Thursday, March 22, 2012

बहिर्गमित लडाकुद्वारा माओवादी कार्यालयमा तालाबन्दी
‘अब यी हाम्रो कार्यालय हुन्’
१० चैत, सुर्खेत । बहिर्गमित लडाकुले बिहीबार एकीकृत माओवादीका सुर्खेतस्थित भेरी-कर्णाली राज्य समिति र जिल्ला समितिका कार्यालय कब्जामा लिएका छन् ।
आफ्ना माग पूरा नभएको भन्दै बहिर्गमित ती दुई कार्यालय अपराह्न ३ बजे कब्जामा लिएका हुन् । माग पूरा नभएसम्म कसैलाई पनि कार्यालयमा प्रवेश गर्न नदिने बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य नारदमणि पौडेलले बताए । ‘त्यस्तै परे पार्टी कार्यालयमा आगो पनि लगाउन पनि तयार छौं’, उनले भने ।
बहिर्गमित लडाकुले बिहीबारदेखि नै ती कार्यालयमा नेता तथा कार्यकर्तालाई प्रवेश गर्न दिएका छैनन् । ‘आजदेखि यो कार्यालय हाम्रो हो’, पौडेलले भने ।
दशरथपुरस्थित छैटौं डिभिजन मुख्यालयको बा००१अ ८९ नम्बरको कार तथा भे२प ३३१४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिए । ‘हामीले पार्टीसँग सल्ल्ाह गर्‍यौं, ज्ञानपत्र बुझायौं, ध्यानाकर्षण पनि गरायौं तर पार्टीले हाम्रा माग पूरा गर्न कुनै पहल गरेन’, उनले भने, ‘त्यसैले अन्तिम संघर्षमा उत्रिएका हौं ।’
अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचारअनुसार बहिर्गमित लडाकुका मध्यपश्चिम सचिव खड्गबहाुदर रम्तेलले गलत आश्वासन बाँडेर पार्टीले आफूहरूको भविष्य बिगारेको आरोप लगाएका छन् । उनले भने, ‘अहिलेको हाम्रो लडाइँ १० वर्षे जनयुद्धजस्तै हो । पार्टीले हाम्रो भविष्य अन्योलमा पार्‍यो अब उसले नै हाम्रो भविष्यको ग्यारेन्टी लिनुपर्छ ।’


पार्टी कार्यालय नियन्त्रणमा
दीपक बुढा 
सुर्खेत, ९ चैत
माओवादी सेनाका बहिर्गमित लडाकुले एकीकृत नेकपा माओवादी सुर्खेतको पार्टी कार्यालय, भेरी–कर्णाली सम्पर्क कार्यालय र दुई वटा मोटरसाईकल र एउटा कार नियन्त्रणमा लिएका छन् । सरकारसंग र पार्टीसंग छुट्टा छुट्टै माग राख्दै आन्दोलित बनेका बहिर्गमित लडाकूहरुको समस्यामा पार्टी गम्भीर नबनेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।
तत्कालिन रुपमा पार्टीले बहिर्गमित लडाकूको गास, बास, कपासको प्रबन्ध गर्नुपर्ने भन्दै उनीहरु आक्रोशित बनेका हुन् । माओवादी सेना छैटौं डिभिजनका सहायक कमाण्डरले प्रयोग गर्दै आएका दुई वटा मोटरसाईकल र एउटा कार उनीहरुले बिहिबार मालपोत कार्यालयबाट नियन्त्रणमा लिएका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समिति केन्द्रीय सदस्य नारद पौडेलले भने–‘डिभिजनको साझा सम्पत्ती दुरुपयोग गर्दै व्यक्तिगत काममा प्रयोग गर्ने तर हाम्रो समस्यामा भने पाटी गम्भिर नुहने, त्यसैले बाध्य भएर सवारी सधान र पार्टी कार्यालय नियन्त्रणमा लिएका हौं ।’
छैटौ डिभिजनका सहायक कमाण्डर र स्वास्थ्य कर्मी प्रमुखले प्रयोग गर्दै आएका वा ००१ अ ८९ नम्बरको कार, भे २ प ३३१४ र भे २ प ४०७३ नम्बरका दुई वटा मोटरसाईकल बहिर्गमित लडाकुले नियन्त्रणमा लिएका हुन् । कार स्वस्थ्यकर्मी टोलीका गुरा“सले र दुई वटा मोटरसाईकल युनाईटेड र सुनामले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका थिए । दुई वटा मोटरसाईकल भने बिहिबार राती मात्रै छोडेका थिए ।
बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रिय उपाध्यक्ष राजु गहतराजले आफूहरुको मागप्रति पार्टी नेतृत्व र सरकार उदासिन रहेको भन्दै कार्यालय र सवारी सधान नियन्त्रणमा लिएको बताए । ‘कार्यालयमा नेताहरुलाई प्रवेश गर्नदि“दैनौं’, गहतराजले भने, ‘यो कार्यालय अब हाम्रो हुन्छ ।’ युद्धका बेला प्रयोग गरेर अहिले पार्टी नेतृत्वले आफूहरुलाईबिचल्लीमा पारेको बहिर्गमित लडाकुले गुनासो गरेका छन्  । माओवादी सुर्खेतका सेक्रेटरी भिमबहादुर मल्लले बहिर्गमित लडाकुका मागजायज भएपनि पार्टी कार्यालय नियन्त्रणमा लिने काम खेदजनक भएको प्रतिक्रिया दिए । ‘पार्टी कार्यालय नियन्त्रणमा लिएको बारे उनीहरुले औपचारिक जानकारी त दिनुभएको छैन’, मल्लले भने, ‘यदि यसो हो भने खेदजनक छ ।’
बहिर्गमित लडाकूहरुलाई पार्टीले पहिले तत्कालका लागि व्यवस्था गर्ने भन्दै आश्वासन दिएको जनाईएको छ । पार्टीको आश्वासन अनुसार नै बहिर्गमित लडाकूहरु साहारेमा घर भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले लामो समय सम्म पार्टीले भने अनुसार खर्च सहयोग नपाएपछि गास, बास, कपासको समस्या भएको बताए । ‘पार्टीले सहयोग गर्छु भनेकाले ऋण निकालेर तत्कालिन खानाको प्रबन्ध ग¥यौं तर ऋण तिर्न सकिएको छैन् ।’–केन्द्रीय उपाध्यक्ष गहतराजले बताए ।
एमाओवादी पार्टी कार्यालय र भेरी–कर्णाली राज्य समिति,  सवारी साधन नियन्त्रण मुक्त गराउन भन्दै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराम परियारले सा“झे ७ः३० बजेसम्म छलफल गरेका थिए । आक्रोशित बनेका पूर्वलडाकूहरुले आफ्नै नियन्त्रणमा राख्ने प्रशासनलाई नदिने,आफ्नो समस्या समाधान गर्न पहल नथालेसम्म आफ्नै नियन्त्रणमा हुने बताए । पार्टी कार्यालय र राज्य समितिको कार्यालयमा आफै ताला लगाईदिएका छन् ।
कमान्डरसँग चार करोड
माओवादी लडाकुको छैठौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाहीको नाममा बा८च ७५९१ नम्बरको आइटेन गाडी छ । एक वर्षअघि डिभिजन स्टाफको निर्णयअनुसार ‘लडाकु बचत कोष’ बाट उनले करिब १९ लाखमा उक्त गाडी किनेका थिए । बटालियन कमान्डरद्धय विक्रम चौधरी र गंगा महताराको नाममा पनि चारवटा ट्रयाक्टर छन् ।
डिभिजन अन्तर्गतका शिविरमा सामान ओसारपसारका निम्ति करिब ५० लाखमा ट्रयाक्टर किनिएको डिभिजन मुख्यालयको भनाइ छ । पँ“च वर्षसम्म शिविरमा सगै रहेका माओवादी लडाकु अहिले अवकाश लिएर घर फर्के र समायोजनमा जान शिविरमै रहने दुई कित्तामा छुट्टिएपछि लडाकुका साझा सम्पत्तिको स्वामित्व विवादमा आएको छ । घर फर्केका लडाकुले सबै सम्पत्ति बेचेर दामाशाही बाड्नुपर्ने माग गरे पनि कमान्डरहरुले शिविर खाली हुने बेला निर्णय गर्ने भन्दै टार्न खोजेको उनीहरुको आरोप छ ।
स्रोतका अनुसार डिभिजन मुख्यालय र अन्य चारवटा शिविरमा सवारी र ढुवानी साधनबाहेक करिब ३५ वटा मोटरसाइकल, २२ वटा ल्यापटप र ४० वटा डेस्कटप कम्प्युटर छन् । यी सामानको समग्र मूल्य करिब २ करोड रहेको डिभिजनको अनुमान छ । सबै लडाकुको मासिक तलबभत्ता कटौती गरी स्थापना गरिएको कोषबाट किनिएका यी साधन कमान्डर तहका लडाकुका नाममा छन् । शिविरको नाममा पास गर्नसकिने प्रावधान भए पनि सबै सामान व्यक्तिका नाममा दर्ता गरिएपछि अहिले कानुनी जटिलता देखिएको हो ।
पिली स्मृति ब्रिगेडमा तत्कालीन सचिव खड्कराज सेजुवालले चारवटा मोटरसाइकल ब्रिगेडकै नाममा दर्ता गरिएको जानकारी दिए । यी बाहेक अन्य सामान व्यक्तिका नाममा रहेको उनले बताए । अवकाशमा घर फर्क लागेका लडाकुले साझा सम्पत्तिबारे छिनोफानो हुनुपर्न अडान लिएपछि शिविरमा यसबारे धेरै दिनसम्म यसबारे छलफल भएको थियो । डिभिजन सहायक कमान्डर दुर्गाबहादुर चौधरीलेयस्तो सम्पत्तिमा सबै लडाकुको हक लाग्नेबारे छलफल गरिएको बताए । ‘सबै साथीहरुको तलबभत्ता कटौती गरेर किनिएका सामानको अवस्था के हुने, अहिल्यै छिनोफानो हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘बिदा हुने साथीहरुमाथि अन्याय हुन्छ ।’ समायोजनमा जाने लडाकुले शिविरको अस्तित्व कायमै रहेकाले यसबारे पछि छलफल गर्नुपर्ने बताएका थिए ।  अवकाश लिएकाले भने उक्त सम्पत्ति बिक्रि गरेर दामाशाहीका दरले लडाकुलाई वितरण गर्नुपर्ने विकल्प तेर्सायएका थिए ।
यद्यपि, अहिलेलाई सामान जोसँग छ, उसैले प्रयोग गर्नेगरी सहमति भएको डिभिजन मुख्र्यालयले जनाएको छ ।
सहमतिअनुसार अवकाशपछि घर हि“डेका लडाकु कमान्डरले आफूस“ग भएका सवारीसाधन, ल्यापटप, कम्प्युटर, टिभीलगायत सामाग्रि लिन पाउनेछन् । स्रोतका अनुसार ब्रिगेड सहायक कमान्डरभन्दा माथिका प्राय लडाकुस“ग मोटरसाइकल र ल्यापटप छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete