Thursday, March 22, 2012

कहिले श्रीमती कहिले भाउजू

हुम्लामा बहुपति प्रथा

१० चैत, हुम्ला । पन्ध्र वर्षअघि विद्रोह नगरेको भए बुरौसेका कङ्री लामाको जिन्दगीमा भाउजूसित बिताउनुपर्ने हुन्थ्यो तर अहिले उनको आफ्नै घर र परिवार छ । बहुपति प्रथाका विरुद्धमा विद्रोह गरेका कङ्री भन्छन्, ‘सबै दाइभाइको एउटै श्रीमती हुने चलन राम्रो लागेन । त्यसैले विद्रोह गरेर घरबाट बाहिरिए ।’
विद्रोह गरेर घरबाट निस्किएपछि उनी घर गएका छैनन् भने दाइ र भाउजूसित सम्बन्ध पनि छैन । उनले विद्रोह गरेकै कारण दाइ दोर्जेअन्जू लामाले उनलाई सम्पत्तिबाटै बेदखल गरिदिए । ‘त्यसपछि घर गएको छैन, दाइहरूसित बोलचाल नै छैन’, उनले भने ।
बुरौसेकी डोल्मासित उनको प्रेम टुसाउन थालेपछि उनले बहुपति प्रथाविरुद्ध विद्रोह गरेका थिए । उनी घरबाट निष्कासित हुँदा उनका साथमा नवदुलही डोल्मामात्र थिइन्, सम्पत्ति केही थिएन ।
कङ्रीका अनुसार १० वर्षअघिसम्म पनि हुम्लामा बुहपति प्रथा कायम थियो । हुम्लाको बुरौसे, बरगाउँ, तोर्पा, लिमाटाङलगायतका स्थानका लामा समुदायमा यस्तो प्रथा कालान्तरदेखि चल्दै आएको थियो । समयसँगै यस्तो प्रथा अहिले ठ्याममै उन्मूलन नै भइसकेको हुम्लाबासी बताउँछन् ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार त्यतिखेर चौंरी, घोडा, भेडालगायतका चौपाय चराउन तथा व्यापारका लागि अन्यत्र जानुपर्ने हुन्थ्यो । परिवारका सबै छोरा पालैपालो गाउँबाहिर जानुपर्ने र एक भाइ घर कुरेर बस्नुपथ्र्यो । ‘बाबुआमाले एउटी महिलालाई भाइहरूको सामूहिक पत्नीका रूपमा बिहे गराइदिन्थे’, उनले तिनताका घटना स्मरण गर्दै भने, ‘त्यसरी बिहे गरेर ल्याएकी श्रीमतीलाई घर कुरेर बस्ने भाइको जिम्मामा दिने चलन थियो ।’
लामा समुदायमा कान्छो छोरा बिहे गर्ने उमेर भएपछि अभिभावक कन्याको घरमा गई बुहारी माग्ने चलन थियो । करिब ३५ वर्षअघि कान्छा छोरा कङ्री १५ वर्ष उमेरका थिए । जेठो दाइ दोर्जे अन्जु र माहिलो दाइ सोनामतार्गे उनीभन्दा निकै जेठा थिए तर चलनअनुसार कान्छो छोराको बिहे गर्ने उमेर नहुन्जेलसम्म दुर्व दाइको बिहे गरिएको थिएन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete