Thursday, March 15, 2012


बुलबुले साँस्कृतिक साँझ बैशाखमा
खेमराज वली
सुर्खेत, २ चैत
सुर्खेती कल्याण समाजले बुलबुले सा“स्कृतिक सा“झ २०६९ को आयोजना गर्ने भएको छ । नव प्रवेशी सुर्खेती प्रतिभाको उजागरको लागि कार्यक्रमको आयोजना गर्न लागिएको सुर्खेती कल्याण समाजका सभापति विष्णुबहादुर के.सी ले जानकारी दिएका छन् । कार्यक्रम नया“ वर्ष २०६९ को अवस पारेर बैशाख एक गते देखि लगातार तीन गतेसम्म वीरेन्द्रनगरको घण्टाघर पार्क भित्र हुने छ ।
कार्यक्रम एक दिनमा तीन घण्टाको दरले हुने बताइएको छ । साथै कार्यक्रममा गीत, नृत्य मात्र नभएर प्रहशन लगाएतका अन्य कार्यक्रमहरु पनि रहने छन् । 
सुर्खेतमा हुन लागेको यो कार्यक्रम दोस्रो संस्करण हो । यस अघि संस्थाले यो कार्यक्रम काठमाडौंमा पनि गरेको थियो । त्यस कार्यक्रममा पनि सुर्खेतका कलाकारहरुको मात्र सहभागि गराइएको जनाईएको छ । कार्यक्रम सफल बनाउनका लागि आयोजकले कार्यक्रम तयारीका लागि मूल समितिका साथै विभिन्न उप–समितिको गठन गरेको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । कल्याण समाजका सभापतिको अध्यक्षतामा बुलबुले सा“स्कृतिक सा“झ तयारी मूल समिति गठन गरेको छ । 
समितिको अन्य पदाधिकारीहरुमा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी लगाएत सुर्खेत स्थित सरकारी कार्यालयहरुका प्रमुखहरु रहेका छन् । 
त्यस्तै कार्यक्रमलाई व्यवस्थापन गर्न तथा तयारी गर्नका लागि गठन गरेका अन्य समितिमा खम्बराज थानीको अध्यक्षतामा अतिथि आमन्त्रण तथा ब्यवस्थापन उपसमिति, स्वयंम् सेवक परिचालन तथा व्यवस्थापन, प्रचार प्रसार व्यवस्थापन, यातायात व्यवस्थापन, मञ्च व्यवस्थापन, खाना, खाजा, आवास व्यवस्थापन, व्यानर तथा व्याच व्यवस्थापन, ध्वनि र प्रकाश व्यवस्थापन, खानेपानी व्यवस्थापन, सचिवालय तथा सञ्चार, आर्थिक व्यवस्थापन, टिकट विक्रि व्यवस्थापन लगायतका विभिन्न १४ वटा उप–समिति रहेका छन् । 
कार्यक्रममा सुर्खेतका कलाकारहरुको मात्र सहभागि बनाउने र केन्द्रिय स्तरका कुनै पनि कलाकारलाई उक्त कार्यक्रममा सहभागि नगराउने निर्णय समेत गरेको पत्रकारहरुसंग कुरा गर्दै के.सी. ले जानकारी दिए । सुर्खेतकै राष्ट्रिय कलाकारहरुलाई समेत कार्यक्रममा किनेर सहभागि नगराउने र यदि उनीहरुले कार्यक्रमलाई सहयोग गर्छु भनी स्वतस्फुर्त रुपमा आएमा भने उनीहरुलाई पनि स्थान दिईने बताइएको छ । 
कार्यक्रमका लागि सुर्खेतका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत, बागिना समूह सुर्खेत, उज्जवल कला परिवार 
सुर्खेत, सप्तरङगि मोडल आर्टस प्रोडक्सन, आरंग नेपाल लगायतका विभिन्न छ वटा सा“स्कृतिक समूहहरुसंग सहकार्य गरिएको छ । 
कल्याण समाजले कार्यक्रमबाट आम्दानी भएको रकम काठमाडौंमा स्थापना भएको संस्थाको भवन निमार्णका लागि लगानी गर्ने र यहा“का सा“स्कृतिक समूह संस्थाहरुलाई सहयोग गरिने आयोजकले बताएको छ । संस्थाले काठमाडौंमा  सुर्खेतीबासिहरु र काठमाडौंमा बस्ने सुर्खेतीको सहयोगबाट जग्गा किनेर भवनको निमार्ण गर्न लागिएको हो । 
भवन निर्माणको कार्य केहि सम्पन्न भएको र अव करिब १५–१६ लाख बराबरको रकमले पूरा हुने संस्थाका अध्यक्ष केसीले बताए । साथै संस्थाले निमार्ण गर्न लागेको भवनमा रेष्टुरेन्टको सञ्चालन गर्ने र त्यहा“ सुर्खेतबाट गएका सुर्खेतीहरुलाई सहुलियत दरमा खान बस्नको व्यवस्था गर्ने बताईएको छ । काठमाडौंमा सुर्खेतीहरु एकजुट भएर बस्ने गरेको र अझै पनि सबै सुर्खेती एकजुट भएको सन्देश दिनको लागि यो काम गरेको बताए । 
संस्थाले सुर्खेतबाट एस.एल.सी पास भएर पढ्न गएका तीन जना विद्यार्थीहरुलाई प्रत्येक बर्ष छात्रवृत्ति वितरण गर्ने गरेको छ । हालसम्म संस्थाले ५० बढी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिसकेको छ । त्यस्तै संस्थाले जिल्लाका तीनवटै क्षेत्रका १२ जना विद्यार्थीहरुलाई प्रत्येकलाई तीन हजारका दरले पुरस्कार वितरण गर्ने गरेको छ ।  

No comments:

Post a Comment