Monday, March 19, 2012


बालविवाह मुक्त घोषणा उलंघन
बालविवाह विरुद्धमा संचालित सचेतनाले बालविवाह घटायो

दीपक बुढा
सुर्खेत, ६ चैत
लेखफर्सा गाविसलाई दुई बर्ष अघि बालविवाह मुक्त घोषणा गरिएको थियो । बालविवाह हुन नदिने र बालविवाह भएपछि कार्वाहि गर्ने भन्दै बालविवाह मुक्त गाविस घोषणा गरिएको थियो । उक्त घोषणापछि पटक÷पटक उलंघन भएका छन् ।
बालविवाह मुक्त घोषणा उलंघन भएपनि बालविवाह विरुद्धमा जिल्लामा विभिन्न चेतनामूलक कार्यक्रम संचालन भएका कारण बालविवाहका घटनामा पहिलेको तुलनामा कमी अँएको जनाईएको छ ।  बालविवाहकै क्षेत्रमा काम गरिरहेको सुरक्षित समाज सुर्खेतले लेखफर्सा गाविसलाई २०६६ सालमा बालविबाह मुक्त घोषणा गरेको थियो । 
संस्थाले दिएको तथ्याङ्क अनुसार २०६६ सालमै लेखफर्सामा ९ वटा, २०६७ सालमा १४ वटा र २०६८ सालमा २ वटा बालविवाहका घटना भएको जनाईएको छ । संस्थाले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी ६ बर्षको अवधिमा बालविवाहको अवस्थाका बारेमा जानकारी गराएको छ ।
विभिन्न संघ संस्थाको सक्रियतामा सुर्खेतका तीन गाविस लेखफर्सा, गर्पन र छाप्रेलाई बालविवाह मुक्त घोषणा गरिएको छ । घोषणा गरिएपनि त्यसको पूर्ण रुपमा कार्यान्वन भने हुन नसकेको स्थानीयबासीन्दाको भनाई रहेको छ । सन २०१० भित्र बालविवाह मुक्त जिल्ला घोषणा गर्ने भन्दै पहिलो चरणमा विभिन्न चेतनामूलक कार्यक्रम सहित अभियानको शुभारम्भ गरिएको थियो ।
दुई बर्षभित्र जिल्लालाई बालविवाहमुक्त घोषणा गर्ने महत्वकांक्षि लक्ष्य सहित अभियान थालिएको थियो तर अभियानले सफलता नपाएपछि पुन दुई बर्ष थपियो । जिल्लाबाट बालविवाहका घटनामा न्यूनिकरण गर्ने अभियान थालिएको छ । जिल्ला वाल कल्याण समितिको अगुवाईमा उक्त अभियान थालिएको हो ।
तीन वटा गाविसलाई बालविवाह मुक्त घोषणा गरिएको छ भने अन्य दुई लेखपराजुल र सालकोट गाविस बालविवाह मुक्त घोषणाको तयारीमा रहेको समेत संस्थाले जानकारी दिएको छ । सुरक्षित समाज सुर्खेतका कार्यक्रम संयोजक विपना खरेलले बालविवाह मुक्त घोषणा गरिएका गाविसमानै घोषणा उलंघन भएको बताईन् । उनले भनिन–‘लेखफर्साबाट २०६८ सालमा दुई वटा बालिकालाई बाह्रय जिल्लामा लिएर विवाह गरिएको छ ।’ बालविवाहका घटनाको रिपोर्टिङ बढेको समेत उनले बताईन ।
सुरक्षित समाज सुर्खेत जिल्लामा ९ वटा गाविसमा विगत ६ बर्षमा गरेको सर्वेक्षणमा पहिलेको तुलनामा बालविवाहका घटनामा विस्तारै कमि अँएको जनाईएको छ । लेखफर्सा, दहचौर, घुमखहरे, सालकोट, छिन्चु, कल्याण, लेखपराजुल, साटाखानी र मैनतडा गाविसमा २०६३ देखि बालविवाहको सर्वेक्षण गरिएको थियो ।
जिल्लामा ६८ बैशाखदेखि मंसीरसम्म एक सय ६३ वटा बालविवाहका घटनाहरु भएको जनाईएको छ । गत बर्षमा जिल्लाका नौ गाविसमा तीन सय पा“च वटा बालविवाहको घटना भएका थिए । सोही समयमा सालकोटमा २५, छिन्चुमा २०, कल्याणमा २३, लेखपराजुलमा २१, साटाखानीमा ३२, मैनतडामा २८, लेखफर्सामा २, दहचौरमा ४ र घुमखहरे गाविसमा ८ वटा गरी कुल एक सय ६३ वटा बालविवाहका घटना भएको जनाईएको छ ।
२०६३ सालमा लेखफर्सामा १३ वटा, दहचौरमा २८, घुमखहरेमा १६, सालकोटमा २८, छिन्चुमा १९, कल्याणमा ३०, लेखपराजुलमा ४९, साटाखानीमा ५६ र मैनतडामा १२७ वटा गरी कुल ३६६ वटा बालविवाहका घटना भएको जनाईएको छ । 
सुरक्षित समाजका कार्यक्रम संयोजक खरेलले गाउ“ बालसंरक्षण समिति र बाल नेटवर्कहरुको सक्रियतासंगै सचेतना बढ्न थालेको बताइन् । २०६३ मा ३ सय ३६ वटा, २०६४ मा ४ सय ६७ वटा, २०६५ मा ५ सय ८३ वटा, २०६६ मा ३ सय ९५ वटा, २०६७ मा ३०५ वटा र  २०६८ मा १ सय ६३ वटा 
बालविवाहका घटना भएको जनाईएको छ । कानून व्यवसायीका अनुसार १० बर्ष उमेर नपुगि बिबाह गरे गराएमा ६ महिनादेखि ३  बर्षसम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना, १४ नपुगि बिबाह गरे गराएमा ३ महिनादेखि १ बर्षसम्म कैद र १० हजार रुपैया“ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । 
त्यसैगरी १८ बर्षभन्दा कम उमेरमा बिबाह गरे गराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैया“सम्म जरिवाना वा दुवै सजाय हुने र २० बर्ष नपुगि बिबाह गरे गराएमा ६ महिना कैद वा १० हजार जरिवना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । विवाह गर्ने उमेर २५ बर्षभन्दा माथिकोलाई उपयुक्त मानिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete