Wednesday, March 21, 2012


जनजाति युवा लोकसेवा तयारीमा
हिमा उपाध्याय
सुर्खेत, ८ चैत
वीरेन्द्रनगर–७ इत्रामका मोहन थापा लोकसेवाको तयारीमा जुटेका छन् । निजामति सेवामा जनजातिहरुका लागि छुट्याईएको आरक्षण कोटा मार्फत प्रतिस्पर्धा गरी निजामति सेवामा प्रवेश गर्ने योजना बएका छन् । 
सरकारी सुरक्षा निकायमा अन्य क्षेत्रको तुलनामा बढी प्रतिनीधित्व रहेको जनजाति समूदायका युवाहरु पछिल्लो समय लोकसेवा तर्फ आकर्षित भएका हुन् । 

थापाले भने– ‘सुरक्षा निकायको भर्ना धेरै खुल्दैन्, त्यसैले निजामतिका लागि तयारीमा जुटेको छु ।’ समावेशि निजामति सेवा बनाउने भन्दै सबै समूदायका लागि आरक्षण कोटा छुटयाईएको छ ।
समावेशि कोटामा पहिले प्रतिस्पर्धा गर्न गाह्रो भएपनि अहिले विभिन्न संघ संस्थाले दिने लोकसेवा तयारी कक्षाले केही सहयोग पुग्ने उनले बताए । ‘तयारी कक्षाले अध्ययनशैली, लेखनशैलीका साथै पद अनुसारको पाठ्यक्रमका बारेमा जानकारी गराउछ ।’–थापाको भनाई रहेको छ ।
थापा जस्तै धेरै जनजाति युवाहरु लोकसेवा तर्फ आक्रषित भएका छन् । विभिन्न संघ संस्थाद्धारा निःशुल्क तथा सशुल्क संचालन गरिने लोकसेवा तयारी कक्षाका कारण उनीहरु हौसिएका हुन् । महिला विकास कार्यालय सुर्खेतले महिलाको प्रतिनीधित्व बढाउन भन्दै केहि सयम अघि महिलाहरुका लागि मात्रै लोकसेवा तयारी कक्ष्ाँ चलाएको थियो । उक्त कक्षाबाट ४० भन्दाबढी महिलाहरु लाभान्वित भएका थिए ।
त्यसैगरी निजामित कर्मचारी संगठनले समेत लोकसेवा तयारी कक्षा संचालन गरिरहेको छ भने नीजि क्षेत्रका ट्युसन सेन्टरहरुले समेत लोकसेवा तयारी कक्षा संचालन गर्ने लहर चलेको छ ।
एपेक्स एजुकेशन, मेघा कलेज, म्याजिक ट्युसन सेन्टर लगायतले समेत लोकसेवाको विभिन्न तहको परीक्षा तयारी कक्ष्ाँ संचालन गरिरहेका छन् । लोकसेवा आयोगद्धारा लिईने 
खरिदार परीक्षामा सहभागि हुनका लागि वीरेन्द्रनगरका जनजाति युवा युवतीहरु कस्सिएका छन् । राज्यले छुट्याएको आरक्षंण कोटामा सहभागिता पढाउने उद्देश्यले लोकसेवा खरिदार पदको तयारीमा जुटेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक सहयोग तथा आदिवासी जनजाति महासंघ नगर समन्वय समिति सुर्खेतको आयोजनामा १५ दिने लोकसेवा तयारी कक्षा बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
प्रत्येक वडाबाट तीन–तीन जनाको गरी ४० जना जनजाति युवाहरुको सहभागिता रहेको छ । १५ दिन सम्म संचालन हुने लोकसेवा तयारी कक्षामा लोकसेवा आयोगमा सोधिने प्रश्नहरु, परीक्षामा सहभागि हुदा ध्यान दिनुपर्ने कुराहरु, लोकसेवा दिदा तयारीका विषयमा सिकाईने जनाईएको छ ।
कक्षामा ६० जना युवाहरुको सहभागिता गराउने लक्ष्य रहेको राखिएको छ । २३ जना महिला र १७ जना युवतिहरु गरी ४० जना जनजाति महासंघबाट र  बांकी २० जना नगरपालिकाले छनोट गरी प्रतिनीधित्व गराउने जनाईएको छ । 
तालिममा युवा भन्दापनि युवतिको संख्या बढी रहेको छ । मध्यपश्चिम क्षेत्रीय उपप्रशासक जगत बस्नेत, नगरपालिका सुर्खेतका कार्यकारी अधिकृत ललितकुमार वस्नेत, नगर कमिटी अध्यक्ष्ँ, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको अध्यक्ष दुर्गा थापा, डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख आनन्द सारु, धर्मोदय सभाका अध्यक्ष वसन्त थापाले कथा सफलताकोे शुभकामना व्यक्त गरेका थिए ।
निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन) अनुसार निजामती सेवामा खुला प्रतियोगिताद्धारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत आरक्षित छ । आरक्षित ४५ प्रतिशतलाई १०० प्रतिशत मानेर महिलालाई ३३, आदिवासी÷जनजातिलाई २७, मधेशीलाई २२, दलितलाई नौ, अपाङगता भएकालाई पाच र पछाडि परेको क्षेत्रकालाई चार प्रतिशत छुट्याइएको छ । तर, सरकार र आरक्षणका पक्षधरहरुको ध्यान नपुगेकाले लक्षित समुदायहरु यसबाट लाभान्वित हुन सकेका छैनन् । सरकारले समावेशी विधेयक संसदमा पेश गरेको छ । मधेसी मोर्चाको माग अनुसार विधेयक परिमार्जन गरिएपछि बसेको मन्त्रीपरिषद् वैठकले त्यसलाई अनुमोदन गरेको थियो । 
विधेयक संसदमा पेश गरिएको विधेयकमा यसअघि जनजाती र दलितलाई दि“दै आएको आरक्षण सिट घटाएर मधेशीको कोटा थपिएको छ । जनजाती र दलीतले पाउदै आएको आरक्षण कोटा २÷२ प्रतिशत घटाएर मधेशीहरुको लागि ४ प्रतिशत आरक्षण बढाउने व्यवस्था विधेयकमा गरिएको छ । 
नयां विधेयकमा सरकारी सेवामा हाल कायम रहेको ४५ प्रतिशत आरक्षणलाई बढाएर ४८ प्रतिशत पु¥याइएको छ । अव सबैखाले सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट ५२ प्रतिशत मात्रै पदपुर्ती गरिनेछ । त्यस्तै आरक्षित कुल सिटको ३३ प्रतिशत महिलालाई छुटयाइएकोमा त्यसभित्र पनि विभिन्न समुदायका महिलाका लागि आरक्षणको व्यवस्था गरिएको छ । माओवादी र मधेशी मोर्चाबीच सरकार निर्माणका बेला सरकारी सबै सेवालाई समावेशी बनाउन सहमति भए अनुसार सरकारले विधेयक तयार गरेको हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete