Thursday, March 8, 2012


बन्द फिर्ता, आन्दोलन परिवर्तन
दीपक बुढा
सुर्खेत, २५ फागुन
बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ । संघर्ष समितिको बिहिबार सुर्खेतको पूर्वि क्षेत्रमा बसेको बैठकले आन्दोलनका कार्यक्रमहरु केहि समयका लागि फिर्ता लिने निर्णय गरेको छ ।
बाबुराम भट्टराई नेतृत्वको सरकारले जनताको पीठा बुझ्न नसक्ने र आफ्ना मागहरुका सम्बन्धमा समेत गम्भिर नभएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरिएको संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष राजु गहतराजद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल सरकारलाई चार बुद्धे ज्ञापन पत्र बुझाई निरन्तर संघर्षमा रहेको जानकारी गराउ“दै सरकार र बहिर्गमित जनमुक्ति सेना नेपाल प्रतिनिधी विच २०६८ पौष ११ गते शान्ति मन्त्रालयमा वार्ता हुदा मागहरुका सम्बन्धमा बृहद छलफल गरी समस्या समाधान गर्न दोस्रो वार्ता गर्ने र केन्द्रीय समितिले आन्दोलनका कार्यक्रमहरु 
तत्कालका लागि स्थगन गर्ने सहमतिको थियो ।  सहमति अनुसार यस बहिर्गमिन जनमुक्ति सेनाद्वारा आव्हान गरिएका आन्दोलनका कार्यक्रमहरु एक हप्ताका लागि स्थगित गरिएको थियो । तर सहमति भएको महिला दिन वित्दा पनि सहमित कार्यान्वयन नगरी सरकारले गरेको व्यवहारले संघर्ष समितिलाई नै विघटन गर्न नै सक्रिय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सा“केतिक आन्दोलन, मसाल जुलुस, क्षेत्रीय बन्द, नेपाल बन्द सम्म गर्दा खालि वार्ताको नाटक सरकारले गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘केन्द्रीय संघर्ष समितिले कठोर भन्दा कठोर निर्णय फिर्ता लिन बाध्य भएका छौं’–विज्ञप्तिमा उल्लेख गरिएको छ । 
सरकारले आफ्नो माग र जनताको पिडालाई कुनै पनि सम्बोधन नगरेको हु“दा  अब हुने आन्दोलनका स्वरुपहरु बदल्ने गरी तत्कालका लागि घोषित नेपाल बन्द फिर्ता लिइएको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ । 
सरकारले आफ्नामा मागका सम्बन्धमा बेवास्ता गरेमा आन्दोलनको स्वरुप बदल्ने र सरकारले अटेर गरेमा हतियार उठाउने चेतावनी समेत दिईएको छ ।

No comments:

Post a Comment