Sunday, March 11, 2012


दुई सय विद्यालय शौचालय विहिन
दीपक बुढा
सुर्खेत, २८ फागुन
सरकारले विद्यालयमा शौचालय निर्माणको लागि वर्षेनी ठूलो रकम खर्च गरे पनि सुर्खेतका थुप्रै विद्यालयहरु शौचालयविहीन अवस्थामा रहेका तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लाका करिब दुई सय सामुदायिक विद्यालयहरु अहिले पनि शौचालयबिहीन रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडको तथ्याङ्कमा उल्लेख छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्कका बारेमा जानकारी गराइएको थियो । 
तथ्यांकअनुसार सुर्खेतका पा“च सय २२ सामुदायिक विद्यालयहरुमध्ये तीन सय ३० मा मात्र शौचालय सुविधा रहेको छ भने बा“की स्कुलका विद्यार्थी र शिक्षकहरु अहिले पनि खुला दिशापिशाव गर्नेगरेका छन् ।  
शौचालय भएका विद्यालयहरुमध्ये छात्राशुलभ शौचालयको संख्या अत्यन्त कम छ । जिल्लाभरका विद्यालयहरुमा दुई सय ५१ वटा यस्ता शौचालय छन् । समग्रमा एक शौचालय बराबर एक सय २६ विद्यार्थीको अनुपात रहेको जनाइएको छ । 
सबै विद्यालयमा शौचालय त निर्माण भएका छैनन् । निर्माण भएका शौचालय पनि दुर्गन्धीत हुने गरेका छन् । विद्यालयका शौचालयहरु दुर्गन्धित हु“दा विद्यालयको शैक्षिक गुणस्तरमा समेत असर पर्ने भएकाले जिल्ला व्यापी रुपमा विद्यालय सरसफाई अभियान चलाउनुपर्नेमा अन्तरक्रियाका सहभागिले जोड दिएका छन् । 
शौचालय नभएको ठाउ“मा शौचालय निर्माण गर्नुपर्ने, शौचालय भएको ठाउ“मा प्रयोग गर्ने पानीको व्यवस्था गर्नुपर्ने, बालिकाहरुका लागि महिनावारी हु“दा प्रयोग गर्ने प्याडको व्यवस्था गर्नुपर्ने कार्यक्रमका सहभागिको भनाई थियो ।
नेपाल शिक्षक युनियन सुर्खेतका अध्यक्ष धनसिंह खड्काले विद्यालयमा शौचालय निर्माण गर्दा अपाङ्गता मैत्री पूर्वाधार निर्माण गर्नुपर्ने बताए । ‘विद्यालयमा शौचालय सफा गर्ने छुट्टै कर्मचारी छैन् । कार्यालय सहयोगीले मात्रै सबै काम गर्न भ्याउ“दैन, त्यसैले सरकारलेनै छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्छ’–अध्यक्ष खड्काको भनाई थियो ।
विद्यालयमा विद्यार्थी, शिक्षकको अनुपातमा शौचालय निर्माण गरिनुपर्नेमा सहभागिको भनाई थियो । विद्यालयमा विद्यार्थीको अनुपातमा शौचालय नहु“दा बालबालिकाहरु विद्यालयमा नियमित नहुने, महिनावारी हु“दा बालिकाहरु कक्षामा अनुपस्थित हुने भएकाले विद्यालयमा शौचालय निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै शिक्षक खगेन्द्र थापाले विद्यार्थीहरुनै उत्छृङ्खल हु“दै गएको बताए । विद्यालयमा शौचालय, खानेपानीको अवस्था चिन्ताजनक भएको समेत उनको बताए ।‘जिल्लामा विद्यालय सरसफाईलाई अभियानका रुपमा लिनुपर्छ’–उनले बताए ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कुलमणि देवकोटा तथ्याङ्कमा उल्लेख भएझैं सुर्खेतका विद्यालयहरुमा शौचालय र सरसफाईको अवस्था अत्यन्त नाजुक रहेको बताए । ‘विद्यालयमा स्वास्थ्य र सरसफाईको अवस्था राम्रो बनाउन सबै निकायबीच समन्वय हुनुपर्छ,’ उनको भनाइ छ ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव भक्तबहादुर खड्का भने शौचालय निर्माणको लागि सरकारी कोषबाट वर्षेनी ठूलो रकम गए पनि त्यसको उपयोगिता राम्रो नदेखिएको बताउ“छन् । उनका अनुसार दुई वर्षयतामात्र जिशिकाबाट शौचालय निर्माणको लागि ६ करोड ४६ लाख रुपैया“ गएको छ । यसबाट एक सय २७ वटा छात्रासुलभ र एक सय ९६ सामान्य शौचालय बनेका उनको भनाइ छ । ‘शौचालय त बनेकै छन्, तर तिनको प्रयोग राम्रोस“ग भएको छैन,’–उनले भने ।
अन्तरक्रिया कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका अध्यक्ष गोपिकृष्ण ढकाल, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापा, स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य लगायतले
 बोलेका थिए । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका प्रमुख रामनिवास चौधरीको प्रमुख आतिथ्यता तथा खानेपानी उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष तथा केन्द्रीय सदस्य कुलमणि देवकोटाको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment