Monday, March 12, 2012


गुफा संरक्षणमा स्थानीय जुटे

विनोद लम्साल 
सुर्खेत, २९ फागुन
कुनाथरी–६ का आत्माराम कंडेल जब पश्चिम क्षेत्रका पर्यटकीय स्थलको भ्रमणमा गए अनिमात्र थाहा भयो आफ्नो घर छेउको ओडार (गुफा) को महत्व । पश्चिम सालकोटमा भएका गुफा हेरेपछी मात्र थाहा पाए यसको महत्व उनले कुनाथरी–६ चुलिडा“डामा भएको कालिका गुफा देखाउदै भने ‘हामीले त यसको महत्व नै थाहा पाएका रहेन छौं । अहिले यसको संरक्षण गर्न लागेका छौं ।’ 
‘गुफाको महत्व थाहा नपाएर पो अहिले यसको संरक्षण गर्न लागि परेका छांै’–कालिका प्राथमिक विद्यालय कुनाथरी–६ का प्रधानाध्यापक तेजबहादुर बस्नेत ले भने  ‘माथी विद्यालय भवन छ त्यसको मुनि गुफा छ यसको प्रचार प्रसार गर्न सके नेपाल कै नमुना बन्ने छ’ । करिब ८० मिटर लामो गुफा भित्र विभिन्न किसिमका आकृतिहरु देखिने चम्किलो चुन जस्तो देखिने र विभिन्न किसिमका भगवानका मूर्ति जस्ता आकृति देखिने गरेको  स्थानीयबासीहरु बताउ“छन् ।
चुलीडा“डा वडारको नामले परिचित गुफाको माथिल्लो भागमा कालिका प्राथमिक विद्यालय रहेकाले उक्त गुफाको नाम समेत विद्यालयको नामबाट नामाकरण गरिएको छ । संकटकालमा तत्कालिन माओवादीका नेता तथा कार्यकर्ताहरुले सुरक्षाका लागि उक्त गुफा प्रयोग गर्ने गरेका थिए । यातायातको असुबिधा र प्रचार प्रसारको अभावका कारण पश्चिम क्षेत्रका अधिकांस पर्यटकीय स्थल ओझेलमा परेको प्र.अ. वस्नेतले बताए । यसलाई संरक्षण गर्न सकियो भने कुनाथरी गाउ“ विकास समिति र चुलिडा“डा मात्रै नभएर पश्चिम नेपालको नाम वाह्रय देशमानै चिनाउन सकिने उनले बताए ।
गुफा रमणिय र हेर्न लाएक छ कुनाथरी–६ कै अर्का युवा चन्द्रबहादुर बि.क. ले बताए । ‘अवलोकन भ्रमणमा जा“दा यस्ता गुफा पर्यटकिय क्षेत्रको रुपमा विकास भएको देखेपछि कालिका गुफाको संरक्षण गर्न अघि बढेका छौ’ उनले भने ‘यसलाई देशमा नै चर्चाको बिषय बनाउने हाम्रो लक्ष्य छ ।’ 
‘आफ्नो सम्पदाको संरक्षण गर्न हामि आफै लागि परेका छौं’–स्थानीय बीरबहादुर अधिकारीले भने ‘आफ्नो क्षेत्रको पर्यटकिय विकासका लागि हामी  आपैmले नगरे कसले गर्छ’–उनले भने यसको विकास गर्न सके धेरै सम्भावनाहरु भएको बताए । 
‘हाम्रा दाजु भाई विदेशिनु पर्दैन त्यसैले संरक्षण समिति तयार गरी आफ्नो र समुदायको विकास गर्नका लागि परेका छौं’–उनले बताए । विभिन्न शैक्षिक भ्रमण जा“दा त्यहा“का पर्यटकीय क्षेत्र आफ्नो कालिका गुफा त्यो भन्दा राम्रो भएकाले कालिका गुफा संरक्षण समिति निर्माण गरी संरक्षणमा लागेको कालिका प्राथमिक विद्यालयका का प्र.अ. वस्नेतले बताए । 
‘कालिका गुफा संरक्षण गर्न समिति  गठन गरेका छांै’ अब केहि समयमै जिल्ला प्रशासनमा दर्ता गरी विधिवत काम गर्ने सोच बनाएको बस्नेतले बताए । तेजबहादुर वस्नेतकै अध्यक्षतामा संरक्षण समिति गठन गरिएको छ । समितिको सचिवमा टोपराज पोखरेल, कोषाध्यक्ष बालकुमारी बस्नेत, सदस्यहरुमा चन्द्रबहादुर बि.क., आत्माराम कंडेल, दीपा पोखरेल, पदमकुमार नेपाली लगायत नौं जनाको समिति निर्माण गरी संरक्षणको काम गरेको बस्नेतले बताए । सुर्खेतको पश्चिम क्षेत्रमात्रै दर्जनौ गुफाहरु भेटिएका छन् । सालकोट, विद्यापुर, कुनाथरी गाविसमा गुफा भेटिएका छन् । 

No comments:

Post a Comment