Saturday, March 31, 2012


मध्यपश्चिम मिडिया सम्मेलन
संचारकर्मीको १० बुँदे घोषणापत्र 
खेमराज वली
सुर्खेत, १८ चैत
मध्यपश्चिमाञ्चल क्षेत्रीय मिडिया सम्मेलन शनिबार सुर्खेतमा सम्पन्न भएको छ । प्रेस काउन्सील नेपाल, सुचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघको आयोजनामा भएको सम्मेलनमा मध्यपश्चिमका जुम्ला, मुगु, हुम्ला र डोल्पा बाहेकका जिल्लाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहेको थियो । 
सम्मेलनले १० ब“ुदे सुर्खेत घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सुर्खेत घोषणा पत्रमा लोकतन्त्र र प्रेस स्वतन्त्रतका लागि ज्यान गुमाएका पत्रकारप्रति श्रद्धान्जली तथा पीडित पत्रकारका परिवारजनलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने, आगामी जेठ १४ गतेभित्रै पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतान्त्रिक संबिधान जारी गर्न माग गरिएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेअनुसारको पारिश्रमिक उपलब्ध नगराउने सञ्चारगृहलाई कारबाहिको दायरामा ल्याउनुपर्ने, सरकारी विज्ञापनको समानुपाति वितरणको माग गर्दै विद्युतिय माध्यमलाई समेत वर्गिकरणको आधारमा उचित सेवा उपलब्ध गराउनुपर्ने, सञ्चारमाध्यम नियमित सञ्चालन भए नभएको नियमन गर्न स्थानीय स्तरमा संयन्त्र बनाउनुपर्ने लगायतका माग गरिएको छ ।
त्यस्तै दुर्गम तथा पीछडिएका पत्रकारका लागि विशेष सुविधा उपलब्ध गराई सञ्चारमाध्यममा विकेन्द्रीकरणको निति लागु गर्नुपर्ने, महिला दलित, जनजाती मधेसी मुस्लीम तथा सिमान्तकृत समुदायका पत्रकारहरुको पेशागत निरन्तरताका लागि विशेष सुविधा उपलब्ध गराउनुपर्ने, सुर्खेत लगायत मध्यपश्चिम क्षेत्रका पर्यटकिय स्थलहरुको विकासका लागि प्रचारप्रसार गर्न गराउन सञ्चार क्षेत्रलाई विशेष अवसर उपलब्ध गराउनुपर्ने लगायत रहेका छन् । 
दुई सत्रमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रेसकाउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिता क्षेत्रमा समस्या धेरै भएको भन्दै प्रेस राजधानीमा केन्द्रित भएको र सरकारले केन्द्रिय सूचनाहरु पनि केन्द्रका मिडियालाई मात्र दिने गरेको भन्दै यसतर्फ आफुहरु लागिपर्ने बताए । उनले स्थानीय स्तरका विज्ञापनहरु समेत स्थानीय सञ्चार माध्याममा नदिई केन्द्रमा जाने गरेको भन्दै यसलाई रोक्न स्थानीय सञ्चार माध्यामहरु आफै लाग्नुपर्ने बताए । 
शर्माले सञ्चारको केन्द्रिकृत प्रणाली नै सञ्चार विकासको बाधक भएको दावि गरेका छन् । उनले राजधानीका दुई÷चार वटा सञ्चार माध्याम मोटाएर मात्र प्रेसको विकास नहुने बताए । जबसम्म स्थानीय पत्रपत्रिकाको विकास गर्न सकिदैन तवसम्म समग्र सञ्चार माध्यामको विकास हुन नसक्ने बताए । 
त्यस्तै सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव ओम शर्माले पत्रकारले कुनै पनि सञ्चार माध्यममा विना नियुक्ति काम नगर्ने सबैलाई अनुरोध गरेका छन् । उनले यस्तो नियुक्तिको समस्या सबै भन्दा बढी चल्ने मिडियामै भएको बताए । उनले भने तलव खुवाउन नसक्ने सञ्चारगृह तत्काल बन्द हु“दा नै ठिक हुने बताए । धेरै मिडिया हुनु भन्दा गुणस्तरयुक्त थोरै मिडिया भएकै राम्रो हुने दावि उनको छ । महासचिवले ठुला सञ्चारगृह मात्र मोटाएको भन्दै साना मिडियाको समस्यालाई पनि महासंघले ध्यान दिने बताए । उनले सञ्चार माध्यमले अधिकार मात्र खोजेर मात्रै नहु“ने भन्दै आचार संहिताको पालना गर्नुपर्ने बताए । 
साथै सम्मेलनमा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले न्युनतम पारिश्रमिक पाए नपाएको बारे अनुगमन गरिने बताउ“दै यसकै लागि सुर्खेतमा क्षेत्रीय स्तरको मिडिया सम्मेलनको आयोजना गरिएको बताए । उनले भने यस क्षेत्रका पत्रकारका समस्याका बारेमा बुझ्न यो कार्यक्रमले सहयोग गर्ने बताए । 
त्यस्तै सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले लोक कल्याणकारी विज्ञापनले सञ्चारमाध्यामलाई प्रोत्साहित गर्ने भन्दै अहिलेको अवस्थामै मिडियामा यसरीनै बृद्धिहुने हो भने सरकारले दिने बर्गिकरणको रकम थेग्न नसक्ने बताए । 
कार्यक्रममा न्यूनतमा पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य, सुचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासंघका क्षेत्रीय सह–संयोजक प्रभात चलाउनेले प्रस्तुत गरेको कार्यपत्रमा सहभागि पत्रकारहरुवीच छलफल गरिएको थियो । कार्यपत्रमा मध्यपश्चिम क्षेत्रमा रहेको संचार माध्यम र तिनीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा सहभागि ११ जिल्लाका करिब सय जना श्रमजिवि पत्रकारहरुले सहभागिता जनाएका थिए ।
सम्मेलनमा प्रत्येक जिल्लाबाट जिल्लाका शाखा अध्यक्ष सहित तीन जना पत्रकारहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष कृष्ण अधिकारी, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य हिरामणि दुःखी, युनियनका कलेन्द्र सेजुवाल, पत्रकार महासंघका पूर्व उपाध्यक्ष चिरञ्जिवि अर्याल, एमाओवादी सुर्खेतका सह–इन्चार्ज कृष्ण जिसि लगायतले बोलेका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete