Thursday, March 15, 2012


सशस्त्रद्वारा काठ बरामद
दीपक बुढा
सुर्खेत, २ चैत
सशस्त्र प्रहरीको एक टोलीले ठूलो परिमाणमा काठ बरामद गरेको छ । वीरेन्द्रनगर बजारतर्फ भिœयाउन राखिएको काठ लाटीकोइली–६ पर्सेनीबाट बरामद गरेको हो ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीको वीरेन्द्रनगर टेलिकम नजिकै रहेको वेश क्याम्पबाट गएको टोलीले लुकाई राखेको अवस्थामा ६६.३५ क्वीफिट काठ बरामद गरेको हो । वेश क्याम्प प्रमुख सशस्त्र प्रहरी निरीक्षक राजन शाहले दिएको जानकारी अनुसार बिहिबार दिउ“सो जिल्ला वन कार्यालय सुर्खेतलाई जिम्मा दिइएको छ ।
ठुलो मात्रामा काठ लुकाई राखेको भन्ने सूचना पाए लगत्तै सशस्त्र प्रहरीको एक टोली बुधबार रातीनै पर्सेनी पुगेको थियो । रातभरी नियन्त्रणमा रार्खिको उक्त काठ बुधबार विहान जिल्ला वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत प्रकाशसिंह थापाको रोहबरमा काठ बुझाईएको जनाईएको छ ।
लाटीकोइली–६ मा रहेको रञ्जित शाहीको घरमा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरीले काठ नियन्त्रणमा लिएको हो । उक्त काठको मूल्य ७५ हजार रहेको जनाइएको छ । सालको चिरान कडि रहेको जनाईएको छ ।
सशस्त्र प्रहरी निरीक्षक शाहले सशस्त्र प्रहरीले शान्ति सुरक्षाका साथै गैरकानूनी 
कार्यलाई रोक्ने कार्यमा समेत अग्रसरता देखाएको बताए । उनले भने–‘जनतालाई शान्ति सुरक्षा प्रत्याभुत गराउने र गैरकानूनी कार्यलाई रोक्ने हाम्रो दायित्व हो ।’
यस अघिपनि सशस्त्र प्रहरीले वीरेन्द्रनगर–११ चनौटेबाट समेत ५८ क्वीफिट काठ नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयलाई बुझाएको थियो ।  जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले प्रहरीको सहयोगमा अनुसन्धान भैरहेको जानकारी दिए । 
लेखपराजुल गाविस वडा नं. १, २ र ५ बाट उक्त काठ भेरी नदि पारी गराई सक्तेकाडा“, लाटीकोइलीको पर्सेनी हु“दै वीरेन्द्रनगर भित्रिने गरेको स्रोतले जानकारी दिएको छ । लेखपराजुलका कालपानी, बसेरी, सालघारी, वख्ले लगायतका स्थानबाट गैरकानूनी रुपमा काठ भेरी नदि तराई राता रात वीरेन्द्रनगर भिœयाउने गरिएको छ ।
वीरेन्द्रनगरमा गैरकानूनी रुपमा काठ भित्रिने नाकामा बा“गेसिमल, इत्राम, चारकुने, धुलियाविट, पर्सेनी, निकास, कपासे, गाग्रेताल  लगायतका स्थानहरु रहेका छन् । काठ सहज रुपमा पाउन छोडेपछि काठ तस्करहरुले गैरकानूनी रुपमा २ हजारदेखि ४ हजार प्रति क्वीफिटका दरले काठ घर–घरमै पु¥याईदिने गरेका छन् ।

No comments:

Post a Comment