Saturday, March 31, 2012


युवा परिचालन कार्यक्रम ल्याउँछौं ः वस्नेत
½सुर्खेत, १८ चैत½
युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश वस्नेतले देशभरका युवाहरुलाई सृजनशील कार्यमा परिचालन गर्न विशेष कार्यक्रम ल्याउने घोषणा गरेका छन् । युवा संघ नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

युवाहरुलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी छिट्टै युवा संघले देशव्यापी युवा परिचालनको कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको उनले बताए । युवा संघ नेपाललाई युवाहरुको साझा संगठन बनाउने बताउ“दै अध्यक्ष वस्नेतले भने ‘संघलाई रहर लाग्दो, भरलाग्दो र डरलाग्दो बनाउछौं ।’
‘वर्तमान सरकारले देशको ढुकुटी सक्ने काम गरेको छ । अनियमितता गरेको छ । आफ्नो पार्टीका कार्यकर्ता पोष्ने काम गरेको छ’ उनले भने ‘सरकारको विकल्प आवश्यक छ ।’ एकीकृत नेकपा माओवादीको सरकारले राज्य कोषको दुरुपयोग गर्दै प्रचण्डका पुत्रलाई आर्थिक सहायता घोषणा गरेको युवा संघकै विरोधमा त्यो निर्णय सच्च्याउन सफल भएको बताए । साथै अध्यक्ष वस्नेतले युवा स्वरोजगार कोषबाट भएको करोडौं रकम दुरुपयोग भएको भन्दै त्यसलाई छानविनको घेरामा ल्याउन माग गरेका छन् । आफ्नो संगठनको विरोधकै कारण कोष संचालक समितिमा पनि युवाको प्रतिनीधित्व गराउने व्यवस्था गरिएको बताए ।
युवा संघ कालिकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न शनिबार कालिकोट जानेक्रममा वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले उक्त कुरा बताएका थिए । 
यसैगरी युवा संघ नेपालका केन्द्रीय सचिव राजिव पहाडीले युवा संघको जिम्मेवारी, भुमिका, आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । प्रशिक्षणमा संघका केन्द्रीय सदस्य टीकाराम शर्मा, हस्तबहादुर शाही लगायतले बोलेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष प्रकाश सारुको सभापतित्वमा सम्पन्न भएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete