Thursday, March 8, 2012


आवाजलाई अन्तर्राष्ट्रिय अवार्ड
दीपक बुढा
सुर्खेत, २५ फागुन
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सुर्खेतको आवाज संस्थाले अन्तर्राष्ट्रिय अवार्ड पाउने निश्चित भएको छ । वमन डेलिभर नामक अन्तर्राष्ट्रिय संस्थाले आवाजलाई महिला अधिकार स्थापित गर्न वकालत, पैरवी र जनचेतनामूलक कार्यक्रममार्फत उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै अवार्ड दिन लागेको हो । अवार्डको राशी के कति हुने, कहिले, कहा“ दिने भन्ने बारेमा भने केहि नखुलाईएको आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले जानकारी दिएकि छन् । बिहिबार कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिईएको हो । विश्वभरका पा“च सय संस्थाबाट पहिलो चरणमा एक सय २५ वटा संस्थालाई छनोट गरिएको थियो । छनोटमा परेका संस्थाहरुलाई भोटिङ मार्फत पुनः ५० वटा संस्थाहरु छनोट गरिएको छ । ५० वटा संस्थामा सुर्खेतको अवाज एक नम्बरमा पर्न सफल भएको छ । एक सय ३ वटा देशबाट आवाज संस्थालाई मात्र ६ हजारबढी भोट परेको वमन डेलिभरले जानकारी दिएको छ ।

No comments:

Post a Comment