Saturday, March 3, 2012


भेरी–बबई बहुउद्देश्यीय आयोजना
वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक
भिमप्रसाद पौडेल÷दीपक बुढा
मैनतडा (सुर्खेत),२० फागुन
प्रतिवेदनमा के के छन् ?
  • क्षति पुगेको परिवारलाई रोजगारीमा विशेष अवसर
  • दुई सय ४९ घरलाई प्रत्यक्ष असर
  • ७ गाविस प्रभावित
  •  ८२.८५ हेक्टर जमिनमा दिर्घकालिन असर
  •  ५३.०५ हेक्टर जमिनमा आपत्कालिन असर
  •  १५ वटा आयोजनामा क्षति
  •  १७ प्रजातिका १९ हजार ९ सय ९८ विरुवा क्षति
  •  नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनको प्रयोग

बहुचर्चित भेरी–बबई ड्राइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका क्रममा सात गाविसका दुई सय ४९ घरपरिवारमा प्रत्यक्ष असर पुग्ने भएको छ । रामघाट, छिन्चु, लेखफर्सा, गुमी, दहचौर, मैनतडा र बर्दियाको बेलवा गाविस प्रभावित हुने जनाईएको छ । आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन शनिबार मैनतडामा सार्वजनिक गर्दै उक्त जानकारी दिईएको हो ।
९ महिना लगाएर तयार गरिएको अध्ययन प्रतिवेदनका विषयमा स्थानीय सरोकारवाला निकायका प्रतिनिधीहरुलाई जानकारी दि“दै सुझाव संकलनका लागि आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त जानकारी गराईएको थियो ।
आयोजनाका पूर्वाधारहरु निर्माण गर्दा १५ वटा विकासका पूर्वाधारमा प्रत्यक्ष क्षति पुग्ने भएको छ । दुई वटा सडक, दुई वटा विद्युत लाईन, दुई वटा सिंचाई कुलो, ७ वटा खानेपानी आयोजना र एउटा तुईनमा असर पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 
छिन्चु–जाजरकोट सडक खण्ड, बबईपुल–हात्तिसार सडक खण्डमा प्रत्यक्ष असर पर्ने भएको छ । त्यसैगरी झिलमिले–मदनचौर सिचाई, चिप्ले कुलो–भैंसे सिचाई कुलोमा समेत असर पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखफर्सा र सल्लिबजार विद्युत लाईन, मैनतडा–लेखफर्सा जोडने तुईन र ७ वटा साना खानेपानी आयोजनामा असर पुग्ने भएको छ । बा“ध निर्माण स्थान भिलमिले–तोलिखोला र विद्युत पावर हाउस निर्माण स्थल बबई पुल आसपासको क्षेत्रमा ध्वनी प्रदुर्षणको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाको वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन ९ महिना लगाएर नेपाल इन्भारोमेन्टल एण्ड सान्टीइफेक्ट सर्भिसेजले तयार पारेको हो ।
१२ किलोमिटर सुरुङ निर्माण गरी ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदिमा खसाली ४८ मेघावाट विद्युत निकाल्न सकिने र बा“के र बर्दियाको ६० हजार हेक्टर क्षेत्रफल सिंचित गर्न सकिने आयोजनाको लक्ष्य रहेको छ । अध्ययनका क्रममा टोलीले सकारात्म प्रभाव, नकारात्मक प्रभाव, समस्या समाधानका अल्पकालिन र दिर्घकालिन उपायका बारेमा बुद्धागत रुपमा समेटेको छ ।
आयोजना निर्माण कुल लागतको ४.९३ प्रतिशत ८० करोड ८३ लाख रकम वातावरणिय तथा सामाजिक समस्या न्युनिकरण उपाय अुनगमनका लागि विशेष वातवरणिय योजना कार्यान्वयन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाबाट बसैभन्दा बढी प्रभावित हुने परिवारलाई रोजगारीको अवसर समेत प्रदान गरिने आयोजना प्रमुख माधब बेल्बासेले जानकारी दिए ।
प्रतिवेदन सार्वजनिक गर्दै टोली प्रमुख तोरण शर्माले आयोजना निर्माणका क्रममा १३५.९ हेक्टर भू–भागलाई दिर्घकालिन तथा अल्पकालिन समस्या क्षेत्र घोषणा गरेका छन् । जसमा ८२.८५ हेक्टर दिर्घकालिन र ५३.०५ हेक्टर आपत्कालिन असर पर्ने क्षेत्रको रुपमा राखिएको छ ।
दिर्घकालिन असर पर्ने क्षेत्रफल मध्य २१.५ हेक्टर कृषि योग्य जमिन, १९.१२ हेक्टर जंगल र ४२.२३ हेक्टर नदि बगर क्षेत्र रहेको छ । त्यसैगरी आपत्कालिन असर पर्ने १९.३ हेक्टर कृषि योग्य जमिन, १ हेक्टर जंगल र ३२.७५ हेक्टर नदि बगर क्षेत्र पर्ने जनाइएको छ ।
सुरुङ र टनेल निर्माणका क्रममा १९ हजार ९ सय ९८ वटा विभिन्न १७ प्रजातिका स्थानीय रूखहरु काटनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । भेरी नदिको पानीको बहाब घटदा र बबई नदिको पानीको बहाब बढ्दा जलचर प्राणिहरुमा सर पर्ने सक्ने अनुमान समेत गरिएको छ ।
अध्ययन टोली प्रमुख शर्माले बबई नदिको पानी तातो र भेरी नदिको पानी चिसो भएकाले दुवैलाई मिसाउ“दा जलचर प्राणिमा प्रत्यक्ष असर पर्ने भएकाले निर्माण संरचनामानै परिवर्तन गरिएको बताए । साथै ध्वनी प्रदुषणलाई कम गर्न पनि आयोजना निर्माणकै क्रममा ख्याल पु¥याईने उनले बताए ।
निर्र्माण कार्यमा ढिलाई हुने हो कि ?
बहुचर्चित भेरी–बबई ड्राइभर्सन  बहुउद्देश्यीय आयोजना निर्माणमा ढिलाई हुनेमा स्थानीयबासीन्दाले चिन्ता व्यक्त गरेका छन् । आयोजित सार्वजनिक सुनुवाई तथा प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागि प्रभावित क्षेत्रका बासीन्दाहरुले असर पुग्ने जमिनको मुआव्जा नपाइने हो कि ? भन्दै शंका प्रकट गरेका छन् ।
आयोजना प्रमुख माधब बेल्वासेले सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजनाका बारेमा जानकारी दिएका थिए भने स्थानीय सरोकारवालाका प्रतिनिधीहरुले राजनीतिक स्वार्थका कारण आयोजना रोकिने हो कि भन्दै चिन्ता व्यक्त गरेका थिए ।
मानिसको सा“स्कृतिक अधिकार मसानघाट, प्रर्यटन प्रबद्र्धनमा देखिने असर, घनाबस्ती बढ्न सक्ने भएकाले आयोजनाबाट निस्कने फोहोर प्रदुषण व्यवस्थापनका विषयमा प्रतिवेदनमा समेट्न सुझाव दिएका थिए ।
आयोजनाबाट असर पर्ने घरपरिवारलाई रोजगारीको अवसर दिने, जग्गाको उत्पादन भन्दाबढी बार्षिक भाडा दिने, उत्पादित विद्युतको विक्रिबाट हुने आम्दानीको केही प्रतिशत स्थानीय विकास निर्माणमा खर्च गरिने समेत जानकारी दिईएको छ ।
आयोजनाबाट प्रभावित हुने ७ गाविसका स्थानीयबासी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी, गाविस सचिव, सरोकार समितिका पदाधिकारी सहितको उपस्थिति रहेको थियो ।
आयोजना सरोकार समितिका अध्यक्ष जयबहादुर सुनारको सभापतित्व तथा आयोजना प्रमुख माधब बेल्बासेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्ययन टोली प्रमुख तोरण शर्मा, अध्ययन सदस्य सलिल देवकोटा, सिनियर इन्जिनियर डा. सुरेन्द्र जोसी लगायतले बोलेका थिए ।
वातावरणिय प्रभाव मूल्याङ्कन छलफल सुर्खेतको मैनतडामा सम्पन्न भएको छ भने 
बर्दियाको बबई पुल नजिकैको बस्तीमा आइतबार (आज) सम्पन्न हुने जनाईएको छ । उक्त प्रतिवेदन वातावरण मन्त्रालयमा पेश गरिनेछ । मन्त्रालयले विज्ञ टोलीसंग छलफल गरी प्रतिवेदनको अन्तिम रुप दिने जनाईएको छ ।

No comments:

Post a Comment