Sunday, March 25, 2012


मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत
दश विषयको पाठ्यक्रम निर्माण हुँदै
दीपक बुढा 
सुर्खेत १२ चैत
मध्यपश्चिमाञ्चल विश्वविद्यालको पाठ्यक्रम निर्माणमा तिव्रता दिईएको छ । स्नातक तह को चार बर्षे अध्यापनका लागि पाठ्यक्रम निर्माण गर्न थालिएको हो । इन्जिनेरिङ तर्फका ४ वटा विषयको र सामाजिक विज्ञान तर्फका ७ वटा विषयको पाठ्यक्रम निर्माण कार्य थालिएको छ । दशैं लगत्तै अध्यापन कार्य सुरु गर्ने गरी पाठ्यक्रम निर्माणमा तिव्रता दिईएको हो ।
काठमाडौं उपत्यकामा मात्रै सिमित रहेका प्राविधिक विषयको पठन पाठन पहिलो पटक सुर्खेतमा गर्ने तयारी भएको छ । त्रिभुवन विश्वविद्यालयले लागु गरेका पाठ्यक्रमलाई परिमार्जित गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लागु गर्ने तयारी भैरहेको छ ।
विभिन्न १० वटा विषयको पाठ्यक्रम निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विभागलाई जिम्मेवारी दिईएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले जानकारी दिए । उनले भने–‘हामी पाठ्यक्रम निर्माणमा जुटेका छौं । दशैं लगत्तै नया“ भर्ना लिएर पठन पाठन कार्य सुरु गर्नेछौं ।’ 
कन्टेम्पोररी स्टडिजका डिन पीताम्बर ढकाल र साईस एण्ड टेक्नोलोजिका डिन डा. केशरसिंह राना पाठ्यक्रम निर्माणका लागि हाल राजधानीमै रहेका छन् । दुवै जना डिन आ–आफ्नो जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माणमा जुटेको जनाईएको छ ।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयले इन्जिनेरिङ तर्फका चार बर्षे विई सिविल, विएससी आईटी, विआईन विषयको पाठ्यक्रम निर्माण कार्य भैरहेको छ । त्यसैगरी सामाजिक विज्ञान तर्फका चार बर्षे ७ वटा विषयहरुको पाठ्यक्रम निर्माण भैरहेको उपकुलपति डा. देवकोटाले जानकारी दिए ।
सामाजिक विज्ञान अन्तरगत सामाजिक कार्य, द्वन्द्व, शान्ति र विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनिती, अन्तर्राष्ट्रिय सहयोग र विकास विषयको पाठ्यक्रम निर्माण कार्य भैरहेको छ । पाठ्यक्रम निर्माण कार्य २०६९ बैशाख महिनाभित्र पुरा गर्नेगरी लागिएको डा. देवकोटाले जानकारी दिए ।  साथै मानवशास्त्रका विभिन्न विषयहरुको पठन पाठन सुरु गर्ने वा नगर्ने विषयमा छलफल भैरहेको जनाईएको छ । स्नातक तहको पत्रकारीता विषयका लागि वि खरेललाई पाठ्यक्रम निर्माणको जिम्मा दिईएको छ । 
इन्जिनेरिङ विषयको १४० देखि १६० घण्टाको र सामाजिक विज्ञान तर्फका विषयहरुको १२० घण्टा सम्मको पाठ्यक्रम निर्माण गरिने जनाईएको छ । विभिन्न १० वटा विषयका भर्ना लागि जिल्ला जिल्लाबाट आवेदन फारम भर्ने व्यवस्था गरिने भएको छ ।
‘दुर्गम जिल्लाका विद्यार्थीहरु मह“गो रकम खर्च गरेर सुर्खेतमा आउनुपर्ने, आर्थिक अवस्थाकै कारण विद्यार्थी अध्ययनबाट बञ्चित हुननपरोस’ उपकुलपति डा. देवकोटाले भने ‘हामीले जिल्ला जिल्लामा आवेदन संकलन र प्रवेश परीक्षा लिने व्यवस्था गर्नेछौं ।’ मध्यपश्चिमका दुर्गम जिल्लाहरुमा जिल्लाबाटै आवेदन फारम भर्ने र प्रवेश गरी दिने व्यवस्था गरिने छ । परीक्षाबाट उत्तिर्ण हुने विद्यार्थीहरुले मात्रै अध्ययन गर्न पाउने छन् ।
पाठ्यक्रम निर्माणका साथ साथै भौतिक संरचना निर्माणको कार्य समेत थालिएको छ । भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका इन्जिनियरहरुको टोलीले नक्सा डिजाईन, लागत स्टीमेटको काम गरिरहेका छन् ।  चैत्र २० गतेभित्र सम्पूर्ण अध्ययन कार्य पुरा गर्ने गरी टोली खटिएको छ ।
इन्जिनियरहरुको टोलीले बुझाएको लागत स्टीमेटका आधारमा बैशाखको पहिलो हप्ताभित्र टेण्डर आव्हान गरी भौतिक संरचना निर्माण कार्य थालनी गरिने तयारी भैरहेको जनाईएको छ ।  ४२ कित्तामा करिव साढे १६ विगाह क्षेत्रफल जमिन विश्वविद्यालयको नाममा दर्ता भैसकेको छ । विश्वविद्यालयको प्रस्तावना निर्माण कार्य भैरहेको छ । प्रस्तावना सहित आगामी आर्थिक बर्षको बजेट निर्माणको कार्य समेत केन्द्रमा भैरहेको छ । केहि दिनभित्र विश्वविद्यालयको वईभ साईट समेत सञ्चालन गरिनेछ । 
सुर्खेतका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस र पब्लिक साईन्स क्याम्पसलाई समायोजन गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालय बनाउनुपर्ने सुझाव सहितको अध्ययन प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा बुझाई सकिएको छ । तर विवाद उत्पन्न भएको छ । शिक्षा क्याम्पस समायोजन गर्न नहुने भन्दै आवाज ठन थालेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete