Monday, March 12, 2012


उच्च माविमा वान्तोला आतंक
सुर्खेत, २९ फागुन
पश्चिम लगामको स्थानीय एक उच्च माध्यामिक विद्यालयमा वान्तोला थरका व्यक्तिहरुले आतंक मच्चाएका छन् । विद्यालयमा प्रवेश गरी छात्राहरुमाथी दुव्र्यवहार गर्नुका साथै छात्रहरुलाई कुटपिट गर्न थालेपछि विद्यालयमा आतंक मच्चिएको हो । 

सोही विद्यालयमा प्राचार्य नरबहादुर वान्तोला र उनका नातेदार पर्ने मिनबहादुर वान्तोला, डम्मर वान्तोला, लालबहादुर वान्तोला, नवल वान्तोला, भिष्म वान्तोला, हिरासिं वान्तोला, नगेन्द्रबहादुर वान्तोला, दिपक वान्तोला, आशाराम वान्तोला, रुद्र जैशी, टोपबहादुर वान्तोला, राजेन्द्र वान्तोला, गोपाल वान्तोला, हेमेन्द्र वान्तोला सहितको समूहले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुमाथी आक्रमण गरेको जनाईएको छ ।
उच्च माविका विद्यार्थीहरुमाथी आक्रमण हुन थालेपछि विद्यार्थीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका छन् । नेपाली कांग्रेस निकटका युवाहरुले एकाएक विद्यार्थीमाथी कुटपिट गर्नुका साथै छात्राहरुमाथी दुव्र्यवहार गर्न थालेपछि उनीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका हुन् । फागुन–२४ गते राती नेपाली कांगे्रस निकटका हर्कबहादुर वान्तोला, रमेश बुढा सहितको युवाहरुले छात्रावासमा रहेका छात्राहरुमाथी दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्न आएका युवाहरुबाट उम्किन सफल छात्राहरुको विषयमा कुरा उठेपछि विद्यार्थी र ती युवाहरुवीचमा विवाद बढेको थियो । छात्राहरुले उक्त घटनाका विषयमा फागुन २५ गते विद्यालय प्रशासनमा निवेदन दर्ता गरेका थिए । निवेदनको वेवस्था गरेपछि विद्यार्थीहरु आक्रोषित बने । आक्रोषित विद्यार्थीले विद्यालयमा समेत तालाबन्दी गरेका छन् । विद्यालयमा तालाबन्दी हुदा विद्यार्थीहरुको पठाई प्रभावित भएको छ ।
फागुन–२६ गते राती घरमै पुगि कक्षा–१२ मा अध्ययनरत अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध दीपक थापा र खड्क थापामाथी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दिपक थापाको टाउकोमा गम्भीर चोट लागेको छ । विद्यालयका प्राचार्य नरबहादुर वान्तोलाले आफ्नै परिवारका युवाहरुलाई प्रयोग गरी विद्यार्थीमाथी कुटपिट गर्न लगाएको आरोप लगाईएको छ ।
नेपाली कांग्रेसका विद्यालयमा कुनैपनि सरोकार नराख्ने, विद्यालयमा अध्ययन नगर्ने बाह्रय युवाहरुले विद्यालय, घरैमा आई दुव्र्यवहार तथा आक्रमण गरेपछि कार्वँहि गरिनुपर्ने माग गरेका छन् ।
प्रहरी प्रशासनलाई घटनाका बारेमा जानकारी गराउंदा समेत प्रहरी प्रशासनले वेवास्ता गरिरहेको घटनाका पीडकलाई पक्राउ गर्नुको साटो उल्टो पीडितहरुलाईनै दुःख दिने काम गरेको घाईते दिपक थापाले बताए ।
सोही घटनाका पीडित विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी पछि विद्यालयको पठन पाठन ठप्प भएको छ । यस अघि भदौं महिनादेखि उक्त विद्यालयमा पटक पटक विवाद, कुटपिटका घटनाहरु भैरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका युवाहरुवीचमा कुटाकुट हुंदै आईरहेको छ ।  
विद्यालयमा तालाबन्दी भएपछि विद्यालयका प्राचार्य लगायत शिक्षकहरुपनि विद्यालयमा बेखबर भएको जनाइएको छ । समस्या समाधान भन्दापनि प्राचार्य वान्तोला आफै युवाहरुलाई जुधाउने खेलमा सक्रिय रहेको स्थानीयले आरोप लगाएका छन् ।

No comments:

Post a Comment