Thursday, March 8, 2012


डिन नियुक्तिको विरोध

दीपक बुढा
सुर्खेत, २४ फागुन
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मा हालै गरिएको डिन नियुक्तिका विषयमा विरोध जनाईएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस एकाई समिति सुर्खेत क्याम्पस 
(शिक्षा) ले बुधबार एक विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो ।
मध्यपश्चिमबासीहरूको लामो समयदेखिको दृढ चाहना एवंम् अथक प्रयास र आन्दोलनबाट स्थापित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारद्वयको मिलेमतोमा भए गरेका विभिन्न पदीय नियुक्ति, कर्मचारी भर्ना र विश्वविद्यालय सम्बन्धि गतिविधि सम्बन्धिे विषयमा संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 
म.प. विश्वविद्यालयको डिनमा पीताम्बर ढकाल र डा. केशरसिंह रानालाई नियुक्त गरिएको थियो ।
विश्वविद्यालयको अग्रगमन र उन्नयनका लागि मागहरू सम्बन्धित निकायबाट अविलम्ब पूरा बेवास्ता गरिएमा थप संघर्षका कार्यक्रमहरू तय गरी अगाडि बढ्ने विज्ञप्तिमार्फत सरोकारावालालाई जानकारी गराइन्छ भनिएको छ । 
मध्यपश्चिमाञ्चल विश्व विद्यालयको नियम, विनियम र तात्कालिक कार्ययोजना अविलम्ब सार्वजनिक गर्नुपर्ने,  विश्वविद्यालयमा विधि विधान विपरित आफूखुसी गरेका पदीय नियुक्तिहरू बदर गर्नुपर्ने, प्रस्तावित म.प. विश्वविद्यालय स्थापनार्थ गठित मूल समितिस“ग समन्वय कायम गरी हालसम्म उपलब्ध साधन, स्रोत, नगदी जिन्सी समेतको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी काठमाडौंमा अवस्थित म.प. विश्वविद्यालय सम्पर्क कार्यालयको औचित्य पुष्टि गरियोस् । उक्त कार्यालयमा हालसम्म भए गरेका कार्य र खर्च विवरण सार्वजनिक गर्नुपर्ने, म.प. विश्वविद्यालयको कार्यशैलीमा चुस्त दुरूस्त राख्नका लागि क्रियाशील राजनीतिक दलहरूको समेत सहभागितामा एक उच्च स्तरीय संयन्त्र निर्माण समेत माग गरिएको छ ।

No comments:

Post a Comment