Friday, March 23, 2012


परीक्षा केन्द्रमा गोली चल्यो
हिमा उपाध्याय
सुर्खेत, १० चैत
भानु उच्च मावि बजेडीचौर परीक्षा केन्द्रमा शुक्रबार गोली चलेको छ । एसएलसी परीक्षामा कडा गरेको भन्दै विद्यार्थीहरुले होहल्ला, नारा लगाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
गणित विषयको परीक्षा चलिरहेको अवस्थामा चिर्ट चोराउन विद्यालय सेवा क्षेत्रभित्र भेला भएका एक हजार स्थानीयबासीन्दा, युवाहरु र विद्यार्थीहरुले परीक्षा टाईट भएको भन्दै नारावाजी गरेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थी, अभिभावककाविचमा झडप भएको थियो ।
चिर्ट चोराउने समूह र विद्यार्थीहरुले परीक्षा चलिरहेको अवस्थामा ढुङ्गा, मुडा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय राकम बा“देपिपलका प्रहरी निरीक्षक योगेन्द्र थापा सहित गम्भीर घाईते भएका छन् ।  घाईते थापाको उपचार भैरहेको जनाईएको छ ।
झडपमा परी दुवै तर्फका ६ जनाबढी सामान्य घाईते भएका छन्  । परीक्षा टाईट भयो भन्दै ढुंगामुडा भएपनि परीक्षा भने सम्पन्न भएको जनार्ईएको छ । सोही क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ पछि छोडेको छ । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । घटना स्थल वीरेन्द्रनगरदेखि करिव ७० किलोमिटर टाढा रहेको र ग्या“स गन प्रहरी संग नभएकाले भिडलाई नियन्त्रणगर्न हवाई फायर गर्नुपरेको प्रहरीको भनाई रहेको छ ।
भानु उच्च मावि परीक्षा केन्द्रमा काफलकोट, सुन्तोला, राकम, ला“खु गरी ४ वटा विद्यालयका ३ सय ६८ जना विद्यार्थीको सहभागिता रहेको परीक्षा केन्द्राध्यक्ष हिक्मत रोकाले बताएका छन् । परीक्षा केन्द्र तनापूर्ण बनेको छ । 
झडप भएपछि अवस्था जटिल बन्दै गएको भानु उच्च मावि बजेडिचौरका प्राचार्य रुद्र के.सी.ले जानकारी दिए । घाईते प्रहरी निरीक्षक थापा को चिउडोमा ४ वटा टा“का लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक गोविन्दराम परियारले जानकारी दिएका छन् । उनका अनुसार  उक्त केन्द्रमा प्र.नि.को कमाण्डमा १७ जना प्रहरी खटाई पठाईएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete