Saturday, March 17, 2012


क्यानको प्रथम साधारण सभा
क्यान अध्यक्षमा रावल
हिमा उपाध्याय
सुर्खेत, ४ चैत
शनिबार सम्पन्न कम्प्यूटर एसोशियसन अफ नेपाल(क्यान) को प्रथम साधारण सभाले नौ सदस्यीय नया“ कार्य समितिको चयन गरेको छ । क्यानले रामकिशोर रावलको अध्यक्षतामा नया“ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा टेकबहादुर खड्का, कोषाध्यक्षमा खगेन्द्र केसी, महा–सचिवमा टेकबहादुर थापा, सचिवमा लोकप्रसाद दाहाल चयन भएका छन् भने सदस्यहरुमा प्रेमप्रकाश आचार्य, तिलकप्रसाद आचार्य, रविन गुरुङ र खगेन्द्रबहादुर पुलामीमगर रहेका छन् ।

साधारण सभाको उद्घाटन् प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले गरेका थिए । उपाध्यायले सभामा बोल्दै प्रविधिलाई पछ्याउन नसक्ने जुनसुकै समाज, व्यक्ति वा मूलुक नै पछाडी पर्ने बताए । उनले क्यान सुर्खेतमा मात्र सीमित नभएर सुर्खेतलाई नेपालका सबै क्षेत्र तथा जिल्लामा जोड्नुपर्ने बताए । 
सुर्खेतले पनि प्रविधिलाई पछ्याएको भन्दै उनले जिल्लाको विकासका लागि क्यानको ठूलो भूमिका रहने र विकासको लागि योगदान दिनुपर्ने बताए ।  सभामा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतका प्रमुख पुष्करराज गौतमले प्रविधिको विकास भएर पनि प्रचार नभएको बताए । नया“ प्रविधि भित्रिय पनि सर्बसाधारण जनतालाई भने प्रचार नहु“दा थाहा नहुने उनले बताए । 
गौतमले प्रविधिको विकासका लागि जिल्लामा हुने मेलाहरु, महोत्सवहरुमा प्रविधि सम्बन्धी विभिन्न स्टलको व्यवस्था गरी प्रचार गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा लाइन्स क्लवका टुकाराम लामिछानेले सफलताका लागि एकताको आवश्यकता हुने भन्दै सुर्खेतमा रहेका कम्प्यूटर तथा आइटी सञ्चालकहरु एकता भएकोमा खुशि व्यक्त गर्दै यो एकतालाई बलियो बनाउनुपर्ने बताए । उनले यो शताब्दि विज्ञान र प्रविधिको भएको भन्दै प्रविधिको सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए  । 

त्यस्तै नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष गोविन्द कोइरालाले सुर्खेतमा क्यानको स्थापनाले जिल्लामा सूचना, सञ्चार तथा विज्ञान प्रविधिका क्षेत्रमा अगाडि छ भन्ने 
कुराको जानकारी भएको बताए ।  विज्ञान तथा प्रविधी क्षेत्र लोकतन्त्रको महत्वपूर्ण तत्व भएको भन्दै उनले सञ्चार क्षेत्रमा बन्देज नलगाएको भए ०६२–६३ को जनआन्दोलन त्यति लामो नहुने बताए । 
त्यस्तै कार्यक्रममा क्यानका संस्थापक अध्यक्ष रामकिशोर रावलले क्यानको विकासमा सुर्खेतका सबै सरकारी तथा गैर सरकारी निकायहरु लगायत सम्पूर्ण सुर्खेतबासिले सहयोग गर्नुपर्ने बताए । उनले सुर्खेत मध्यपश्चिमको सदरमुकाम भएकोले क्यानलाई पनि क्षेत्रीय अवधारणा अनुसार अगाडि बढाउने सोचमा आफुहरु रहेको बताए । त्यसका लागि सबैसंग मिलेर जाने उनको भनाई छ । 
सभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष यज्ञ गुरुङ्, होटल अर्गनाइजेशनका लोमनकुमार बुढा लगाएतले सफलताको शूभकामना दिएका थिए ।  क्यानले यस अघिनै सुर्खेतमा कम्प्यूटर तथा विज्ञान प्रविधिको विकास तथा प्रचार–प्रसारका लागि निकट समयमै क्यान मेलाको आयोजना गर्ने बताइसकेको छ । 
यसै साधारण सभाबाट निमार्ण भएको क्यानको कार्य समितिले नै क्यान मेलाको आयोजना गर्ने क्यानले बताएको छ । साधारण सभा क्यानका अध्यक्ष रामकिशोर रावलको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete