Friday, March 23, 2012


उद्योग वाणिज्य संघका महासचिव शाही निलम्बित
हिमा उपाध्याय 
सुर्खेत, ९ चैत
सुर्खेत उद्योग बाणिज्य संघका महासचिव पदमबहादुर शाहीलाई तीन महिनाको लागि निलम्बित गरिएको छ । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन संघका अध्यक्ष विष्णुबहादुर शाहीले निलम्बित गरिएको जानकारी गराएका हुन् । महासचिवले बिहीबारदेखिनै संघको कुनै पनि निर्णयहरु गर्न नपाउने गरी निलम्बित गरिएको बताए ।
महासचिवलाई संघको विधान २०५४ (चौथो संसोधन २०६८) को परिच्छेद पा“च को दफा १६ वमोजिम संघको संरक्षण र संम्बद्र्धन गर्न अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै संघको विधानको परिच्छेद तीनको दफा नौ (ज) वमोजिम तीन महिनाको लागि निलम्बित गरिएको अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलन मार्फत अध्यक्षले महासचिवका पछिल्ला गतिविधि संस्थाको हितविपरित रहेको आरोप लगाएका छन् । साथै यसले कालान्तरमा संस्थालाई धरासायी बनाउने सम्भावनालाई मध्य नजर राख्दै महासचिवबाट भए गरेका क्रियाकलाप बारेमा स्पष्ट जानकारी लिन अध्यक्षको हैसियतले स्पष्टिकरण सोधिएकोमा चित्त बुझ्दो लिखित स्पष्टिकरण नदिई थप अराजक बन्दै संघलाई विवादित बनाई संघ विघटनको स्थितीमा ल्याइपु¥याएको आरोप अध्यक्षको छ ।
संघमा केही समय अगाडी देखि संघको आगामी चुनावका लागि मिति तोक्ने विषयमा महासचिव र अध्यक्षका बीचमा मतभेद देखिएको थियो । महासचिव पक्षका पदाधिकारीहरुले बैशाख १२ गते नै चुनावको मिति तोकिनु पर्नेमा जोड दि“दै आएको थियो भने अध्यक्ष पक्षका पदाधिकारीहरुले जेष्ठ १७ गते चुनाव गर्ने बताएको थियो ।
अध्यक्षले संघमा कतिजनाले सदस्यता लिएका छन् भन्ने एकिन नभएका कारण पनि बैशाखमै चुनावको सम्भव नभएको बताए । उनले बहुमतमा निर्णय गरेको भन्दै विभिन्न किसिमका संस्थालाई आ“च आउने निर्णय गरेको आरोप लगाएका छन् । बहुमत भन्दैमा संस्थालाई आ“च आउने कुनै पनि काम गर्न नहुने उनको भनाई छ ।
संघ एउटा आम उद्योग, व्यापारी, व्यवसायिहरुको हकहितको लागि संस्था भएपनि व्यवसायिको संस्था भए पनि गैर व्यवसायिहरको हालिमुहाली हुन थालेको बताए । आजसम्म आफुले निर्णय गरेको माइनूट नदेखेको भन्दै अध्यक्षले महासचिवले कसरी अध्यक्ष जित्ने भन्ने धारणा अगाडि ल्याएको आरोप लगाएका छन् । विज्ञप्तिमा विधान बमोजिम संचालन भएको संस्थामा एकलौटी र मनपरी ढङ्गले बैठकबसी निर्णयनै नगरेको विषयमा निर्वाचनको मिति तोकेर सदस्यता नवीकरण गर्न जारी सूचनाको भ्रममा नपर्न उद्योगि, व्यापारीहरुलाई आग्रह गरिएको छ । संघबाट त्यस्तो कुनै निर्णय नभएको र संघको कार्यसमितिले विधान बमोजिम निर्णय गरी यथासक्य चा“डो निर्वाचन मिति तोकिने उल्लेख गरिएको छ ।
उता महासचिव पदमबहादुर शाहीले भने अध्यक्ष कार्यसमितिको बैठक देखि भाग्ने र कहिले निलम्बित गर्ने लगायतका अनेक प्रकारका नाटक देखाउने गरेको बताए । उनले भने ‘अध्यक्षले गरेका सबै कुरा विधान विपरित छन् यो हामीलाई सैय हु“दैन् ।’ उनले अध्यक्षले सबैलाई भ्रममा पारेको बताए । चुनावको विषयमा चुलिएको विवाद अझै चर्किएको छ । जिल्ला प्रशासन सम्म पुगेको विवाद अझै टुङगिएको छैन् । 
जिल्ला प्रशासनमा दुवै पक्षका विचमा छलफल गर्ने प्रयास भएको थियो । विवाद समाधान हुन नसकेपछि अहिले दुवै पक्ष संचारमाध्यमतर्फ आकर्षित भएका छन् । अध्यक्ष र महासचिव दुवै समूह एकले अर्कोलाई विज्ञप्ति मार्फत आरोप प्रत्यारोप लगाउने गरेका छन् । निर्वाचनको मितिका बारेमा समेत दुवै पक्ष एक मत हुन सकेका छैनन् । सुर्खेत उद्योग वाणिज्य संघको लेटरप्याडमा दुवै पक्षले विज्ञापन प्रकाशित गरिदिनु भन्दै प्रकाशित गर्ने मिति तोकेरै दुवै पक्षले पठाउने गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete