Thursday, March 8, 2012


कलाकार र नेताहरु सालकोटमा 
पर्यटकिय स्थलको प्रचार गर्न महोत्सव 
देवबहादुर राना 
सुर्खेत(सालकोट), २५ फागुन

राष्ट्रिय स्तरका कलाकार तथा मन्त्री, सभासददेखि जिल्ला, गाविस तहका नेताहरुको जम्घट साल्कोटमा भएको छ ।
पश्चिम सुर्खेतमा आयोजना गरिएको साल्कोट महोत्सव बिहिबारदेखि  औपचारिक रुपमा शुरु भएको छ । ‘‘सुर्खेतको गौरव सुर्खेतीको शान, पर्यटन र सांस्कृतिक पहिचान, हाम्रो अभियान’’ भन्ने मुल नारा सहित पश्चिम सालकोट शुरु भएको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय प्रमुखदेखि नेता कलाकारहरु सम्म साल्कोट पुगेका हुन् । महोत्सवमा आयोजना हुने सा“स्कृतिक कार्यक्रमलाई थप रोचक बनाउन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष पुरोषोत्तम न्यौपाने, रोल्पेली गायीका राधिका हमाल, सुर्खेती गायक कृष्ण क“डेल, हा“स्य कलाकार सुभोद गौतम र जिल्ला स्थित कलाकारहरु जम्घट भएका हुन् । 
पश्चिम सुर्खेतमा रहेका बराहताल, चमेरे गुफा, गुप्ती दह, पा“च तले गुफा लगायतका महत्वपूर्ण पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्दै पर्यटकको आकर्षण बढाउनका लागी गाविसको कार्यालय सालकोट र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा सुर्खेतले महोत्सव आयोजना गरेका हुन ।
महोत्सवको उद्घाटन गर्दै पर्यटन राज्यमन्त्री दिलिप मजर्हनले सुर्खेतको पश्चिम क्षेत्रमा रहेका पर्यटकिय स्थलको विकास गर्न सक्दो पलह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘सुर्खेतका पर्यटकिय स्थलहरुको बारेमा प्रचार प्रसार गर्न र विकास गर्न मेरो पनि दायित्व छ । त्यसैले योजना ल्याएर आउनुहोस म सहयोग गर्न तयार छु ।’ पश्चिम क्षेत्रमा रहेका सम्भावनाहरुको खोजी गर्दै पर्यटन प्रवद्र्धनको प्रचार प्रसार र सम्भावनाको खोजि गर्न महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक मूल समितिका संयोजक एवम् गाविस सचिव तिलकराम अधिकारीले जानकारी दिए ।
उद्घाटन समारोहमा सुर्खेत जिल्लाका बिभिन्न कार्यालयहरुका कार्यालय प्रमुखहरु, क्षेत्रीय कार्यालयका प्रमुखहरु, पूर्वस्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्याल, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधीहरु लगायत सुर्खेतबाट संबिधान सभामा प्रतिनिधित्व गर्ने सभाषदहरुको पनि सहभागिता थियो ।

पश्चिम क्षेत्रका पर्यटकिय स्थलहरुको पहिचान गराउने, लोककला संस्कृतिको संरक्षणमा सहयोग पु¥याउने, पर्यटकिय क्षेत्रसम्म पहु“च मार्ग निर्माण गर्ने, लघु घरेलु तथा कृषि जन्य उत्पादन र व्यापार व्यवसायको प्रवद्र्धनका लागि स्थानीय जनताका लागि उत्पेरणा जगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाईएको छ । त्यसैगरी सामाजिक एकता र सद्धभाव बढाउने, स्थानीय प्रतिभाहरुको खोजी गर्ने र त्यसलाई प्रस्फुटन गराउने, महोत्सवकै अवसर पारेर त्यस क्षेत्रको सम्भावनाका बारेमा छलफल चलाईने संयोजक अधिकारीले जानकारी दिए ।
३० लाखसम्मको रुपैया“ बराबरको आम्दानी हुने आशा गरिएको महोत्सवमा अहिलेसम्म १५ लाख खर्च भईसकेको महोत्सव मूल समितिका संयोजक तिलक अधिकारीले जानकारी दिए । महोत्सव अवधिभर सदरमुकाम वीरेन्द्रनगर र आसपासका गाविसबाट समेत गरी करिव ५० हजार जनाले महोत्सव हेर्ने अनुमान गरिएको उनको भनाई छ ।
महोत्सवस्थलमा रहने १ सय १० स्टल बुक भईसकेपनि २ दिने बन्दले गर्दा करिव ५० वटा स्टलको बुकिङ रद्द गरिएको उनले जानकारी दिए । सदरमुकाम वीरेन्द्रनगरदेखि २८ किलोमिटर कालोपत्रे र बड्डीचौरदेखि करिव १५ किलोमिटर ग्राबेल सडकमा गाडीको यात्रापछि महोत्सव स्थल पुग्न सकिन्छ । 

No comments:

Post a Comment