Sunday, March 25, 2012


नक्कली परीक्षार्थी बनाउने प्रतिस्पर्धा
रामकुमार शाही 
चैत्र १२ जाजरकोट ।
यस वर्षको एसएलसी परीक्षामा जाजरकोटका विद्यालयहरुमा नक्कली परीक्षार्थी बनाउने प्रतिस्पर्धा नै देखिएको छ । विगतका एसएलसी परीक्षामा नककली परीक्षार्थी राखेर परीक्षा दिने चलन जाजरकोटमा यस वर्ष भने फरक भएको छ ।   
पहिले प्रवेश पत्र देखाउने वा फोटो नक्कली टा“सेर अरुलाई परीक्षामा बसाउने गरिन्थ्यो तर यस पटक भने परीक्षा फाराम भन्दा खेरी नै विवरण एउटाको फोटो अर्काको टाँसेर नक्कली परीक्षार्थीहरु तयार गरिएका भेटिए । 
शुक्रबारसम्म जाजरकोटको जनप्रिय उच्च मावि दसेराको परीक्षा केन्द्रमा २७ जना नक्कली परीक्षार्थी भेटिएका छन् । दसेरा केन्द्रमा मात्र भेटिएका २७ जना नकक्ली परीक्षार्थीहरुको एक दिनको परीक्षा रद्द गरेर अन्य परीक्षामा बस्न दिइएको छ ।  यस्तो गलत कामको अगाडि त चिट चोर्न काम सामान्य भएको दसेरा केन्द्रका केन्द्राध्यक्ष इलम शाहीले बताए ।
अब सुरुमै सबै प्रक्रिया पु¥याएर नक्कली पनि सक्कली भएर आएपछि हामीले के गर्ने, यस्तो गल्ती गर्नेलाई कार्यालयले पनि कारबाही गर्न सकेन भने त झन यस्तो गल्ती अपराधमा परिणत हुन बेर छैन, उनले भने । दसेरा केन्द्रमा सक्कली बाहिर बसेर चिट बनाउने र ओसार्न नककलीले भित्र परीक्षा दिने भेटिएको थियो । 
परीक्षामा भेटिएका मध्य सबैभन्दा बढी जनप्रिय उच्च मावि दसेराका १३ जना नक्कली परीक्षार्थीहरु रहेका छन् । त्यसैगरी रामोदय मावि जेवाका १० र इन्द्रज्यति मावि सान्माका ४ नक्कली परीक्षार्थी भेटिएका छन् । परीक्षाका बेला नक्कली बनाउन गाह्रो हुने भन्दै विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा अरुको फोटो टा“सेर फाराम भराउने र त्यस फारामलाई जिल्ला शिक्षा कार्यालयले पनि सजिलै सदर गरिदिने गरेकाले यति धैरै परीक्षार्थीहरु नक्कली देखिएका हुन् ।
परीक्षाको बेला प्रवेश–पत्र लिइसकेपछि परीक्षा दिने भनेर फोटो टँ“सिएको व्यक्ति उपस्थित नभएपनि अर्काको फोटो टा“सेर जिल्ला शिक्षा कार्यालयको नक्कली छाप बनाएर प्रवेश पत्र बनाउने गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक बालकृष्ण सिमखडाले बताए ।
उनले विद्यालयका शिक्षकहरु विषेशगरी प्रधानाध्याकले नै यस्तो बेइमानी गर्ने गरेको बताए । नककली परीक्षार्थी वनाउने जनप्रिय उच्च मावि दसेरकाका प्रधानाध्यापक शेरवहादुर अधिकारी, रामोदय मावि जेवाका कर्णबहादुर थापा र इन्द्रज्याति मावि सान्माका लोकवहादुर खत्रीलाई कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् । 
विद्यालयमा नक्कली परीक्षार्थी बनाउने प्रधानाध्यापकलाई कडा कारबाही हुने जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए । परीक्षा सकिएपछि कामकारबाहीको काम सुरु हुन्छ, उनले भने । उक्त विद्यालयहरुबाट परीक्षा फाराम भरेकाहरु मध्ये नक्कली भेटिएकाहरु कोही विदेशमा, कोही गाउ“मा र कोही काठमाडौंतिर रहेको बताइएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete