Sunday, March 11, 2012


विश्वविद्यालयमा तालबन्दी

सुर्खेत, २८ फागुन
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वीरेन्द्रनगर स्थित केन्द्रिय कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ । नेपाल प्रगतिशील प्रध्यापक संगठन क्याम्पस एकाई समिति सुर्खेत क्याम्पस (शिक्षा), एकाई समिति वीरेन्द्रनगर बहुमुखि क्याम्पस, सुर्खेत र एकाई समिति पब्लिक साइन्स क्याम्पस सुर्खेतले अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
उपकुलपति र रजिष्टारको कार्यकक्षमा तालबन्दी गरिएको छ । विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले मनोमानि रुपमा कर्मचारी भर्ना गरेको, डिन नियुक्त गरेको, प्रध्यापक संगठनहरुसंग कुनैपनि समन्वय नगरेको भन्दै आनिश्चितकालिन तालाबन्दी गरिएको हो । 
आईतबार प्रध्यापक संगठन एकाई कमिटीका अध्यक्षहरु नेमबहादुर शाही, भीउसिंह बुढा र पदमराज जोशीले संयुक्त रुपमा विज्ञप्ति निकालि तालाबन्दी गरेको जानकारी दिएका हुन् । 
उनीहरुले विद्यालयको कार्यमा चुस्त दुरुस्त ल्याउनको लागि प्रांज्ञिक पेशागत संगठनहरुले राखेका समसामयिक मागहरुप्रति उक्त विश्वविद्यालयको नेतृत्व तहबाट कुनै किसिमको प्रतिक्रिया नआएको भन्दैे मागहरुको सम्बोधन एवंम् पूर्णता नहुन्जेल ताला नखोलिने बताएका छन् ।
उनीहरुले यदि मुढेबल प्रयोग गरी ताला खोल्ने प्रयास गरेमा त्यसबाट उत्पन्न हुने नकरात्मक परिस्थितिको सामना र जिम्मेवारी स्वयंम् विश्वविद्यालय प्रशासनले नै लिनुपर्ने विज्ञप्ति मार्फत जानकारी दिईएको छ । 

No comments:

Post a Comment