Wednesday, March 21, 2012


राष्ट्रिय चलचित्र महोत्सव हुने
हिमा उपाध्याय
सुर्खेत, ८ चैत
राष्ट्रिय चलचित्र महोत्सव राजधानी बाहिर पहिलो पटक सुर्खेतमा हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा चलचित्र महोत्सव सुर्खेतमा हुन लागेको हो । २०६९ बैशाख ८ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरमा महोत्सवको आयोजना हुने बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा जानकारी गराईएको छ ।
बोर्डले महोत्सवका विषयमा जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनीधिहरुवीचमा बुधबार वीरेन्द्रनगरमा छलफल आयोजना गरि महोत्सवका तयारी, महोत्सवको उद्देश्यका बारेमा जानकारी गराईएको थियो । मध्यपश्चिम विकास क्षेत्रको कला, संस्कृतिका साथै स्थानीय प्रतिभाको खोजी गर्ने र सुर्खेतलाई चलचित्र नगरिको रुपमा विकास गर्ने उद्देश्य अनुरुप महोत्सव गर्न लागिएको हो ।
महोत्सवका बारेमा जानकारी गराउ“दै चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले सांस्कृतिक विविधता भएको सुर्खेत तथा मध्यपश्चिमलाई राष्ट्रिय स्तरमा पहिचान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताए । उनले भने–‘चेतनाको विकास, प्रतिभा स्मृति र कथालाई बहसको केन्द्रमा तान्नेगरी महोत्सव गरिने छ ।’ 
तीन दिन सम्म संचालन हुने चलचित्र महोत्सवमा पहिलो दिन मध्यपश्चिममा रहेका विभिन्न जातजाति, धर्म, समूदाय, संस्कृति झल्कने गरी झा“कीको प्रदर्शन सहित प्रधानमन्त्रीद्वारा महोत्सवको उद्दघाटन गर्ने कार्यक्रम तय गरिएको छ । 

दोस्रो दिन राष्ट्रिय स्तरका महत्वपूर्ण चलचित्रको प्रदर्शनी गरिने जनाईएको छ । प्रसासनिक, राजनीतिक, सांस्कृतिक विविधता रहेको मध्यपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।
चलचित्र महोत्सवका क्रममा रंगमञ्चका विषयमा कार्यपत्र प्रस्तुत, छलफल, अन्तरक्रिया, विभिन्न फिल्मका विषयमा, रंगमञ्च क्षेत्रमा देखिएका विभिन्न समस्याका विषयमा छलफल हुने जनाईएको छ ।  महोत्सवका अवसरमा राष्ट्रिय स्तरका तीन सयबढी रंगकर्मीहरुको उपस्थिति हुने जनाईएको छ । 
महोत्सवका लागि चलचित्र विकास बोर्डले केही रकम प्रबन्ध गरेको र केही रकम सुर्खेत स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, उद्योगी, व्यवसायीहरुबाट समेत आर्थिक सहयोग संकलन गरिने चलचित्र महोत्सव आयोजक मूल समितिका संयोजक तथा बोर्डका अध्यक्ष भण्डारीले जानकारी दिए । महोत्सव आयोजनाका लागि २५ देखि ३० लाख बजेट लाग्ने अनुमान गरिउको छ ।
पूर्वमन्त्री तथा सुर्खेतका सभासद्हरुलाई महोत्सवको सल्लाहकार समितिमा राखिएको छ । महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । महोत्सव तयारीका लागि विभिन्न समिति तथा उपसमितिहरु निर्माण गरिएको छ । 
बोर्डका अध्यक्ष गणेश भण्डारीको संयोजकत्वमा १ सय ५१ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ । गंगाराम तिमल्सेनाको संयोजकत्वमा आर्थिक स्रोत संकलन उपसमिति, कुलमान नेपालीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, गणेशभक्त गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सिमा चन्दको संयोजकत्वमा स्वयंमसेवक परिचालन उपसमिति, टीकाराम चपाईको संयोजकत्वमा झा“की व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजकत्वमा शान्ति सुरक्षा उपसमिति, गणेशकञ्चन भारतीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति,  वीरेन्द्रनगर नगरपालिका सुर्खेतका कार्यकारी अधिकृत ललित वस्नेतको संयोजकत्वमा सरसफाई उपसमिति गठन गरिएको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete