Monday, March 19, 2012


पत्रकारीता पुरस्कार स्थापना 


हिमा उपाध्याय
सुर्खेत, ६ चैत
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको सोमबार वीरेन्द्रनगरमा सम्पन्न कार्यसमिति बैठकले शाखाको २० औं स्थापना दिवस र महासंघको ५७ औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
शाखा स्थापना दिवस तथा महासंघको बार्षिकोत्सवका अवसरमा २०६८ चैत १० गते पत्रकार र जिल्ला विकास समितिबीच मैत्रीपूर्ण भलिवल, ११ गते पत्रकार–११ र जिविस–११ बीच मैत्रीपूर्ण पूmटबल तथा चैत १२ गते विहान ८ बजे मंगलगढी चोकबाट प्रभातफेरी शुरु गरी महासंघको भवन अगाडि औपचारिक समारोहकाबीच रक्तदान कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी पत्रकारीतामा उत्कृष्ट योग्दान पु¥याउने एक जना पत्रकारलाई प्रत्येक बर्ष सम्मानित गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिने भएको छ । सांसद विकास कोषबाट एक लाख को अक्षय कोष स्थापनाका लागि  पहल थालिएको छ । सुर्खेत क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित सभासद यामलाल कंडेलसंग अक्षय कोषका लागि अनुरोध गरिएको छ ।
सभासद कंडेल कोष स्थापनार्थ सकारात्मक रहको जनाइएको छ । अक्षय कोष सञ्चालन गर्न उपभोक्ता समिति गठन गरिएको छ । पत्रकार महासंघका अध्यक्ष दुर्गा थापाको संयोजकमा उपाध्यक्ष गणेशकञ्चन भारती, सचिव गणेश कार्की, कोषाध्यक्ष हरिमाया शर्मा, सल्लाहकारहरु मोतीलाल पौडेल, श्रीधर पौड्याल र कलेन्द्र सेजुवाल सदस्य रहने गरी ७ (सात) सदस्यीय समिति गठन गरिएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको पत्रानुसार नवीकरण गर्न छुटेका सदस्यहरुको सदस्यता नविकरणका लागि यहि चैत मसान्तसम्ममा सदस्यता नविकरण गरिसक्ने र सदस्यता नविकरण गरिसकेका सदस्यहरुलाई पुनः नयां ढांचाको सदस्यता नविकरण फाराम भर्न अनुरोध गरिएको छ ।
यस शाखाले जिल्ला महिला समन्वय समिति, आदिवासी जनजाति समन्वय समिति र दलित 
जिल्ला समन्वय समितिसंगको सहकार्यमा आयोजना गर्न लागेको पत्रकारिता पुनर्ताजगी तालिम आउं“दो वर्ष बैशाख ८ गतेदेखि सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।

बैठकले रेडियो नेपाल सञ्चालक समितिले क्षेत्रीय प्रशारण केन्द्र सुर्खेत लगायत देशभरका विभिन्न जिल्लाका क्षेत्रीय प्रशारण केन्द्रमा करारमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई अन्यायपूर्ण एवं भेदभावपूण तरिकाले श्रमजीवी पत्रकार ऐन र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोकेभन्दा कम सेवा सुविधा दिने गरी निर्णय गरेको भन्दै यस शाखामा पीडित पत्रकारहरुले दिएको निवेदन उपर आवश्यक पहल र दबावका लागि केन्द्रीय कार्यसमितिमा सिफारिश गरी पठाउने निर्णय गरेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete