Friday, March 23, 2012


विश्व पानी दिवस, पानीका मुहान सुक्दै
हिमा उपाध्याय
सुर्खेत,  चैत
पानीका मुहान सुक्दै गएकाले संरक्षण तर्फ ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । २० औं विश्व पानी दिवसका अवसरमा बिहिबार कल्याण गाविसमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिले उक्त कुरा बताईएका हुन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, एन्फो, जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको संयुक्त आयोजनामा सम्पन्न सचेतना कार्यक्रमका अवसरमा उक्त कुरामा जोड दिएका थिए । 
बढ्दो वन विनास, वन अतिक्रमणले गर्दा पानीका मुहानहरु सुक्दै गएकोमा कार्यक्रमका सहभागिले चिन्ता व्यक्त गरेका थिए । विश्व पानी दिवसकै अवसरमा कल्याण–३ देखि सरस्वती उच्च मावि कल्याणसम्म महिलाहरुले चेतनामूलक ¥याली निकालिएका थिए । फोहोर पानी रोगको खानी, पानीको मुहान संरक्षण गरौं, घरआ“गन सफा राखौं लगायतका नारा सहित ¥याली प्रदर्शन गरिएको हो ।

स्थानीय महिला समूह, स्वास्थ्य स्वयंमसेविकाको सक्रियतामा ¥याली प्रदर्शन गरिएको थियो । ¥याली पछि आयोजित सभामा बोल्दै क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका  सिनियर इन्जिनियर सुरेश महाजुले पानीका स्रोतहरु सुकेकाले समस्या भएकाले बताए । उनले भने–‘खानेपानी आयोजना निर्माण गर्दा भन्दा पछि विस्तारै पानीको मुहान सुक्छ अनि धारामा पानी आउन छोडछ ।’
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ केन्द्रीय सदस्य तथा सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्राकृतिक स्रोतको संरक्षण गरे मात्रै मानव अस्थित्व रहने बताए । कल्याण गाविस जिल्लाकै सबैभन्दाबढी वन विनास भएको गाविस पर्ने भएकाले स्थानीयबासीन्दा वन संरक्षण तर्फ केन्द्रीत भए पानीको मुहान संरक्षण गर्न सकिने बताए ।
गाविस सचिव प्रेमबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झुप्रा बृहद खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कार्यसमिति सदस्य निलकण्ठ खनाल, नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व सभापति मोति पौडेल, पत्रकार महासंघ शाखा सुर्खेतका कार्यसमिति सदस्य दिपक बुढा, खानेपानी तथा सरसफाई समन्वय समिति कल्याणका संयोजक मित्रबहादुर नेपाली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कल्याण खुल्लादिसामुक्त घोषणा हु“दै
कल्याण गाविसलाई खुल्लादिसा मुक्त घोषणा गर्ने तयारी गरिएको छ । २०६९ जेष्ठ १५ गतेभित्र प्रत्येक घरमा शौचालय निर्माण गर्न सार्वजनिक सुचना जारी गरेको छ । खानेपानी तथा सरसफाई समन्वय समिति कल्याणले चैत्र १५ गतेबाट चर्पी भएका घरधुरीहरुलाई सरसफाई कार्ड वितरण गर्ने योजना बनाएको छ ।
शौचालय निर्माण गरी सरसफाई कार्ड नलिने परिवारलाई गाविसबाट दिईने सुविधाबाट बञ्चित गराउने जनाईएको छ । विश्व पानी दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी गराईएको हो । विद्यालयले चर्पी नबनाएका शिक्षक, कर्मचारीलाई विद्यालयमा हाजिर नगराउने, तलब रोक्का गर्ने, बैंक, वित्तिय संस्था र सरहारी संस्थाहरुले चर्पी नबनाएका परिवारका व्यक्तिलाई कर्जा प्रवाहमा रोक लगाउने जनाईएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete