहेको र जनघनत्व पनि सबै भन्दा बढी प्रति व्यक्ति ३ सय ५४ वर्ग किलोमिटर रहेको छ । त्यस्तै सबै भन्दा कम जनसंख्या सूदरपश्चिमको रहेको छ । जुन क्षेत्रमा २१ लाख ९१ हजार तीन सय ३० रहेको छ । 
जनघनत्व भने सबै भन्दा बढी क्षेत्रफल भएको मध्यपश्मिाञ्चल विकास क्षेत्रको रहेको छ ।  यहा“को  जनघनत्व प्रतिव्यक्ति ८५ वर्गकिलोमिटर रहेको छ भने जनसंख्या ३० लाख १२ हजार नौ सय ७५ रहेको छ 
जसमध्ये पुरुष १५ लाख पा“च सय २६ र महिला १५ लाख १२ हजार चार सय ४९ रहेका छन् । 
तथ्याङ्क सार्वजनिक गर्न बसेको गोष्ठिमा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी वसन्त उपाध्यायले तथ्याङ्क विना विकास निर्माणका योजना बनाउन नसकने बताएका थिए । उनले कुन ठाउ“मा केसको आवश्यकता छ भन्ने कुरा समेत जनगणनाबाट थाहा हुने बताए । गोष्ठि निमित्त स्थानीय विकास अधिकारी कृष्णलाल पियाको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment