Thursday, March 29, 2012


स्थानीय विकास अधिकारी रेग्मी
विकास अवार्डबाट सम्मानित
दीपक बुढा÷सुर्खेत
सुर्खेत जिल्लाका स्थानीय विकास अधिकारी राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । सुर्खेत वीरेन्द्रनगर इत्राम निवासी हिरालाल रेग्मी सुशासन, वेरुजु फछ्र्यौट, न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एम.सि.पि.एम) का सूचकहरुमा उल्लेख्य प्रगति गरेको भन्दै उनलाई सम्मानित गरिएको हो ।
स्टार मिडिया नेटवर्क प्रा.लि. काठमाण्डौले रेग्मीलाई तेस्रो राष्ट्रिय स्थानीय विकास अवार्ड २०६८ बाट सम्मानित गरेको हो । देशभरबाट १३ जना स्थानीय विकास अधिकारी ५ नगरपालिकाका कार्यकारी अधिकृत, २ जना योजना अधिकृत, २ जना गाविस सचिव र २ जना प्राविधिक कार्यालयका कर्मचारी सम्मानित भएका छन् ।
सुर्खेतका स्थानीय विकास  अधिकारी रेग्मी सम्मानित हुनेमा मध्यपश्चिमबाटै एक्लो हुन् । डडेलधुरा, सुर्खेत, अर्घाखा“ची, नवलपरासी, चितवन, झापा, धनकुटा सहितका १३ जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई सम्मानित गरिएको थियो ।

सुर्खेतका स्थानीय विकास अधिकारी रेग्मीले बेरुजु फछ्र्यौट, समयमा बजेट नीति तथा कार्यक्रम ल्याईएको, विकास निर्माणको काम कार्यान्वयनमा एमसिपिएमका सूचक अनुसार काम गरिएको, आर्थिक सहायता दिने काम बन्द, उपभोक्ता समितिमा दलिय भागभण्डाका गुनासोको अन्त्य, सार्वजनिक सुनुवाई, सार्वजनिकिकरण, परदर्शीता र सुशासनमा उल्लेख्य काम गरेको भन्दै सम्मान गरिएको हो ।
विगत ३ बर्ष देखि स्टार मिडिया नेटवर्कले स्थानीय निकायमा कार्यरत देशभरका जिल्ला विकास समिति, नगरपालिका, जिल्ला प्राविधिक कार्यालय, गाविस सचिवहरुबाट समग्र स्थानीय विकास निर्माण र पारदर्शीतामा पु¥याएको योग्दानको मूल्याङन सहित केहीलाई सम्मान गर्ने गरेको छ ।
२०६७ साल जेठ देखि सुर्खेतको स्थानीय विकास अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका रेग्मीले विगत लामो सयदेखि जिविसमा रहेको बेरुजु फस्र्यौट ५६ प्रतिशत प्रगतिमा पु¥याएको, विकास निर्माणको काम कार्यान्वयनमा एमसिपिएमका सूचक अनुसार काम गरिएको, आर्थिक सहायता दिने काम रोकेको, उपभोक्ता समितिमा दलिय भागभण्डाका गुनासोको अन्त्य गरेको, सार्वजनिक सुनुवाई, सार्वजनिक परदर्शीता र सुशासनमा काम गरेको भन्दै सम्मान गरेको स्टार मिडियाले जानकारी दिएको छ । सम्मानित भएपछि उनले खुशी व्यक्त गर्दै काम गर्ने थप जिम्मेवारी प्राप्त भएको स्थानीय विकास अधिकारी रेग्मीले बताए ।
२०२६ सालमा जन्मिएका रेग्मीले  २०४६ सालमा मुखिया पदको निजामति सेवामा प्रवेश गरेका थिए । २०५७ सालमा अधिकृत भएका रेग्मीले लोकसेवा आयोगको खुल्ला प्रतियोगिता मार्फत एकै पटक उपसचिव पदमा उत्तिर्ण भएका थिए । २०६० सालदेखि हाल सम्म स्थानीय निकायका विभिन्न जिल्ला विकास समिति र नगरपालिकाहरुमा कार्यरत रह“दै आएका छन् । कालिकोट, अछाम, गुल्मी, सुर्खेत जिल्लाको स्थानीय विकास अधिकारीको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् भने टिकापुर र धनगडी नगरपालिकामा समेत कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी पुरा गरिसकेका छन् ।
जनप्रशासन र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरेका रेग्मीले  विभिन्न सामाजिक कार्य तथा निजामति सेवामा रह“दा पुरस्कृत, सम्मान प्राप्त गरेका छन्  । बागिना सुर्खेतले यस अघि २०६७ मा बर्ष पुरुषका रुपमा समेत सम्मान गरेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete